१४ आश्विन २०८३, बुधबार
30-09-2026 , Wed
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

शाहलाई पोखरामा विशेष सम्मान

Logo
जनचर्चा संवाददाता

काठमान्डौं,२८ माघ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई पोखरामा विशेष सम्मान दिइने भएको छ । आइतबार परिवारसहित पोखरा पुगेका शाहलाई पोखरामा समर्थकहरूले उत्साहपूर्वक स्वागत गरेका थिए । भ्रमणलाई विशेष बनाउन विभिन्न सांस्कृतिक तथा धार्मिक कार्यक्रमको तयारी भइरहेको नागरिक अगुवाहरुले वताएका छन् ।

यस क्रममा उनले विभिन्न मठमन्दिर दर्शन गर्ने, पूजापाठमा सहभागी हुने र स्थानीय व्यक्तिहरूसँग भेटघाट गर्ने कार्यक्रम छ । उनका समर्थकहरू शाहको यो भ्रमणलाई आस्थासँग जोडेर हेरिरहेका छन् । उनी त्यहाँ दुइसाता सम्म रहने सचिवालय स्रोतले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]

स्याङ्जा, १२ असोज । कालीगण्डकी नदीको बहाव घटेसँगै बेल्टारीस्थित १४४ मेगावाटको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजैदेखि उत्पादन पुनः सुरु गर्ने भएको छ । चार दिनको लगातार वर्षाले नदीमा बाढी आएपछि आयोजना बन्द गरिएको थियो । केन्द्रका प्रमुख आत्मेस पौडेलका अनुसार सुरुङभित्रको हिलो सफा गरेर र पावर हाउसको अवस्था जाँचेर उत्पादन थालिनेछ । प्राविधिक टोलीले निरीक्षण […]