२७ जेठ २०८३, बुधबार
10-06-2026 , Wed
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

ढुगडद्धारा अवैध नुन उत्पादन तथा बिक्रि

Logo

विराटनगर , चैत्र २२
सेञ्चुरी ग्रुपको दुगड स्पाइसेज एण्ड फुड प्रोडक्ट्स प्रालिले नेपालमा अवैध नुन बिक्रीवितरण गर्दै आएको पाइएको छ । प्रधानमन्त्री केपी ओलीका आर्थिक सल्लाहकार मोती दुगडले सञ्चालन गर्दै आएको उक्त कम्पनीले अवैध रुपमा नुन बिक्री गरीरहेको पाइएको हो ।

अतिआवश्यक खाद्य वस्तुको रुपमा सुचिकृत नुन साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडलाई मात्र इम्पोर्ट तथा वितरण गर्ने अधिकार छ ।
तर दुगडले सबै कानुनी प्रावधानलाई लत्याएर शक्तिको आडमा नेपालमै “सेन्चुरी टेवल साल्ट” ब्राण्डको नुन उत्पादन तथा बिक्रिवितरण गरिरहेका छन् । स्रोतका अनुसार उनले स्वदेशकै तथा विभिन्न देशवाट समेत नुन ल्याएर यँहा रिप्याकिङ गरी “सेन्चुरी टेवल साल्ट” उत्पादन गर्ने गरेका छन् ।

आयोडिनयुक्त नुन मात्र आयत तथा वितरण गर्ने प्रवाधनलाई टेकर साल्ट ट्रेडिङले नेपालमा नुनको आपुर्ति गरिरहेको छ । सो अधिकार कुनै प्राईभेट कम्पनीलाई दिए कालोबजारी हुने वा अयोडिनहिन नुन वितरण हुन सक्ने खतरालाई मध्यनजर गर्दै सरकारले प्राईभेट कम्पनीलाई डाईरेक्ट नुन वितरण गर्ने अधिकार दिएको छैन ।

तर उक्त सबै प्रावधानको ढुगडले खिल्ली उडाउदै नेपालभरी नुनको अवैधधन्दा विस्तार गरिरहेका छन् । नेपालको भाटभटेनी लगायतका विभिन्न सुपर मार्केटमा सेञ्चुरीको टेवल साल्ट छ्याप्छ्याती किन्न पाइन्छ । मोती दुगडले सञ्चालन गर्दै आएको उक्त कम्पनीले सेञ्चुरी टेबल साल्ट भनेर बट्टामा नुन हालेर रिप्याकिङ गरी बिक्री गर्दै आएको पाइएको छ । साल्ट टे«डिङले नुन प्रतिकिलो २० रुपैयाँमा विक्रि गर्दै आएका छन् । तर दुगडले सानो सानो बट्टामा प्याक गरेको नुन प्रति बट्टा ३२ रुपैयाँ पर्दछ । यो ढंगले पनि दुगडले नेपालमा नुनको कालोबजारी गरीरहेको पुष्टी हुन जान्छ ।

प्रधानमन्त्रीको आर्थिक सल्लाहकार भएको फाइदा उठाउदै दुगडले खुलेआम उपभोक्ता ठग्दै आइरहेका छन् । उनका बिरुद्ध अवैधरुपमा बेचिएको नुनको बट्टासहित एक उपभोक्ताले उजुरी समेत गरेका थिए । तर खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उक्त उजुर उपरी कारवाही अगाडि बढाउन सकेको छैन । सत्ताको आडमा दुगडले चलाएका उक्त गैरकानुनी कालोबजारी विरुद्धको उजुरीमा विभागले अहिलेसम्म उजुरीकर्तालाई कुनै जवाफ दिएको छैन । उजुरी दिएको १ बर्ष बितिसक्दा पनि सत्ताको दावाबको कारण विभागले उक्त फाईल पल्टाउन नसकेको स्रोतको भनाई छ ।
दुगडको उक्त कम्पनीले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट अनुज्ञापत्र नम्बर समेत लिएको छैन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, जेठ १०। बैंक तथा वित्तीय संस्थाहरूले कर्मचारीलाई अत्यधिक काममा लगाउन नपाउने गरी राष्ट्र बैंकले निर्देशन जारी गरेको छ। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई कर्मचारी व्यवस्थापनमा प्रचलित कानून र आफ्नो निर्देशन कडाइका साथ पालना गर्न  कडा निर्देशन गरेको हो। नयाँ निर्देशन अनुसार, बैंक तथा वित्तीय संस्थाहरूले कर्मचारीलाई कार्यालय समयभन्दा बाहिर काममा खटाउनुपर्दा प्रचलित कानून […]

सुनसरी, वैशाख ९ – प्रख्यात मास्टर शेफ सन्तोष साहले आफ्नो ‘मिथिला थाली’ र ‘जनकपुर फिस हाउस’ ब्रान्डलाई कोशी प्रदेशको राजधानी विराटनगरमा विस्तार गरेका छन्। बुधबार विराटनगरको दुधफार्म नजिकै मिथिला थालीको पाँचौं शाखा उद्घाटन गर्दै शेफ साहले मिथिला संस्कृति र परम्परागत खानपानको संरक्षण तथा प्रवर्द्धन गर्ने आफ्नो प्रतिबद्धता बताएका छन्। एउटै छानामुनि दुवै ब्रान्ड सञ्चालनमा ल्याइएको यो […]

विराटनगर, वैशाख १४  । विराटनगर वरपरका बोतल पानी व्यवसायीले पानीको मूल्यमा कार्टेलिङ गरेका छन्। कार्टेलिङ गरेर उनीहरुले जारको मूल्य दुई सय प्रतिशतले बढाएका छन्। यसअघि सामान्यतः खुद्रामा ४० रुपैयाँमा पाइँदै आएको पानी अहिले एक्कासि प्रतिजार ८० रुपैयाँ पुर्याइएको छ। यस विषयमा उत्पादकहरूसँग कुराकानी गर्दा उनीहरूले दुईवटा मुख्य कारण देखाएका छन्। पहिलो, पेट्रोलका कारण मूल्यवृद्धि भइरहेकोले […]