१८ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
Gold Silver Price (8 chaitra 2082, Sun)
Fine Gold 1 Tola NRs. 282500
Silver 1 Tola Nrs. 4555

मेयरले पत्रकार कुटे

Logo

विराटनगर, असोज १६
सिआईएन नेपाल डटकमका पत्रकार अनिल बर्मा आज बाराको महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र यादवबाट कुटिएका छन् ।
नगरपालिकामा प्रयोग हुने सवारी साधान र त्यसमा खपत हुने बारे ईन्धनको बारे सोधपुछ गर्न जादा आफुलाई मेयर यादवले कुटपटि गरेको पत्रकार बर्माको आरोप छ । पत्रकार बर्माले भन्छन् “मेयरको कर्यकक्षमा प्रवेश गर्ने वित्तिकै मेयरले मलाई नानाथरी गाली गलौच गर्दै हातपात गरे । त्यति मात्र नभई मेयर यादवले नगर प्रहरी समेत लगाइ मलाई लछारपछार गरी कुटपिट गर्न लगाए”
गाडी र ईन्धनको विषयमा यसअघि पाएको सूचना अपूर्ण भएको भन्दै थप सूचना संकलनको लागी आज नगरपालिका पुगेको बेला मेयरले दुव्र्यवहार गरेको पत्रकार बर्मा बताउछन् । उनीको साथ रहेको मोबाईल तथा परिचयपत्र समेत खोसिएको बर्माको भनाई छ ।
यस विषयलाई लिएर न्यायको अपिल गर्दै पत्रकार बर्माले जिल्ला प्रशासन कार्यालयमा निवेदन समेत दर्ता गराई सकेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं,१६ चैत्र। लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गरेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उनलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उनलाई प्रहरीले पक्राउ गरी लिएर गएको श्रीमान चिन्तामणिले जानकारी दिए। उनी माथि एक बालिकालाई […]

विराटनगर,१६ चैत । कोशी प्रदेशका सांसदहरूले पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेस नेता रमेश लेखकको रिहाइको माग गरेका छन् । आइतबारको प्रदेशसभा बैठकमा बोल्दै सांसदहरूले राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरेको भन्दै रिहाइको माग गरेका हुन् । नागरिकको अधिकारको आन्दोलनमा बलीदान दिएका नेताहरु माथि गरिएको अमानवीय धरपकट र कानूनविपरितका काम […]

विराटनगर,१२ चैत्र  । उद्योग संगठन मोरङको आयोजनामा विराटनगरमा बिहीबारदेखि ‘घर निर्माण प्रदर्शनी’ सुरु भएको छ । विराटनगरस्थित जैन भवनमा आयोजित एक विशेष समारोहका बीच कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदर्शनीको उद्घाटन गरे । चैत १२ गतेदेखि १६ गतेसम्म चल्ने यस प्रदर्शनीमा निर्माण क्षेत्रका विभिन्न आयामबारे छलफल र अन्तर्क्रियाका लागि ११ वटा थिमेटिक सेसन सञ्चालन गरिने […]