२२ कार्तिक २०८२, शुक्रबार
07-11-2025 , Fri
Gold Silver Price (18 Kartik 2082, TUE)
Fine Gold 1 Tola NRs. 238800
Silver 1 Tola Nrs. 3030

पाँच लाखको चेक बाउन्स प्रकरण: विराटनगर-१२ का वडाध्यक्ष कामत समातिए

Logo
जनचर्चा संवाददाता प्रकाशित मंगलबार, पुष ०९, २०८१

विराटनगर, पाैष ९ । बैंकिङ कसुर मुद्दामा विराटनगर-१२ का वडाध्यक्ष हिरालाल कामतलाई सोमबार अपराह्न प्रहरीले नियन्त्रणमा लिएको छ ।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी बेदप्रसाद जोशीका अनुसार मंसिर २५ गते मोरङ अदालतबाट जारी भएको पक्राउ पूर्जीको आधारमा कामतलाई पक्राउ गरिएको हो । जहदा गाउँपालिका-३ का वडाध्यक्ष गुरुदयानन्द ठाकुरले दिएको जाहेरीमा कामतले दिएको ५ लाख रुपैयाँको चेक बाउन्स भएको उल्लेख छ । सोही जाहेरीका आधारमा कात्तिक महिनामा कामतविरुद्ध बैंकिङ कसुर मुद्दा दर्ता भएको थियो ।

जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित वडाध्यक्ष कामतलाई उजुरी दिने ठाकुर पनि सोही पार्टीबाट निर्वाचित वडाध्यक्ष हुन् । प्रहरीले कामतलाई मंगलबार अदालतमा पेश गरी थप अनुसन्धान अगाडि बढाउने जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]

इटहरी, असाेज २८। जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ह्वाट्सएप ह्याक भएको छ। ह्याकरले एसपीको ह्वाट्सएप प्रयोग गरी उनका चिनजानका व्यक्तिहरूलाई पैसा माग्ने गरेको पाइएको छ। ह्याकरले एसपीको नाममा उनका चिनजानकालाई सन्देश पठाउँदै अतिआवश्यक परेको भन्दै रकम माग गरेको पाइएको हो। जिल्लाका एसपी केशवकुमार थेबेले यसबारे जानकारी दिँदै केहि दिनअगाडि आफ्नो ह्वाट्सएप […]