१९ आश्विन २०८३, सोमबार
05-10-2026 , Mon
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

ट्रम्पको धम्कीपछि सुनको मूल्य आकाशियो

Logo
जनचर्चा संवाददाता

काठमाडाैं, वैशाख ९ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य अचानक बढेको छ। सोमबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ३४०० डलर माथि पुगेको थियो। मंगलबार बिहान यो मूल्य अझै बढेर ३४८० डलार हाराहारीमा पुगेको छ। गत हप्ताको तुलनामा सुनको मूल्य करिब ५ प्रतिशतले बढेको देखिन्छ।

नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो। मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेर प्रतितोला  १ लाख ९७ हजार ९ सय पुगेकाे छ । अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण अझैपनि सुनकाे मुल्य उकालाे लाग्ने देखिन्छ ।

विदेशी मिडियाका अनुसार, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ) लाई दिएको धम्कीका कारण सुनको मूल्यमा अचानक वृद्धि भएको हो। ट्रम्पले शुक्रबार ट्रुथ सोसियलमा लेखेका थिए, “धेरैले ब्याजदरमा कटौतीको माग गरिरहेका छन्। अहिले ब्याजदर घटाउन नसकेमा अर्थतन्त्रमा मन्दी आउन सक्छ।” उनले फेडका अध्यक्ष जेरोम पावेललाई ब्याजदर तत्काल घटाउन निर्देशनात्मक शैलीमा भनेका थिए।

शुक्रबारदेखि आइतबारसम्म अन्तर्राष्ट्रिय बजार बन्द रहेकाले ट्रम्पको अभिव्यक्तिको प्रभाव सोमबारबाट एकैपटक देखिएको हो। ट्रम्पको हस्तक्षेपले केन्द्रीय बैंकका नीतिहरू अस्थिर हुने र यसले अर्थव्यवस्थामा नकारात्मक असर पार्ने चिन्ताले लगानीकर्ताहरू सुनतर्फ आकर्षित भएका छन्। यसको परिणामस्वरूप सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ भने अमेरिकी सेयर बजारमा गिरावट आएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]