१५ चैत्र २०८०, बिहिबार
28-03-2024 , Thu

धर्म

“सकिन्छ भने शाकाहारी बन्ने प्रयास गरौ” : काेशी सासंद पराजुली

विराटनगर,११ चैत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेश सभा सदस्य भीम पराजुलीले सकेसम्म शाकाहारी बन्ने प्रयास गर्न आग्रह गरेका छन् । शनिबार एक संस्थाले आयोजना गरेको होलीमिलन कार्यक्रममा बोल्दै नेता पराजुलीले यस्तो बताएका हुन् । उनले धर्म,संस्कृति सभ्यता, मौलिकता देशको प्रमुख जग भएको र यसलाई जोगाउन आवश्यक रहेको बताए । उनले होली पर्वका […]

ताप्लेजुङ,२ चैत्र । पाथीभरा क्षेत्र विकास समिति ताप्लेजुङले पछिल्लो एक महिनामा पाथीभरा मन्दिरबाट रु ५५ लाख भेटी संकलन गरेको छ। फागुन महिनामा पाथीभराबाट संकलन भएको रु। ५५ लाख ७० हजार ८८० विभिन्न बैंकमा जम्मा गरेको क्षेत्र विकास समितिले जनाएको छ। फागुनमा जम्मा भएको भेटी रकमबारे बुधबार पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक रूपमा जानकारी गराएको हो। […]

विराटनगर, ३० फाल्गुन / पूर्व युवराज पारस शाह  कैलालीको बेहडाबाबा मन्दिरमा दर्शनका लागि पुगेका छन् । उनी सोमबार राती धनगढी पुगेका हुन् । सोमबार धनगढी पुगेका उनी मंगलबार बिहान धनगढी उपमहानगरपालिका-१६ स्थित बेहडाबाबा मन्दिर पुगेर दर्शन गरेका हुन् । शाह मन्दिरमा आफ्ना केही समर्थकका साथ पुगेका छन् । झण्डै ४ घण्टा समर्थकका साथ बेहडाबाबामा बिताएका शाह […]

गौरीशंकर हिमालको काखमा अवस्थित दोलखा जिल्लाको दोलखा शहरको आफ्नै ऐतिहासिक एवं मौलिक विशेषता रहेको छ । किराँतकाल, लिच्छवीकालदेखिको ऐतिहासिक पृष्ठभूमि बोकेर मल्लकालीन मठ–मन्दिर, देवदेवालय, मूर्तिकला, धार्मिकस्थल, ऐतिहासिक दरबार एवं चैन्यहरु रहेको यस दोलखा शहर हाल आएर दोलखा नगरको नामले प्रख्यात रहेको छ । विशेष गरी नेवार समुदायको बसोबास रहको यस दोलखा नगरमा आफ्नै किसिमका रहनसहन, […]

फुङ्लिङ/ताप्लेजुङ,२२ फाल्गुन ।  ताप्लेजुङमा अवस्थित प्रसिद्ध पाथीभरामा भक्तजनले चढाएको सुनचाँदी लिलाम प्रक्रिया अगाडि बढाइएको छ । पाथीभरा क्षेत्र विकास समितिले १७८ तोला सुन र पाँच हजार चाँदी बिक्री गर्न लागेको हो । विसं २०७९ देखि २०८० मङ्सिर १६ गतेसम्म पाथीभरामा चढाएका सुनका गरगहना सङ्कलनपछि प्रशोधन गरेर १७८ तोला ८२ लाल सुन निकालिएको र त्यसलाई लिलाम […]

विराटनगर, माघ १४। धर्मावलम्बीहरूले चोखोबसी घरमा श्री स्वस्थानीको पूजा आराधना गर्नुका साथै कथा सुन्ने र सुनाउने चलन छ । सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन श्री स्वस्थानीको कठोर व्रत बसेको र मनोकांक्षा पूरा भएको विश्वासमा स्वस्थानीको व्रतकथा प्रचलनमा आएको पाइन्छ । व्रतालु महिनाहरूले पौष शुल्कपूर्णिमाको दिन बिहानै हातखुट्टाको नङ काटेर, स्नानगरी चोखो लुगा लगाएर […]

विराटनगर, पुष ४ । भारतको अयोध्यामा निर्माण गरिएकाे विश्व चर्चित रामको मन्दिरमा प्राणप्रतिष्ठा गर्ने दिन विराटनगरका विभन्न संघसंस्थाहरुले भव्य रुपमा सामुहिक दीप प्रज्वलन गर्ने भएका छन् । साे  मन्दिरमा जवनरी २२ तारिक रामको बाल स्वरुप नयाँ मुर्ति प्राणप्रतिष्ठा गरिँदैछ । प्राण प्रतिष्ठाको दिन विराटनगरको हिन्दु स्वयंसेवक संघ नेपाल,न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटल, झिः पुच विराटनगर, न्युरो […]

कन्काई, झापा झापाको कन्काई पुल आसपासमा लाग्ने माई मेलामा सोमवार , १ गते हिजो निकैनै चहलपहल भएको थियो । कन्काई नगरपालिका वडा नं. १० मा अवस्थित रहेको कन्काई पुल मुनि विशेषतः भक्तजनको बाक्लो भीडभाड देखिन्थ्यो । नेपाल तथा भारतका विभिन्न ठाउँबाट यहाँ पुगेका दर्शनार्थीहरुले माई खोलामा स्नान गरी नजिकै रहेको देवालयमा गई भक्तिपूर्वक पूजाआजा गरेका […]

विराटनगर, २३ पुस । भगवान् श्रीकृष्णको नाममा धार्मिक गीत रेकर्ड गरिएको छ । विराटनगरका उद्योगी तथा समाजसेवीद्धय चम्पालाल राठीको रचनालाई नन्दकिशोर  राठीले स्वर दिएका छन् । भगवान कृष्णका १०८ नामलाई गीतमा समावेश गरिएको छ । शंकर माहेश्वरीको संगीतमा गीतको  रेकर्डिङ गरिएकाे नन्दकिरोर राठीले जानकारी दिए । रेकर्डिङकाे काम सकिएकाेले अब छिट्टै गीत सार्वजनिक हुने उनले […]

विराटनगर,२५ मंसिर प्रत्येक वर्ष मार्ग शीर्षकृष्ण चतुर्दशीका दिन दिवङ्गत पितृको सद्गतिको कामना गर्दै शतबीज छर्ने पराम्परा अनुसार आज देशभरका शिवालयहरु तथा विभन्न धार्मिक स्थलमा शतबीज छरिएकाे छ । आइतबार रातभर दीपदान गरी बसेका भक्तजनले सोमबार बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाएका हुन् । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व समेत मनाउने […]