भोजपुर,४ चैत्र । भोजपुरको हतुवागढी ७ पिप्लेमा शनिबार आगलागी हुँदा एकाघरका तीन बालबालिकाको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी चन्द्रकुँवर खापुङका अनुसार केदार कार्कीको गोठमा दिउँसो आगलागी हुँदा त्यहाँ खेलिरहेका एकै परिवारका ७ वर्षीया दिपशिखा कार्की, ५ वर्षीय प्रनिश कार्की र ३ वर्षीय दियुनिष कार्कीको जलेर मृत्यु भएको हो । […]
धनकुटा, चैत ३ । मोटरसाईकलमा यात्रा गर्ने क्रममा सडक छेउको रुख अचानक भाचिएर लाग्दा धनकुटा नगरपालिका-१ की ३० बर्षीया उषा तामाङको मृत्यु भएको छ । चैत्र १ गते प्रदेश १-०२-०४९ प ६०४० नम्बरको मोटरसाईकलमा श्रीमान संग धनकुटाबाट हिले तर्फ जाने क्रममा धनकुटा नगरपलिका-४ सल्लेरीमा सडक छेउमा रहेको रुख अचानक भाचिएर मोटरसाईकलको पछाडी सवार रहेकी तामाङलाई लाग्दा […]
विराटनगर,३ चैत्र । विराटनगर – ४ स्थित नोबल अस्पतालको अर्थो बिभागमा कार्यरत २२ वर्षीया स्टाफ नर्स चन्द्रिकाकुमारी दासको हत्या उनकै प्रेमीले गरेको आशंका गरिएको छ । सिरहाको फुल्काहकट्टी घर भएकी नर्स दास विराटनगर विराटनगर–४ बुढाथोकी मार्गस्थित डाक्टर धीरेन्द्र गिरीको घरमा दुई महिना अगाडीदेखि कोठामा बस्ने गरेकी थिइन् । उनको आज दिउँसो हत्या भएको अवस्थामा डेराको […]
ताप्लेजुङ,२ चैत्र । पाथीभरा क्षेत्र विकास समिति ताप्लेजुङले पछिल्लो एक महिनामा पाथीभरा मन्दिरबाट रु ५५ लाख भेटी संकलन गरेको छ। फागुन महिनामा पाथीभराबाट संकलन भएको रु। ५५ लाख ७० हजार ८८० विभिन्न बैंकमा जम्मा गरेको क्षेत्र विकास समितिले जनाएको छ। फागुनमा जम्मा भएको भेटी रकमबारे बुधबार पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक रूपमा जानकारी गराएको हो। […]
विराटनगर ,चैत १। एकीकृत राष्ट्रिय सङ्घर्ष समिति मोरङ जिल्ला प्रशासन कार्यालय मोरङमार्फत प्रधानमन्त्री समक्ष ४ बुँदे माग प्रस्तुत गर्दै ज्ञापन पत्र बुझाएको छ । प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा राजसंस्थाको पुनः स्थापना, गणतन्त्रको पुनः समाप्ती, सनातन हिन्दु अधिराज्य कायम गरौँ र २०४७ सालको संविधानबाटै अघि बढौ रहेको छ । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपकुमार शाहलाई उक्त […]
विराटनगर, चैत १। विराटनगर मधुमाराकाे मुनलाइट गर्ल्स होस्टलकी सञ्चालक मधु रेग्मीलाई बुधबार प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । साेही हास्टेलमा बस्दै आएकाे नर्सिङ क्याम्पसमा बीएनएस र बीएस्सी नर्सिङमा अध्ययनरत छात्रामाथि दुव्यवहार गरेको आरोपमा मंगलबार साँझ रेग्मी पक्राउ परेकी हुन् । रेग्मीले छात्रालाई दुर्व्यवहार गरेकाे भिडियाे अहिले सामाजिक संजालमा भाईरल छ । हास्टेलका छात्राहरुले […]
विराटनगर, ३० फाल्गुन / पूर्व युवराज पारस शाह कैलालीको बेहडाबाबा मन्दिरमा दर्शनका लागि पुगेका छन् । उनी सोमबार राती धनगढी पुगेका हुन् । सोमबार धनगढी पुगेका उनी मंगलबार बिहान धनगढी उपमहानगरपालिका-१६ स्थित बेहडाबाबा मन्दिर पुगेर दर्शन गरेका हुन् । शाह मन्दिरमा आफ्ना केही समर्थकका साथ पुगेका छन् । झण्डै ४ घण्टा समर्थकका साथ बेहडाबाबामा बिताएका शाह […]
विराटनगर, फागुन २७ जिल्लामा हाल कार्यरत्त सादा पोशाकका प्रहरी हटाउन मोरङ प्रहरी प्रमुख उपरिक्षक (एसपी) नवराज कार्की सक्रिय भएर लागिपरे पनि यस कार्यमा उनी पुर्णरुपमा सफल हुनसकेका छैनन् । फागुनको पहिलो साता मोरङ प्रहरी प्रमुख भएर आएका एसपी कार्कीले नेतृत्व सम्हालेको केही दिनमै जिल्लाभर सादा पोशाकमा काम गरिरहेका प्रहरी (घुमुवा) हटाउने निर्णय गरे । लगतै […]
काठमाडाैं, फागुन १९ । चालु आर्थिक वर्षको साउनदेखि पुससम्म ६ महिनाको अवधिमा घरेलु हिंसा सम्बन्धी ८ हजार २०८ वटा मुद्दा दर्ता भएका छन् । तीमध्ये ४ हजार ९७ उजुरी फछर्यौट भएका छन् । सो अवधिमा घरेलु हिंसाबाट जम्मा ८ हजार २१४ जना पीडित भएका छन् । तीमध्ये ७ हजार ४०१ जना महिला र ८१३ जना […]
विराटनगर, २३ मंसिर । मोरङका राजनैतिक दलका नेता , पालिका प्रमुख र प्रशासकिय अधिकृतहरुले समाजमा लैङिगक समानता ल्याउने प्रतिबद्धता जनाएका छन् । दलित महिला केन्द्रले विहिवार विराटनगरमा आयोजना गरेको लैङिगक समानताका लागि महिला जनप्रतिनिधिहरुको राजनैतिक सहभागीताबारे अन्र्तक्रियामा दलका नेता र पुरुष जनप्रतिनिधिहरुले यस्तो प्रतिबद्धता जनाएका हुन । एकिकृत समाजबादी प्रदेश १ का सदस्य कविराज घिमिरेले […]