२६ बैशाख २०८२, शुक्रबार
09-05-2025 , Fri
Gold Silver Price (26 BAI 2082, FRI)
Fine Gold 1 Tola NRs. 191300
Silver 1 Tola Nrs. 1975

कस्टम यार्ड गुणस्तरहिन भएको भन्दै पुनः निर्माणको माग

मोरङका प्रजिअलाई सरोकारवालाको ज्ञापनपत्र
Logo
प्रकाशित शनिबार, आश्विन ०४, २०७६

मोरङ, आसोज ०४
बुधनगरमा बनेको रेल्वे कस्टम यार्ड गुणस्तरहिन भएको भन्दै पुनः निर्माणका लागि उक्त कम्पनीलाई निर्देशन दिनुपर्ने माग सहित मोरङका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइएको छ ।

बथनाहा कटहरी रेल खण्डमा नेपाल भारत सरकारको सम्झौता अनुसार निर्माणको जिम्मा भारतीय निर्माण कम्पनी ईरकोन ईन्टरनेशनले लिएको थियो ।

दाया : अक्ष्यक्ष शर्मा

उक्त कम्पनीले निर्माण गरेको भौतिक संरचना अति नै निम्न स्तरको सामग्री प्रयोग गरेर बनाएको कस्टम यार्ड वर्ष दिन नबित्दै भत्किएको सामाचार विभिन्न पत्रपत्रिकामा आएपनी स्थानीय सरकारले चासो नदेखाएपछि शुक्रबार ज्ञापनपत्र बुझाइएको सिमान्चल मैत्री संवाद समुहको संयोजक राजेश कुमार शर्माले जानकारी दिए ।
उनले सार्वजनिक हित तथा महत्त्वको बिषयवस्तु भएको हुनाले भबिस्यमा त्यसको संरचनाबाट कुनै किसिमको भौतिक तथा मानवीय क्षति हुन नदिन स्थलगत निरिक्षण गरि उक्त निर्माण कम्पनीलाई पुनः निर्माण गर्न निर्देशन जारि गर्न ज्ञापनपत्र बुझाएको बताउनु भयो ।

पत्रमा कस्टम यार्ड निर्माणमा लाखौंको हिनामिना भएको हुनसक्ने आशंका समेत उल्लेख भएको छ । ज्ञापन पत्र बुझउन मैत्री संवाद समूहका गंगा प्रसाद यादव, आशा सरदार, चुरा ठकुरी,निमेश पोखरेल ,संजय मगर जिल्ला प्रमुखसमक्ष पुगेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं २६ बैशाख ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रमाथि राज्यले फेरि अर्को मुद्दा थपेको छ । तीनकुने घटनासँग जोडिएर यसअघि राज्यविरुद्धको कसुर र संगठित अपराध अन्तर्गत अभियोग लगाइएको मिश्रमाथि अब आपराधिक उपद्रवसमेतको मुद्दा दायर गरिएको हो । आज (बिहीबार) जिल्ला अदालत काठमाडौंमा म्याद थपको प्रक्रिया दौरान मिश्रमाथि नयाँ आरोप थपिएको हो । […]

काठमाडौँ २३,बैशाख ।  हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडी र अरब सागर बाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो […]

काठमाडौं ,२१ बैशाख ।  सन् २०२५ को अप्रिल महिनामा हालसम्मकै उच्च सङ्ख्यामा विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अप्रिल महिनामा मात्रै एक लाख १६ हजार ४९० विदेशी पर्यटक नेपाल आएका छन् । नेपालको पर्यटनमा अप्रिल महिनाको विदेशी पर्यटक आगमनमा रेकर्ड कायम भएको बोर्डले उल्लेख गरेको छ । अप्रिलमा सबैभन्दा […]