१२ माघ २०८२, आइतबार
25-01-2026 , Sun
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

आर्थिक

साना तथा मझौला उद्योगको समृद्धि र संरक्षणका निम्ति नीतिगत सुधार र सहज लगानीमा जोड

विराटनगर, पुष १४ । विराट ट्रेड एक्स्पोअन्तर्गत सोमबार साना तथा मझौला उद्योग (एसएमई) को समृद्धि तथा संरक्षणलाई केन्द्रमा राखेर थिमेटिक सेसन सम्पन्न भएको छ। “साना तथा मझौला उद्योगको समृद्धि तथा संरक्षण” शीर्षकमा आयोजित प्यानल छलफलमा उद्योग, लगानी, नीति, प्रविधि र बजार पहुँचका विविध पक्षमा छलफल भयो । कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष […]

विराटनगर, पुष १४ । विराट ट्रेड एक्स्पोमा सञ्चालन भइरहेको थिमेटिक सेसनअन्तर्गत शनिबार पछिल्लो कर संरचना, जेनजी आन्दोलनपछिको अवस्था र समसामयिक वातावरणमा उद्योग, व्यापार तथा व्यवसायको भविष्य विषयमा गहन छलफल गरिएको छ । ‘जेनजी आन्दोलनपछिको व्यापार-व्यवसाय : के भयो, के हुनुपर्थ्यो र अबको बाटो’ शीर्षकको सत्रमा निजी क्षेत्र, नीति निर्माण तह,तथा उद्योगी व्यवसायीले र योजनाविद्हरूले आ-आफ्ना […]

विराटनगर, पुष १३ । विराट ट्रेड एक्स्पोमा हरेक दिन सञ्चालन हुँदै आएका थिमेटिक सेसनअन्तर्गत आइतबार पर्यटन उद्योग, अवसर र सम्भावनाबारे विस्तृत छलफल भएको छ । फस्टाउँदै गएको पर्यटन क्षेत्रलाई कसरी दिगो र प्रभावकारी बनाउने भन्ने विषयमा सरोकारवालाबीच विमर्श भएको हो ।   छलफलमा नेपाल पर्यटन बोर्डका निर्देशक रोहिणी खनालले नेपालको समग्र पर्यटन अवस्था, सम्भावना र […]

विराटनगर, पुष ११ । विराट ट्रेड एक्स्पोमा शुक्रबार सूचना प्रविधिका विविध आयामबारे केन्द्रित थिमेटिक सेसन सम्पन्न भएको छ। सूचना प्रविधिलाई मूल विषय बनाउँदै साइबर सेक्युरिटी, एआई फर आन्टरपेनसीप, डिजिटल मार्केटिङ र ई–कमर्स सम्बन्धी प्रस्तुति तथा छलफल गरिएको हो। साइबर सेक्युरिटी सत्रमा जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कवित कटुवालले प्रविधिको फाइदासँगै बढ्दो जोखिमबारे सचेत गराए। […]

विराटगर, पुष ९ । विराटनगरमा मोरङ उद्योग व्यापार संघले आयोजना गरेको विराट ट्रेड एक्स्पोको उद्घाटन नेपाल सरकारका अर्थमन्त्री रामेश्वर प्रसाद खनालले गरेका छन्। बुधबार भएको उद्घाटन कार्यक्रममा अर्थमन्त्री खनालका साथै कोशी प्रदेश सरकारका पर्यटन मन्त्री सदानन्द मण्डल, विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला, विभिन्न राजनीतिक दलका प्रतिनिधि र उद्योगी–व्यापारीहरू उपस्थित थिए। कार्यक्रममा बोल्दै अर्थमन्त्री खनालले औद्योगिक […]

विराटनगर, पुष १७। मोरङ उद्योग व्यापार संघको आयोजनामा सञ्चालन भइरहेको विराट एक्स्पो अन्तर्गत बिहीबार ‘सीप प्रमाणीकरणदेखि रोजगारीसम्म’ विषयमा विशेष छलफल भएको छ। एक्स्पो अवधिभर उद्योग, व्यवसाय र श्रम बजारसँग सम्बन्धित विविध समसामयिक विषयमा दैनिक छलफल भइरहेका छन्। कार्यक्रममा कोशी प्रदेश सामाजिक विकास मन्त्रालयकी शैक्षिक योजना महाशाखाकी उपसचिव लक्ष्मी न्यौपाने, सिटिईभिटी इटहरीका सह–निर्देशक दुर्गा प्रसाद ओझा, […]

विराटनगर, मंसिर २३ ।   पुस ९ गतेदेखि १९ गतेसम्म विराटनगरमा ‘विराट ट्रेड एक्स्पो’ आयोजना हुने भएको छ। मोरङ उद्योग व्यापार संघले साेमबार पत्रकार सम्मेलनकाे आयाेजना गरी साे एक्स्पाे बारे विस्तृत जानकारी दिएकाे छ । विराटनगर–२ शान्तिचोकस्थित जिल्ला प्रहरी कार्यालय नजिकैको खुला स्थानमा सञ्चालन हुने यस मेलामा जर्मन प्रविधिको ‘ह्याङ्गर’ र अक्टानम सिस्टमसहित करिब २३० […]

काठमाडाै‌ं, मंसिर १५ – नेपाल आयल निगमले केही इन्धनको मूल्य समायोजन गरेको छ। आइतबार सार्वजनिक गरिएको विज्ञप्तिअनुसार डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर १ रुपैयाँको कमी गरिएको छ। तर, हवाइ इन्धनको मूल्य भने बढेको छ। आन्तरिक उडानका लागि प्रतिलिटर ६ रुपैयाँले वृद्धि भएको छ भने अन्तर्राष्ट्रिय उडानका लागि प्रति किलोलिटर अमेरिकी डलर ४२ ले घटेको छ। संशोधित […]

काठमाडौं , मंसिर १५। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसहित तीन उच्च अधिकारीलाई बैंकिङ कसुर र कर्जा दुरुपयोगको आरोपमा पक्राउ गरेको छ। सोमबार बिजुलीबजारस्थित बैंकको प्रधान कार्यालयबाट पक्राउ गरिएकामा सीईओ शेरचनसहित नायब प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेल र प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठ रहेका छन्। सीआईबीले जारी गरेको विज्ञप्तिअनुसार राष्ट्र […]

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]