२३ माघ २०८२, बिहिबार
05-02-2026 , Thu
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

डिभी खुल्यो, पासपोर्ट अनिवार्य

Logo

काठमाडौं,असोज १५ 
सन् २०२० को लागि अमेरिकी डाइभर्सिटी भिसा (डीभी) खुलेको छ । बुधबार मध्याह्न १२ बजेदेखि डिभीको आवेदन खुलेको हो । ५ नोभेम्बर २०१९ मध्याह्न १२ बजे आवेदन बन्द हुने अधिकारी वेभसाईटमा बताईएको छ ।
यस पटकावाट आवेदन फारम भर्दा पासपोर्ट नम्बर, पासपोर्टको म्याद र इमेल ठेगाना अनिवार्य गरिएको छ ।

यस वर्ष ५५ हजारले डीभी चिठ्ठामार्फत् अमेरिकाको भिसा पाउने बताईएको छ । व्यक्तिगत विवरणको आधारमा कम्प्युटर सिस्टमले डीभीको लागि योग्य व्यक्तिहरुको छनोट गर्ने व्यवस्था रहेको छ ।

भारत र पाकिस्तान १७ देशले नपाउने

भारत, पाकिस्तान, बंगलादेशसहित १७ देशका नागरिकहरुले भने डीभीको फारम भर्न नपाउने अधिकारीहरुले बताएका छन् ।
नपाउने देशहरुमा चीन, ब्राजिल, क्यानडा, कोलम्बिया, डोमिनिक रिपब्लिक, एल साल्भाडोर, ग्वाटेमाला, जमैका, मेक्सिको, नाइजेरिया, फिलिपिन्स, दक्षिण कोरिया, बेलायत (उत्तरी आयरल्याण्ड बाहेक) र भियतनाम छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं,२२ माघ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रविधिका माध्यमबाट हुनेसक्ने दुरुपयोग रोक्न योजनाबद्ध काम भइरहेको बताएका छन् । निर्वाचन आयोगले सामाजिक सञ्जाल टिकटकसँग आज गरेको समझदारीपत्र आदानप्रदान समारोहलाई सम्बोधन गर्दै उनले निर्वाचनका पक्षमा सङ्लिएको वातावरण धमिलिन नदिन ऐतिहासिक सम्झौता भएको बताए । टिकटकसँग सम्झौता गरेपछि यसका […]

काठमाडौं ,२२ माघ। नेपाली कांग्रेसले केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद दुलाललाई कार्यवाहक मुख्य सचिवको जिम्मेवारी तोकेको छ । पार्टी सभापति गगनकुमार थापाले आज उनलाई पार्टीको विधानबमोजिम अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि कावा मुख्य सचिवको जिम्मेवारी तोकेका हुन् ।साथै सभापति थापाले कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले यही माघ ८ गते दिएको राजीनामा स्वीकृत गरेको अर्का सचिव प्रकाश शर्माले […]

माघ २0, झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले “म र एमाले पराजित भए चुनावको परिणाम अस्वीकार हुन्छ” भनेको दाबीसहित कई भिडियो र फेसबुक पोस्टहरु सामाजिक सञ्जालमा भाइरल भएका छन्। पत्रिका नेपाल, यात्रा, टाइम्स अफ नेपाल, टीखबर लगायत फेसबुक पेजहरुबाट यी पोस्टहरु लाखौँ मानिसले हेरेका छन्। तर नेपाल फ्याक्ट चेक र अनलाइनखबरको सहकार्यमा गरिएको […]