०८ साउन २०८३, शुक्रबार
24-07-2026 , Fri
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

“सर्च एण्ड डिस्ट्रोइ” डेंगु अभियानमा विराटनगर

Logo

विराटनगर, भाद्र २९
डेंगुको प्रकोप नियन्त्रणका लागि विराटनगर महानगर “सर्च एण्ड डिस्ट्रोइ” अभियानमा जुटेको छ । सो अभियान अन्तर्गत डेंगुका संक्रमित लामखुट्टेलाई महानगरले खोजी खोजी नष्ट गर्ने बताइएको छ ।
शनिबारबाट विद्यालय र सरकारी कार्यालयहरूमा लामखुट्टेलाई नियन्त्रण गर्न ‘फगिङ’ अर्थात् कीटनाशक रसायन धुँवा उडाएर मार्ने कार्यको थालनी भएको छ । विराटनगर महानगरका मेयर भीम पराजुलीले आदर्श माध्यमिक विद्यालयमा फगिङ गर्दै डंगु नियन्त्रण अभियान सुरु गरेका थिए । यसभन्दा अगाडि बस्तीहरूमा मात्र फगिङ गरिएको थियो ।
महानगरले यसपटक विद्यालय र सरकारी कार्यालय हाताभित्र फगर मेसिनबाट यो अभियान सुरु गरेको छ । शनिबारमात्रै वडा नम्बर ७ र १० का सरकारी, गैरसरकारी कार्यालय, सामुदायिक विद्यालय, निजी विद्यालयहरूमा फगर मेसिनबाट लामखुट्टे मार्ने काम भएको छ । यो अभियान महानगरका १९ वटै वडामा क्रमशः सञ्चालन गर्ने बताइएको छ ।
केही महिनाअघिबाट डेंगुबाट संक्रमित बिरामीको संख्या विराटनगरमा पनि बढेकाले नियन्त्रणको लागी महानगरले उक्त अभियान संचालन गरेको बताएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ, साउन ६। दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका–६ रजौरामा निर्माणाधीन एउटा घरको पानी ट्याङ्कीभित्रबाट बुधबार दुई जनाको शव भेटिएको छ। मनिराम चन्दको स्वामित्वमा रहेको सो घरको खाली पानी ट्याङ्कीमा शव फेला परेको हो। प्रहरीकाे प्रारम्भिक अनुसन्धान अनुसार ट्याङ्कीभित्र अक्सिजनको अभावका कारण दुवैको मृत्यु भएको हुन सक्ने  अनुमान गरिएको छ। मृतकहरू एक मजदुर र एक ठेकेदार रहेको बुझिएको […]

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]

काठमाडौँ, साउन ५ । सरकारी निकायले नयाँ गाडी खरिद गर्दा अबदेखि अर्थ मन्त्रालयको स्वीकृति अनिवार्य लिनुपर्ने भएको छ । अर्थ मन्त्रालयले सोमबार जारी गरेको चालु आर्थिक वर्षको बजेट कार्यान्वयन मार्गदर्शनमा यस्तो व्यवस्था गरिएको हो । यसैगरी वैदेशिक भ्रमणका लागि पनि मन्त्रालयको पूर्वस्वीकृति चाहिनेछ । घर भाडामा लिनुपर्दा पनि सरकारी भवन उपलब्ध नभएको अवस्थामा मात्र, त्यो […]