१९ आषाढ २०८२, बिहिबार
03-07-2025 , Thu
Gold Silver Price (12 ASAR 2082, THUR)
Fine Gold 1 Tola NRs. 192800
Silver 1 Tola Nrs. 2190

ढुगडद्धारा अवैध नुन उत्पादन तथा बिक्रि

Logo
प्रकाशित आइतबार, चैत्र २२, २०७७

विराटनगर , चैत्र २२
सेञ्चुरी ग्रुपको दुगड स्पाइसेज एण्ड फुड प्रोडक्ट्स प्रालिले नेपालमा अवैध नुन बिक्रीवितरण गर्दै आएको पाइएको छ । प्रधानमन्त्री केपी ओलीका आर्थिक सल्लाहकार मोती दुगडले सञ्चालन गर्दै आएको उक्त कम्पनीले अवैध रुपमा नुन बिक्री गरीरहेको पाइएको हो ।

अतिआवश्यक खाद्य वस्तुको रुपमा सुचिकृत नुन साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडलाई मात्र इम्पोर्ट तथा वितरण गर्ने अधिकार छ ।
तर दुगडले सबै कानुनी प्रावधानलाई लत्याएर शक्तिको आडमा नेपालमै “सेन्चुरी टेवल साल्ट” ब्राण्डको नुन उत्पादन तथा बिक्रिवितरण गरिरहेका छन् । स्रोतका अनुसार उनले स्वदेशकै तथा विभिन्न देशवाट समेत नुन ल्याएर यँहा रिप्याकिङ गरी “सेन्चुरी टेवल साल्ट” उत्पादन गर्ने गरेका छन् ।

आयोडिनयुक्त नुन मात्र आयत तथा वितरण गर्ने प्रवाधनलाई टेकर साल्ट ट्रेडिङले नेपालमा नुनको आपुर्ति गरिरहेको छ । सो अधिकार कुनै प्राईभेट कम्पनीलाई दिए कालोबजारी हुने वा अयोडिनहिन नुन वितरण हुन सक्ने खतरालाई मध्यनजर गर्दै सरकारले प्राईभेट कम्पनीलाई डाईरेक्ट नुन वितरण गर्ने अधिकार दिएको छैन ।

तर उक्त सबै प्रावधानको ढुगडले खिल्ली उडाउदै नेपालभरी नुनको अवैधधन्दा विस्तार गरिरहेका छन् । नेपालको भाटभटेनी लगायतका विभिन्न सुपर मार्केटमा सेञ्चुरीको टेवल साल्ट छ्याप्छ्याती किन्न पाइन्छ । मोती दुगडले सञ्चालन गर्दै आएको उक्त कम्पनीले सेञ्चुरी टेबल साल्ट भनेर बट्टामा नुन हालेर रिप्याकिङ गरी बिक्री गर्दै आएको पाइएको छ । साल्ट टे«डिङले नुन प्रतिकिलो २० रुपैयाँमा विक्रि गर्दै आएका छन् । तर दुगडले सानो सानो बट्टामा प्याक गरेको नुन प्रति बट्टा ३२ रुपैयाँ पर्दछ । यो ढंगले पनि दुगडले नेपालमा नुनको कालोबजारी गरीरहेको पुष्टी हुन जान्छ ।

प्रधानमन्त्रीको आर्थिक सल्लाहकार भएको फाइदा उठाउदै दुगडले खुलेआम उपभोक्ता ठग्दै आइरहेका छन् । उनका बिरुद्ध अवैधरुपमा बेचिएको नुनको बट्टासहित एक उपभोक्ताले उजुरी समेत गरेका थिए । तर खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उक्त उजुर उपरी कारवाही अगाडि बढाउन सकेको छैन । सत्ताको आडमा दुगडले चलाएका उक्त गैरकानुनी कालोबजारी विरुद्धको उजुरीमा विभागले अहिलेसम्म उजुरीकर्तालाई कुनै जवाफ दिएको छैन । उजुरी दिएको १ बर्ष बितिसक्दा पनि सत्ताको दावाबको कारण विभागले उक्त फाईल पल्टाउन नसकेको स्रोतको भनाई छ ।
दुगडको उक्त कम्पनीले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट अनुज्ञापत्र नम्बर समेत लिएको छैन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १२ असार। विराटनगर महानगरपालिकाले मंगलबार आगामी आर्थिक वर्षका लागि ४ अर्ब ४० लाख बराबरको बजेट प्रस्तुत गरेको छ । १६ औं नगरसभामा मंगलबार उपप्रमुख शिल्पा निराला कार्कीले बजेट प्रस्तुत गरेकी हुन् । उपमेयर कार्कीले प्रस्तुत गरेको बजेटमा प्रशासनिक खर्चका लागि ६४ करोड ७५ लाख बजेट विनियोजन गरिएको छ । ऋणको सावाँ ब्याज भुक्तानीका लागि […]

विराटनगर, असार १ । उद्योग संगठन मोरङको अध्यक्ष पदमा नन्दकिशोर राठी निर्विरोध निर्वाचित भएका छन्। शनिबार सम्पन्न निर्वाचनमा राठी  निर्विरोध अध्यक्षमा चुनिएका हुन्। संगठनको ५२ औं साधारणसभा शुक्रबार सम्पन्न भएको थियो। त्यसपछि शनिबार भएको निर्वाचनमा अन्य पदाधिकारीहरू पनि निर्विरोध चुनिएका छन्। निर्वाचित पदाधिकारीहरू वरिष्ठ उपाध्यक्ष: भोलेश्वर दुलाल द्वितीय उपाध्यक्ष: सुरेन्द्र गोल्छा उपाध्यक्ष (कृषि, जलस्रोत, ऊर्जा): […]

भक्तपुर, जेठ ८ । शारीरिक स्फूर्ति, मानसिक सन्तुलन र सौन्दर्यप्रतिको बढ्दो रुचिलाई सम्बोधन गर्दै भिआईपी स्पाले भक्तपुरको राधेराधेमा नयाँ शाखा सुरु गरेको छ। झाक्री प्रकाश भुजेलको प्रमुख आतिथ्यमा शनिबार एक विशेष समारोहका बीच स्पाको विधिवत् उद्घाटन गरिएको हो। उद्घाटनलगत्तै सेवा सुरु भएको स्पामा पहिलो दिनमै उल्लेख्य संख्यामा ग्राहकहरूको घुइँचो देखिएको छ। काठमाडौंको जोरपाटीमा सफलतापूर्वक सञ्चालन […]