२० आषाढ २०८२, शुक्रबार
04-07-2025 , Fri
Gold Silver Price (12 ASAR 2082, THUR)
Fine Gold 1 Tola NRs. 192800
Silver 1 Tola Nrs. 2190

विराटनगरमा निर्माणाधिन बधशालाको काम दुइ वर्षभित्र सम्पन्न हुने

Logo
प्रकाशित बिहिबार, आश्विन ०९, २०७६

विराटनगर,असोज ९ 
विराटनगरमा निर्माणाधिन पशु वधशाला व्यवस्थित एंव अत्याधुनिक वन्ने भएको छ । विराटनगर महानगरपालिकाले एक कार्यक्रमका वीच वधशालाको निमार्ण कार्यले पुर्णता पाउन लागेको जानकारी गराएको हो ।
महानगरपालिकाले वधशालाको व्यवस्थापन र निमार्ण वारे विराटनगरमा विहिवार आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै महानगरपालिकाका प्रमुख भिम पराजुलीले, वधशाला निमार्णकालागि आबश्यक प्रक्रिया अगाडी बढेको जानकारी दिनुभयो । वधशालालाई निमार्ण गर्न प्रदेस सरकार र महानगरपालिकाले आगामी वजेटमा थप रकम विनियोजित गर्ने जनाइएको छ । वधशाला निमार्णका लागी २१ करोड २५ लाख रुपैया लाग्ने र त्यसकालागी डिपिआर तयार भई सकेको छ । प्रदेस सरकार र विराटनगर महानगरपालिकाले पाच, पाच करोड गरि दश करोड रकम विनियोजित गरेको छ । दुइवर्ष भित्र काम सम्पन्न हुनेगरि वधशालाको निमार्ण प्रक्रिया शुरु भएको मेयर पराजुलीले जानकारी दिनुभयो ।

नेपालमै नमुना वधशाला निमार्णका लागी हेफर इन्टरनेशनल नेपालले प्राविधिक सहयोग तथा सहजीकरण गरिरहेको संस्थाका कार्यक्रम निर्देशक तिर्थराज रेग्मीले वताउनुभयो । वधशाला निमार्ण गर्न टेण्डर आव्हानकालागी महानगरपालिका प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियाको संयोजकत्वमा सात सदस्य समिति समेत गठन समेत गरिएको छ ।
कार्यक्रममा महानगरपालिका उपप्रमुख इन्दिरा कार्की, पशु सेवा विज्ञ डां. वोधप्रसाद पराजुली , सामाजिक महासाखा प्रमुख पुनम दाहाल, हेफरका उमाशंखर यादव तथा महानगर ,भेटनरी शाखा प्रमुख हिरालाल यादवले वधशालाको निमार्णको तयारीवारे जानकारी गराउनुभएको थियो ।
विराटनगर–८ मा महानगरपालिकाको १ विघा ८ कठा जग्गमा वधशाला निमार्णको काम २०६६ शालमा शुरु भएको हो । तत्कालिन अवस्थामा १ करोड १९ लाखमा वनेको वधशालाले हालसम्मपनि पुर्णता नपाउदा स्वस्थ्य मासु खानवाट उपभोक्ताहरु बन्चित बनेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, २० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन आयोग बनाउनु पर्ने र छानबिनको सहजीकरणको लागि गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग कायमै राखेको छ । रास्वपाको सचिवालय बैठकमा पार्टीले लिएको अडान बारे छलफल भएको र अडान कायम राखी संसद्मा यस विषयमा भइरहेको प्रतिरोध कायम राख्ने निर्णय भएको बताइएको छ । […]

विराटनगर, असार १९ । विराटनगरको लर्डबुद्ध कलेजमा कक्षा ११ को प्रवेश परीक्षामा परिक्षार्थीकाे ठूलो घुँइचाे देखिएकाे छ। बिहिबार लिईएकाे प्रवेश परीक्षामा कुल ७५६ जना विद्यार्थी सहभागी भए। यीमध्ये ५४० जनालाई कलेजमा भर्ना गरिनेछ। एसईईमा ४.० जिपिए ल्याउने ५ जना विद्यार्थीले प्रवेश परीक्षामा भाग लिएका छन्। यी सबैलाई कलेजले पूरै फिस माफ गरेर पढाउने छ। कलेजका प्रिन्सिपल […]

विराटनगर, असार १८ ।  विराटनगर वार्ड नं. ५ को सिद्धकाली आधारभूत विद्यालयमा नयाँ भवन हस्तान्तरण भएको छ। रोटरी फाउन्डेसनको ग्लोबल ग्रान्ड कार्यक्रमबाट निर्मित भवनहरू विद्यालय व्यवस्थापन समितिलाई सुम्पिएको हो। आईतवार मेयर नागेश कोइरालाको उपस्थितिमा भएको कार्यक्रममा रोट्रयाक्ट क्लब विराटनगरले भवन हस्तान्तरण गरेको छ। करिब ५० लाख रुपैयाँ लागतमा चार वटा भवन निर्माण गरिएको छ।   […]