२१ आश्विन २०८३, बुधबार
07-10-2026 , Wed
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

कान्तिपुर कलेजकाे प्रवेश परीक्षा सम्पन्न

Logo
जनचर्चा संवाददाता

विराटनगर, जेठ ४ । बिराटनगरस्थित कान्तिपुर कलेजले आइतबार सञ्चालन गरेको कक्षा ११ को प्रवेश परीक्षामा ठूलो संख्यामा विद्यार्थीहरू सहभागी भएका छन्। एसईई परीक्षाको नतिजा प्रकाशित भएलगत्तै भर्ना प्रक्रिया खुला गरिएको थियो।

प्रवेश परीक्षामा बिराटनगरका साथै आसपासका जिल्ला र  विभिन्न प्रदेशबाट विद्यार्थीहरू सम्मिलित भएकाे कलेजले जनाएको छ। विद्यार्थीहरूको व्यापक सहभागिताले संस्थालाई उत्साहित बनाएको कलेजका प्रिन्सिपल भुवन नेपालले बताए।

“भर्खरै प्रवेश परीक्षा सम्पन्न भएको छ। यस शैक्षिक सत्रमा हामीले विभिन्न संकायमा जम्मा १,०२० विद्यार्थी भर्ना गर्ने लक्ष्य लिएका छौं। विज्ञान संकायमा ३४०, व्यवस्थापन संकायमा ४८० र होटल व्यवस्थापनमा २२० विद्यार्थी भर्ना हुनेछन्। यस वर्ष विगतको तुलनामा विद्यार्थीहरूको उपस्थिति उल्लेखनीय रह्यो। अभिभावक र विद्यार्थीहरूले हामीप्रति देखाएको विश्वासले हामीलाई अत्यन्तै उत्साहित बनाएको छ,” उनले थपे।

कलेजले प्रवेश परीक्षाको नतिजा एक दिनभित्रै सार्वजनिक गर्ने तयारी गरेको छ।

कोशी प्रदेशको प्रतिष्ठित शैक्षिक संस्थाका रूपमा परिचित कान्तिपुर कलेजमा विज्ञान, कम्प्युटर विज्ञान, व्यवस्थापन र होटल व्यवस्थापन जस्ता विषयहरू पढाइन्छ। संस्थाले गुणस्तरीय शिक्षामा जोड दिँदै आएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]