२० आषाढ २०८२, शुक्रबार
04-07-2025 , Fri
Gold Silver Price (12 ASAR 2082, THUR)
Fine Gold 1 Tola NRs. 192800
Silver 1 Tola Nrs. 2190

रवि लामिछानेको थुनछेक बहस आज पनि

Logo
जनचर्चा संवाददाता प्रकाशित बिहिबार, माघ २४, २०८१

चितवन,२४ माघ ।पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पनि चितवन अदालतमा उपस्थित गराइँदै छ । साहारा चितवन सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछाने माथि भइरहेको बुधबार थुनछेक बहस नसकिएपछि आज १० बजे अदालतमा उपस्थित गराउने गरी उनलाई न्यायिक हिरासतमा पठाइएको थियो ।

चितवन अदालतमा बुधबार सरकारी वकिलको तर्फबाट जिल्ला न्यायाधिवक्ता रवि न्यौपाने र सहायक न्यायाधिवक्ताहरू अमृत सुवेदी, बुद्ध बहादुर थापासहित ३ जनाको बहस गरेका थिए । सहकारी पीडितको तर्फबाट रमेश काफ्लेले मात्रै बहस गर्न भ्याएका थिए ।आज जाहेरवाला र प्रतिवादीको तर्फबाट बहस र थुनछेक गर्नेछन् ।

साहारा चितवन सहकारी ठगी प्रकरणमा रविसहित १५ जना प्रतिवादीको बुधबारबाट बयान सुरु भएको थियो । बयान सकिएसँगै हिजोबाट थुनछेक बहस पनि सुरु गरिएको थियो ।थुनछेक बहस सकिए आजै थुनछेक आदेश आउने सम्भावना छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असार २० गते । विज्ञान संकायतर्फ नेपालकै उत्कृष्ट मानिने विराटनगरको अरनिको कलेजले भर्नाका लागि नयाँ नियम लागू गरेको छ। कलेजले ‘जुन विद्यार्थी पहिले भर्ना लिन्छ, उसले पढ्न पाउने’ नियम अनुसार भर्ना प्रक्रिया सुरु गरेको छ। शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ११ मा विज्ञान संकाय तर्फ एक हजार विद्यार्थी भर्ना लिने तयारी पूरा गरेको […]

विराटनगर, असार २० । निजी कलेजहरूलाई समेत चुनौती दिँईरहेकाे देशकै शीर्ष सरकारी विद्यालयहरूमध्ये पर्ने विराटनगरकाे पोखरीया विद्यालयले शुक्रवार कक्षा ११ को पहिलो चरणको प्रवेश परीक्षा सफलतापूर्वक सञ्चालन गरेको छ। प्रवेश परीक्षामा विज्ञान (Science) विषयमा २६० जना र व्यवस्थापन (Management) विषयमा १५५ जना गरी कुल ४१५ जना विद्यार्थीहरूले सहभागिता जनाएका छन्। सरकारी विद्यालयको प्रवेश परीक्षामा यो […]

विराटनगर, असार २० । गुणस्तरीय शिक्षाका लागि प्रसिद्ध विराटनगर महानगरपालिका-७ स्थित मेरिल्याण्ड कलेजले बिहीबार ऐतिहासिक कदम चाल्दै पहिलो पटक विज्ञान विषयको प्रवेश परीक्षा सञ्चालन गर्‍यो। जसमा  कुल ४७७ जना विद्यार्थीहरूले सहभागिता जनाए। कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले विज्ञान संकायमा विद्यार्थीहरूको उत्साहजनक सहभागिताले कलेज व्यवस्थापनमा थप उत्साह भरेको भएको प्रतिक्रिया दिनुभयो। “हाम्रो संस्थाले पहिलो पटक विज्ञान विषयमा […]