०९ पुष २०८२, बुधबार
24-12-2025 , Wed
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

सुन्दरहरैँचामा ११ दिने विराट एक्स्पो हुँदै, ४ करोड लगानी

Logo
जनचर्चा संवाददाता प्रकाशित आइतबार, माघ २७, २०८१

विराटचाैक, माघ २७ । मोरङको सुन्दरहरैँचा-१० स्थित विराटचौकमा चौथो विराट एक्स्पो माघ ३० गतेदेखि फागुन १० गतेसम्म आयोजना हुने भएको छ । सुन्दरहरैँचा उद्योग वाणिज्य सङ्घले आयोजना गर्न लागेको यो एक्स्पोमा १९४ वटा स्टल रहने छन् ।

एक्स्पोमा औद्योगिक सामग्रीका ११४, कृषि तथा घरेलु सामग्रीका ४०, अटोमोबाइल्सका १५, होटलका १६ र मुख्य प्रायोजकका ९ वटा पेभिलियन समावेश गरिएको छ । सुन्दरहरैँचा उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण कार्कीका अनुसार एक्स्पो आयोजनामा ४ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । उनले करिब तीन लाख दर्शकले एक्स्पो अवलोकन गर्ने अपेक्षा गरिएको जानकारी दिए ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा एक्स्पो आयोजक समितिका संयोजक एवं सुन्दरहरैँचा उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष भोलेश्वर दूलालले नगर क्षेत्रमा सार्वजनिक शौचालय निर्माणका लागि एक्स्पो आयोजना गरिएको बताए । उनका अनुसार आठवटा सार्वजनिक शौचालय निर्माणको लागि १५ करोड ६२ लाखको डिपीआर तयार भएको छ । हालसम्म विराटचौक र सलकपुरमा दुईवटा शौचालय सञ्चालनमा आइसकेका छन् भने खोर्साने र हरैँचामा निर्माणको अन्तिम चरणमा पुगेका छन् । बाँकी चारवटा शौचालय बलियाचौक, गछिया, गोठगाँउ र मृगौलियामा निर्माण गरिने र यसको कुल लागत १५ करोड ६५ लाख हुने संयोजक दुलालले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

२0८२ पाैष ७ अन्तर्वार्ता दिने: राष्ट्रिय परिवर्तन पार्टी नेता माधव सुन्दर खड्का ( जनादेश पार्टीमा गाभिने क्रममा) प्रश्न १: आगामी फागुन २१ को निर्वाचनलाई तपाईं किन नयाँ शक्तिहरूको लागि सुवर्ण मौकाको रूपमा हेर्नुहुन्छ? उत्तर: हेर्नुस्, अहिले नयाँ शक्तिहरूको लागि एउटा एकदमै राम्रो मौका देखिएको छ। मुख्यतया दुई कारणले गर्दा – पहिलो, नेकपा एमालेको महाधिवेशनबाट केपी […]

विराटनगर,२६ मंसिर  । कोशी प्रदेशमा खेलकुदको आधुनिक पूर्वाधार विकास गर्ने लक्ष्यसहित विराटनगरमा ५ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको ‘विराट स्पोर्ट्स जोन’ सञ्चालनमा आउने भएको छ । विराटनगरमा करिब ३० कट्ठा क्षेत्रफलमा फैलिएको यो अत्याधुनिक खेलकुद ग्राम यही मंसिर २७ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको हो । सञ्चालक समितिले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै स्पोर्ट्स जोनको […]

विराटनगर, मंसिर २३ ।   पुस ९ गतेदेखि १९ गतेसम्म विराटनगरमा ‘विराट ट्रेड एक्स्पो’ आयोजना हुने भएको छ। मोरङ उद्योग व्यापार संघले साेमबार पत्रकार सम्मेलनकाे आयाेजना गरी साे एक्स्पाे बारे विस्तृत जानकारी दिएकाे छ । विराटनगर–२ शान्तिचोकस्थित जिल्ला प्रहरी कार्यालय नजिकैको खुला स्थानमा सञ्चालन हुने यस मेलामा जर्मन प्रविधिको ‘ह्याङ्गर’ र अक्टानम सिस्टमसहित करिब २३० […]