१८ आश्विन २०८३, आइतबार
04-10-2026 , Sun
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

लायन्स विराटनगर ग्लोबलको अध्यक्षमा राैनियार

Logo
जनचर्चा संवाददाता

विराटनगर, असार १८ । अनिल रौनियार लायन्स क्लब अफ विराटनगर ग्लोबलको सन् २०२६/२७ कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन्। नवगठित कार्यसमितिमा सचिवमा मुकेश कुमार यादव तथा कोषाध्यक्षमा चन्दा कुमारी सरकार चयन भएका छन्। रौनियारले हाल उनी आफ्नै व्यवसाय सञ्चालन गर्दै आएका छन्। अध्यक्षका रूपमा उनले शिक्षा, स्वास्थ्य सेवा, वातावरण संरक्षण तथा लागुऔषध दुव्र्यसन नियन्त्रणका क्षेत्रमा प्रभावकारी कार्यक्रमहरु सञ्चालन गर्ने लक्ष्य लिएका छन्। “सर्भ विथ पर्पाेस, राइज विथ प्राईड ” को भावनालाई आत्मसात् गर्दै समाजसेवा र मानवीय कार्यमा निरन्तर सक्रिय रहने अठोट व्यक्त गरेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]