२८ आश्विन २०८२, मंगलबार
14-10-2025 , Tue
Gold Silver Price (28 Ashoj 2082, TUE)
Fine Gold 1 Tola NRs. 249000
Silver 1 Tola Nrs. 3340

बैंकको सिस्टम ह्याक गरी डेढ करोड चट् !

कृषि विकास बैंकबाट १ करोड ५६ लाख चोरी
Logo
प्रकाशित बुधबार, आश्विन ०८, २०७६

काठमाडौं, असोज ०८
कृषि विकास बैंकबाट १ करोड ५६ लाख रुपैया चोरी भएको छ । उक्त रकम सिस्टम ह्याक गरी निकालिएको राष्ट्र बैंकले बताएको छ ।
यस पटकको ह्याकिङ विभन्न तरिकाले भएको बताईएको छ । यसअघि नेपालमा २ किसिमका हृयाकिङहरु भएका थिए । पहिलो स्वीफ्ट हृयाक गरेर विदेशबाट ठूलो रकम निकिालएको थियो भने दास्रोमा एटीएम हृयाक गरेर चिनियाँ हृयाकरहरुले नेपाल र भारतबाट रकम निकालेका थिए ।
कृषि विकास बैंकको सिरहाको लहान र धनगढी शाखा कार्यालयहरुबाट रकम ट्रान्सफर गरिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।
ह्याकिङले कसले गरेको भन्ने विषय खुल्न सकेको छैन् । यस विषयमा थप अनुसन्धान भइरहेको राष्ट्र बैंकले बताएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इटहरी, असाेज २८। जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ह्वाट्सएप ह्याक भएको छ। ह्याकरले एसपीको ह्वाट्सएप प्रयोग गरी उनका चिनजानका व्यक्तिहरूलाई पैसा माग्ने गरेको पाइएको छ। ह्याकरले एसपीको नाममा उनका चिनजानकालाई सन्देश पठाउँदै अतिआवश्यक परेको भन्दै रकम माग गरेको पाइएको हो। जिल्लाका एसपी केशवकुमार थेबेले यसबारे जानकारी दिँदै केहि दिनअगाडि आफ्नो ह्वाट्सएप […]

काठमाडौँ २८ आश्विन  । नेपालबाट सरदर समयभन्दा आठ दिन ढिला गरी मनसुन बाहिरिएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जिव अधिकारीकाअनुसार मनसुन सरदर अक्टोर २ मा बाहिरिनु पर्ने भए पनि आठ दिन ढिला गरी शुक्रबार (अक्टोबर १० अर्थात असोज २४ गते)का दिन नेपालबाट बाहिरिएको हो। यस वर्ष नेपालमा १५ दिन अगावै (मे २९) मनसुन नेपाल भित्रिएको […]

विराटनगर,२४ असोज । सुदन गुरुङ नेतृत्वको जेनजीका सातै प्रदेशका संयोजकहरूले सुशिला कार्की नेतृत्वको सरकारलाई जेनजीकाे म्यान्डेटभन्दा बाहिर नजान  खबरदारी गरेका छन्। साे समूहकाे प्रदेशका संयोजकहरूले सयुक्त विज्ञप्ती जारी गरी साे कुरा बताएका हुन् । भदौ २३-२४ मा भएको भ्रष्टाचार विरुद्धको विद्रोहपछि गठित सरकारका सकारात्मक कार्यलाई समर्थन गर्ने तर विद्रोहको म्यान्डेटभन्दा बाहिर गए खबरदारी गर्ने उनीहरूले […]