१० जेठ २०८३, आइतबार
24-05-2026 , Sun
Gold Silver Price (Baishak 5, 2083, TUE)
Fine Gold 1 Tola NRs. 295800
Silver 1 Tola Nrs. 5100

विराट एक्स्पोले स्वादेशी कफीको स्वाद निशूल्क चखाउने

Logo
जनचर्चा संवाददाता

माघ ११, विराटनगर
नेपालमा कुनकुन जात र कस्तो गुणस्तरको कफी उत्पादन भइरहेको छ । स्वदेशी उत्पादनको मूल्य कति पर्छ अनि त्यसको स्वाद कस्तो होला ? यसवारे जानकारी लिन र निशूल्क स्वाद चाख्न यसका पारखीले विराट एक्स्पो नै पुग्नु पर्ने हुन्छ ।

माघ ११ गतेदेखि विराटनगरको डिग्री क्याम्पस परिसरमा सुरु हुने आठौ सस्करणको विराट एक्स्पोमा मुलुक भरीका कफी उत्पादक तथा व्यवसायीहरु कोशी प्रदेशका कफीका पारखीलाई नेपाली कफी वारे जानकारी दिन र निशूल्क स्वाद चखाउनैकालागि कुरेर वस्ने छन ।

उद्योग संगठन मोरङको आयोजनामा सुरु हुने एक्स्पोले नेपाली कफीको स्वाद चखाउन र आन्तरिक बजार प्रवद्धन गर्न ओपन लाटे आर्ट एण्ड डुइनिङ कम्पिडिसनका साथै पब्लिक कपिङ पेभिलियनको व्यवस्था गरिएका छ । त्यो पेभिलियनमा मुलुकभरीका कफी व्यवसायीहरुले मेशिन र हातवाट कफीमा आर्ट गर्ने कला प्रर्दशनी गदैै नेपाली कफीको स्वाद निशूल्क चखाउने अनि यसको खेती र व्यवसायकालागि उपदेशपनि दिने छन ।

त्यसको सहजी करणकालागि विगत सात वर्षदेखि नेपाली कफीको प्रबद्धनको काम गर्दै आएका ओयकप कफीका सस्थापक सञ्चालक अभिनायक मल्ल पेभिलियनमा रहने छन । विदेशी उत्पादनको तुलनामा नेपाली कफीको गुणस्तर र स्वाद अब्बल छ । तर प्रचार प्रसारको अभावमा स्वदेशी बजार विदेशी कफीले ओगटेको छ । मल्लले भने कोशी प्रदेशका कफी पारखीलाई एक्स्पोमा नेपाली कफीको गुणस्तरको जानकारी दिदै निशूल्क रुपमा स्वादपनि चखाइने छ ।

एक्स्पोमा मुलुकभरीका ५० भन्दावढी कफी उत्पादक तथा व्यवसायी आ–आफनो ठाउँमा उत्पादन र प्रशोधन भएको कफी लिएर आउने छन । मल्लले भने उनीहरुले आ–आफनो कफीको गुणस्तर वताउदै स्वादपनि निशूल्क चखाउने छन । उनले भने नेपाली कफीको अब्बल गुणस्तर र स्वादमा उपलब्ध भएपनि प्रचार प्रसार नहुँदा विदेशी उत्पादनका सामु निरिह हुँदै आएको छ ।

विदेश कफीको तुलनामा नेपाली कफीको गुणस्तर र स्वाद अब्बल छ । नेपाली कफीको प्रचार प्रसार नभएरै विदेशी कफीले स्वदेशी बजार अतिक्रमण गरेको मल्लको दावी छ । उनले भने नेपाली कफीको उत्पादन लागत बढी लाग्ने भएकाले विदेशी कफीभन्दा केही महँगो परेपनि विदेशी उत्पादनसँग गुणस्तर र स्वादमा प्रतिष्पधै हुन सक्तैन ।

एक्स्पोमा नेपाली कफीको बजार प्रबद्धनकालागि गुणस्तर वारे जानकारी दिएर निशूल्क रुपमा स्वाद चखाउने मात्र काम गरिदैन । कफी खेतीगर्न र व्यवसाय गर्न इच्छुकलाई फर्मदेखि क्याफे सम्मको जानकारी पनि दिइने मल्लले वताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, जेठ ४ । बिराटनगरस्थित कान्तिपुर कलेजले आइतबार सञ्चालन गरेको कक्षा ११ को प्रवेश परीक्षामा ठूलो संख्यामा विद्यार्थीहरू सहभागी भएका छन्। एसईई परीक्षाको नतिजा प्रकाशित भएलगत्तै भर्ना प्रक्रिया खुला गरिएको थियो। प्रवेश परीक्षामा बिराटनगरका साथै आसपासका जिल्ला र  विभिन्न प्रदेशबाट विद्यार्थीहरू सम्मिलित भएकाे कलेजले जनाएको छ। विद्यार्थीहरूको व्यापक सहभागिताले संस्थालाई उत्साहित बनाएको कलेजका प्रिन्सिपल भुवन […]

काठमाडाै‌ं, जेठ १०। बैंक तथा वित्तीय संस्थाहरूले कर्मचारीलाई अत्यधिक काममा लगाउन नपाउने गरी राष्ट्र बैंकले निर्देशन जारी गरेको छ। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई कर्मचारी व्यवस्थापनमा प्रचलित कानून र आफ्नो निर्देशन कडाइका साथ पालना गर्न  कडा निर्देशन गरेको हो। नयाँ निर्देशन अनुसार, बैंक तथा वित्तीय संस्थाहरूले कर्मचारीलाई कार्यालय समयभन्दा बाहिर काममा खटाउनुपर्दा प्रचलित कानून […]

काठमाडाैं, जेठ १०।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता “धेरैजसो वार्ता सम्पन्न” भइसकेको र छिट्टै विवरण सार्वजनिक हुने बताएका छन्। शनिबार सामाजिक सञ्जालमार्फत ट्रम्पले साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कतार र अन्य देशका नेताहरूसँग शान्तिसम्बन्धी समझदारी पत्रबारे “अत्यन्तै राम्रो कुराकानी” भएको जानकारी दिए। उनले होर्मुज जलडमरू पुनः खुला गर्ने विषय पनि सम्झौतामा समावेश भएको […]