२७ फाल्गुण २०८२, बुधबार
11-03-2026 , Wed
Gold Silver Price (26 falgun 2082, Tue)
Fine Gold 1 Tola NRs. 317500
Silver 1 Tola Nrs. 5735

विराट एक्स्पो २०२५ मा बिराट बजार बिटुबि प्लेटफर्म

Logo
जनचर्चा संवाददाता

माघ ११, विराटनगर
यत्र तत्र छरिएर रहेका लघु घरेलु साना उद्योग र स्टार्टअप उद्योगहरुको उत्पादनको बजार खोजी गर्न आठौ चरणको विराट एक्स्पोले माघ ११ गतेदेखि यहाँको डिग्री क्याम्पसको मैदानमा १० दिन सम्म विराट बजार बिटुवि प्लेटफर्मको व्यवस्था गरेको छ ।

यो प्लेटफर्ममा लघु घरेलु साना उद्योग र स्टार्टअप उद्योग देखि ठुला तथा अन्य प्रकृतिका उद्योग व्यवसायहरुसंग व्यवसायीक सम्बन्ध स्थापीत गराउने देखि कच्चा पदार्थ तथा सहायक कच्चा पदार्थ वा अन्य आवश्यक सामाग्री सहजरुपमा प्राप्त गर्न सहजिकरण गर्न उद्योग संगठनले यो अवधारणा अघि सारेको हो ।

यो अवधारणा अन्र्तगत डिजिटल प्लेटफर्ममा उद्यमी व्यवसायीहरुले आफ्नो चाहाना र आवश्यकता पोष्ट गरेपछि सिष्टमले नै अर्को त्यस्तै सामाग्री खोज्ने वा आपूर्ति गर्ने उद्योगी व्यवसायी चाहाना र आवश्यकतासँग मेल खानेगरी यो प्लेटफर्म तयार गरिएको संगठनको दावी छ ।

त्यसैगरी यही प्लेटफर्म मार्फत बजार प्रवर्धनकैलागी मेरो देश मेरै उत्पादन, विजनेश क्लिीनिक, क्युसेफ, जबब्रिज, उद्योग दर्ता प्रकृया तथा स्टेपवाई स्टेप प्रकृया, कानुन ऐन, संघ प्रदेश र स्थानीय तहका करका दर तथा आर्थिक ऐन, बैदेशिक लगानीको प्रकृया लगायतका उद्योग व्यवसायसँग सम्बन्धीत सबै सुचनाहरु भएको एकिकृत सूचना प्रणाली, स्टार्टअप तथा इनोभेशन कार्यक्रम, इनर्जि ईफिसियन्सी कार्यक्रम, ईण्डष्ट्रिज एकेडेमिया लगायत संगठनका कार्यक्रमहरुको डिजिटलाईजेशन भर्सन सहितको एकीकृत सेवाहरुको व्यवस्था गरिने छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ२५ फागुन , प्रतिनिधिसभा निर्वाचनको समानुपातिक मतगणनामा श्रम संस्कृति पार्टीले ३ प्रतिशत थ्रेसहोल्ड पार गरेको छ। निर्वाचन आयोगको पछिल्लो मतपरिणाम अनुसार पार्टीले आवश्यक मत प्रतिशत कटाएको छ। यद्यपि, समानुपातिकको अन्तिम मतपरिणाम आइ नसकेकोले यसमा घटबढ हुनसक्ने देखिन्छ। यदि अन्तिम नतिजाअनुसार ३ प्रतिशत कटाए राष्ट्रिय पार्टी बन्नेछ। निर्वाचन आयोगको वेबसाइटमा सार्वजनिक विवरणअनुसार श्रम संस्कृति पार्टीले हालसम्म २ […]

विराटनगर, २५ फागुन । प्रतिनिधी सभाको निर्वाचनमा नेकपा एमाले र नेपाली कम्प्युनिष्ट पार्टी ३– ३ प्रदेशमा नील भएको छ । नेकपा एमाले, मधेस, बागमती र लुम्बिनी प्रदेशमा निल भएको छ भने नेकपा कोशी, मधेस र सुदूरपश्चिम प्रदेशमा नील भएको छ। सात प्रदेशमा रास्वपा ६ प्रदेशमा भारी सिटका सात पहिलो भएको छ। कोशी प्रदेशको २८ सिट […]

काठमाडौं, फागुन १७ — अमेरिका र इजरायलको संयुक्त सैन्य अभियान ‘अपरेसन शिल्ड अफ जुडा’ अन्तर्गत शनिबार (२८ फेब्रुअरी) इरानमा भएको हवाई हमलामा इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेई (८६) मारिएका छन्। इरानी राज्य सञ्चार माध्यमले उनको मृत्युको पुष्टि गर्दै ४० दिनको राष्ट्रिय शोक घोषणा गरेको छ। Fox News के भयो हमलामा? बिहान ९:२७ बजेतिर (इरान समय) […]