२६ आश्विन २०८३, सोमबार
12-10-2026 , Mon
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

विराटनगरमा निर्माणाधिन बधशालाको काम दुइ वर्षभित्र सम्पन्न हुने

Logo

विराटनगर,असोज ९ 
विराटनगरमा निर्माणाधिन पशु वधशाला व्यवस्थित एंव अत्याधुनिक वन्ने भएको छ । विराटनगर महानगरपालिकाले एक कार्यक्रमका वीच वधशालाको निमार्ण कार्यले पुर्णता पाउन लागेको जानकारी गराएको हो ।
महानगरपालिकाले वधशालाको व्यवस्थापन र निमार्ण वारे विराटनगरमा विहिवार आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै महानगरपालिकाका प्रमुख भिम पराजुलीले, वधशाला निमार्णकालागि आबश्यक प्रक्रिया अगाडी बढेको जानकारी दिनुभयो । वधशालालाई निमार्ण गर्न प्रदेस सरकार र महानगरपालिकाले आगामी वजेटमा थप रकम विनियोजित गर्ने जनाइएको छ । वधशाला निमार्णका लागी २१ करोड २५ लाख रुपैया लाग्ने र त्यसकालागी डिपिआर तयार भई सकेको छ । प्रदेस सरकार र विराटनगर महानगरपालिकाले पाच, पाच करोड गरि दश करोड रकम विनियोजित गरेको छ । दुइवर्ष भित्र काम सम्पन्न हुनेगरि वधशालाको निमार्ण प्रक्रिया शुरु भएको मेयर पराजुलीले जानकारी दिनुभयो ।

नेपालमै नमुना वधशाला निमार्णका लागी हेफर इन्टरनेशनल नेपालले प्राविधिक सहयोग तथा सहजीकरण गरिरहेको संस्थाका कार्यक्रम निर्देशक तिर्थराज रेग्मीले वताउनुभयो । वधशाला निमार्ण गर्न टेण्डर आव्हानकालागी महानगरपालिका प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियाको संयोजकत्वमा सात सदस्य समिति समेत गठन समेत गरिएको छ ।
कार्यक्रममा महानगरपालिका उपप्रमुख इन्दिरा कार्की, पशु सेवा विज्ञ डां. वोधप्रसाद पराजुली , सामाजिक महासाखा प्रमुख पुनम दाहाल, हेफरका उमाशंखर यादव तथा महानगर ,भेटनरी शाखा प्रमुख हिरालाल यादवले वधशालाको निमार्णको तयारीवारे जानकारी गराउनुभएको थियो ।
विराटनगर–८ मा महानगरपालिकाको १ विघा ८ कठा जग्गमा वधशाला निमार्णको काम २०६६ शालमा शुरु भएको हो । तत्कालिन अवस्थामा १ करोड १९ लाखमा वनेको वधशालाले हालसम्मपनि पुर्णता नपाउदा स्वस्थ्य मासु खानवाट उपभोक्ताहरु बन्चित बनेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]