विराटनगर, असाेज १६ । खाद्य गुणस्तर मापदण्ड उल्लंघन गरेको पाइएपछि प्रख्यात मिठाई उत्पादक आँगन स्वीट्सलाई वाणिज्य विभागले कारबाही गरेको छ । आकाश फुड्स कम्पनीद्वारा उत्पादित आँगन ब्राण्डका मिठाईमा गम्भीर गुणस्तर समस्या भेटिएपछि विभागले २ लाख रुपैयाँ जरिवाना गरेको हो ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन दाहालका अनुसार मंगलबार गरिएको अनुगमनमा कम्पनीले बाढीले भिजेको कच्चा पदार्थ, म्याद गुज्रिएको तेल र खाद्य सामग्री प्रयोग गरी मिठाई बनाइरहेको पाईएकाे थियाे । यसका साथै एकपटक प्रयोग गरिएको तेललाई पटक-पटक प्रयोग गर्ने र तेल शुद्धीकरणमा लापरवाही गर्ने जस्ता गम्भीर कमजोरी फेला परेकाे समेत विभागले जनाएाके छ ।
सोही दिन विभागले जावलाखेलस्थित हानकुक साराङ रेष्टुरेन्टमा पनि अनुगमन गरेकाे छ । त्यहाँ ब्राण्ड र उत्पादन मिति नखुलेका खाद्य सामग्री प्रयोग भएको पाइएपछि ३ लाख रुपैयाँ जरिवाना समेत गरेकाे छ । विभागले पछिल्लो समय ठूला र चर्चित ब्राण्डहरूको अनुगमनलाई तीव्रता दिएको छ, जसमा धेरै कमी-कमजोरीहरू भेटिएका छन् ।