१६ साउन २०८२, बिहिबार
31-07-2025 , Thu
Gold Silver Price (11 shrawan 2082, Sun)
Fine Gold 1 Tola NRs. 194100
Silver 1 Tola Nrs. 2305

मास्कको कालोबजारी गर्ने ८ पक्राउ : ७८ हजार पिस मास्क बरामद

Logo
प्रकाशित शनिबार, चैत्र ०१, २०७६

काठमाडौं, चैत्र १
चर्को मुल्यमा सर्जिकल मास्क बच्न खोज्ने ८ जना कालोबजारी आज काठमाडौमा पक्राउ परेका छन् । उनीहरुबाट  ७८ हजार पिस सर्जिकल मास्क समेत बरामद गरिएको छ ।

उनीहरुलाई कोठमाडौको डल्लुबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा गोदामका मालिक काभ्रेका मिन्टु तामाङ, नागार्जुन २ का अनिश कार्की, उज्जल अधिकारी, काभ्रे रोशी ९ का मानकाजी लामा, बाजुराका थुमराज उपाध्याय र न्रिप कार्की रहेका छन्
प्रहरीका अनुसार मञ्जुश्री सप्लायर्सले करिब ५ रुपैयाँ पर्न एउटा मास्क ३१ रुपैयाँसम्म विक्री गर्न खोजेको थियो । र खुद्रामा ५० रुपैयाँ प्रति पसि बेच्ने तयारी रहेको अनुसन्धानबाट पत्ता लागेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, २७ असार – गोल्डेन हस्पिटल विराटनगरले नेपाल सरकारको आमजनतालाई ‘सर्वसुलभ स्वास्थ्य सेवा’ उपलब्ध गराउने नीतिलाई सहयोग पुर्याउने गरी स्वास्थ्य उपचारमा व्यापक छुटको व्यवस्था गर्ने भएको छ। निजी क्षेत्रद्वारा सञ्चालित सो अस्पतालले बिहिबार यहाँ पत्रकार सम्मेलनमार्फत सस्तो र गुणस्तरीय सेवा प्रदान गरी सरकारी नीति तथा कार्यक्रमलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। मुख्य छुट व्यवस्थाहरू […]

विराटनगर, जेठ २० । मोरङको कटहरी गाउँपालिका–२ हल्दीबारीमा २ अर्ब लागतमा निर्मित २०० बेड क्षमताको जीवन विकास सामुदायिक अस्पताल तयार भएको छ। जीवन विकास समाजको नेतृत्वमा निर्माण भएको यो अस्पतालको औपचारिक उद्घाटन आगामी जेठ २४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन्। सामाजिक व्यवसायको मोडलमा सञ्चालन हुने यो अस्पतालले मुनाफा वितरण नगर्ने नीति अपनाएको छ। एकैपटक […]

काठमाडौं,११ चैत। नेपालमा ६८ हजार नयाँ क्षयरोगी छन् । यो तथ्यांक विश्व स्वास्थ्य संगठनको पछिल्लो प्रतिवेदनमा छ । राष्ट्रिय क्षयरोग निवारण केन्द्रले पनि सो तथ्यांकलाई आधार मानेर देखाउँछ । तथ्यांक अनुसार ४० हजार ७७६ जना क्षयरोग लागेका ब्यक्ति मात्र उपचारका लागि अस्पतालसम्म आएका छन् । सो तथ्यांक हेर्दा २७ हजार २२४ जना (४० प्रतिशत) ब्यक्ति अझै […]