१६ जेठ २०८३, शनिबार
30-05-2026 , Sat
Gold Silver Price (Jestha 11, 2083, MON)
Fine Gold 1 Tola NRs. 293300
Silver 1 Tola Nrs. 5165

जागिर चाहियो ? सफल जबमा सम्पर्क गर्नुस्

Logo

विराटनगर, आसोज १७

देशमा बेरोजगारी छ, बेरोजगारी अन्त्यका लागी सरकारी तबरबाट प्रधानमन्त्री रोजगार कार्यक्रम संचालन भईरहेको छ । सरकारसँगसँगै निजि क्षेत्रपनि राष्ट्रको बेरोजगारी अन्त्य गर्नतर्फ लागि परेका छन् । जसको ज्वलन्त उदारण बनेको छ विराटनगरको सफल जब सेन्टर ।
सफल जब संचालनमा आएको करीब एक वर्ष भएको छ । यो अवधिमा यस सेन्टरले विराटनगर र आसपासमा क्षेत्रमा रहेका ५ सयभन्दा बढी बेरोजारहरुलाई रोजगारी प्रधान गरिसकेको छ ।
सफल जबले विभिन्न उद्योग, फर्म, पसल र विभिन्न सेन्टरमा आवश्यक कार्मचारीको सुचना संकलन गर्ने गर्दछ । अर्को तर्फ जागिर खोज्दै आउनेलाई आफुले गर्न चाहेको कामबारे फारम भर्न लगाउने गरेको छ । यदी मागकर्ताको आवश्यकता अनुसार कसैको आवेदन मेल खाए, रोेजगारदाता र जागिर खाने चाहने बिच मेलामिलाप गराउने काम सफल जबले गर्दै आएको छ । सफल जबले हालसम्म विभिन्न उद्योग तथा कार्यलयमा मजदुर, कार्यलय सहयोगी, रिसेप्सन, लेखापाल देखि व्यावस्थापकसम्मको पदमा जागिर दिईसकेको बताउँछ ।

सफल जबका अध्यक्ष सन्दिप निरौला भन्छन् “हामीले रोजगारदाता र रोजगारकर्ता बिच पुलको काम गरिरहेका छौं, यो पुलले एक वर्षको अन्तरालमा ५ सयभन्दा बढी बेरोजगारलाई रोजगारदातासम्मको गन्त्व्यमा पु-याईसकेको छ, अहिले पनि थुप्रै मानिसहरुले दिएको आवेदनको थक्की हामी कहाँ छ, हामी सकेसम्म रोजगार दातासँग मेल गराउने प्रयासमा छौं”

हाल सफल जबले विराटनगरको भृकुटी चौकमा आफ्नो कार्यलय संचालन गरीरहेको छ । उक्त कार्यलयमा दैनिक दर्जन भन्दा बढी मान्छेहरु जागिरको खोजी गर्दै आउने गरको सफल जबका आर्का संचालक एवं प्रबन्ध निर्देशक लोकनाथ अधिकारीको भनाई छ । उनीहरुसँग आफुले गर्न चाहेको कामबारे फर्म भर्न लगाउने र कसैले त्यसअनुसारको कामदार माग गरे उनीहरुलाई फोन सम्पर्क गरी रोजगारदातासँग भेट गराउने गरेको अधिकारी बताउँछन् ।
संचालकमध्येकै अर्का सरोज रेग्मी रोजगार माग्ने आउने धेरैमा शिपको कमी देखिएको बताउछन् । त्यसलाई मध्यनजर गर्दै निकट भविष्यमा सफल जबले ट्रेनिङ सेन्टर समेत संचालनमा ल्याउने योजना बनाएको रेग्मी बताउछन् ।
कर्मचारीको आवश्यताबारे सफल जबले आफ्नो अधिकारीक फेसबुक पेजमार्फत समेत जानकारी गराउने गरेको छ । यदी कसैलाई जागिरको आवश्यकता भए कुनै पनि हिचकाहट बिना सफल जबको कार्यलयमा सम्पर्क गर्न संचालकहरुको आग्रह छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

 कञ्चनपुर, जेठ १५ । शुक्रवार बिहान सिरहाको गोलबजार नगरपालिका-४ निपनियामा स्थानीयवासीले कञ्चनपुर–कमला सडक विस्तार आयोजनामा भएको ढिलासुस्तीविरुद्ध टायर जलाउँदै पूर्व-पश्चिम राजमार्ग अवरुद्ध गरे। ‘चाइना रेलवे नं. २ इन्जिनियरिङ ग्रुप’ले ठेक्का लिएको करिब ७ वर्ष बित्दासमेत सडक निर्माण अधुरै रहेकाले नागरिकले दैनिक सास्ती भोग्नुपरेको स्थानीयकाे गुनासाे छ। साढे एक घण्टाको अवरोधपछि कम्पनी प्रतिनिधि र स्थानीय तहसँग […]

काठमाडौं, जेठ ११। लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा आज पनि तातो दिन र तातो लहर चल्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। दिपायल, धनगढी र नेपालगञ्जमा तातो हावाको लहर चल्नेछ। दिपायलको अधिकतम तापक्रम ३८–४० डिग्री सेल्सियस भने धनगढी र नेपालगञ्जको ३९–४१ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ। भैरहवा, घोराही र वीरेन्द्रनगरमा पनि तातो दिन हुनेछ। भैरहवाको तापक्रम […]

काठमाडौं, जेठ ११। नेपाल बार एसोसिएसनका अध्यक्ष प्रा.डा. विजयप्रसाद मिश्रले सर्वोच्च अदालतमा लागू गोलाप्रथा हटाउने तयारीको विरोध गरेका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले गोलाप्रथाको सट्टा प्रधानन्यायाधीशले पेशी तोक्ने व्यवस्था आए न्यायपालिका राजनीतिक प्रभावमा पर्ने चेतावनी दिए । यस्तो व्यवस्था आयो भने सशक्त आन्दोलन गर्ने उनको घोषणा छ । मिश्रले प्रधानन्यायाधीश नियुक्तिमा पनि […]