१८ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
Gold Silver Price (8 chaitra 2082, Sun)
Fine Gold 1 Tola NRs. 282500
Silver 1 Tola Nrs. 4555

डिभी पर्ने संभावना बढ्यो

Logo

विराटनगर, असोज १९
डिभी भर्नेहरुको लागी यस पटक पासर्पोट र ईमेल आईडी अनिर्वाय गरिएको छ । अनिवार्य पासपोर्ट चाहिने प्रावधानका कारण डिभी भर्नेहरुको संख्यामा कमी आउने अनुमान गरिएको छ ।
प्रायजसो, कुन देश जाने र के कामको लागी जाने भन्ने माइन्डमेकअप र तयारी गरेपछि मात्र नेपालीले पासपोर्ट बनाउने गर्दछन् । नेपालमा समान्यता पासपोर्ट बनाउनका लागी ३० दिन बढी लाग्ने गर्दछ । पासपोर्ट बनाउने कुल खर्च हाराहारी १० हजार । आजैकै मितिबाट गन्ती गर्ने हो भने अब डिभी भर्ने म्याद २९ दिन मात्र बाँकी छ । केही दिन बडा दशैको कारण सरकारी विदा समेत छ । यो हिसाबले, समान्य तरिकाले पासपोर्ट निकालेर डिभी भर्नका लागी म्याद सकिसकेको छ ।
अब डिभी भर्न चाहनेले अर्जेन्ट पासपोर्ट बनाउन तर्फ लाग्नुपर्ने छ । जुन ७ दिन भित्र बनी सक्छ । अर्जेन्ट पासपोर्ट बनाउन काठमाडौं नै पुग्नुपर्दछ र दस्तुर पनि डबल लाग्छ ।
डिभी भाग्य चिठ्ठा हो जुन कम्प्यूटर सिस्टमले सेलेक्सन गर्ने गर्दछ । भाग्य हुनेलाई मात्र पर्ने यो चिठ्ठामा मानिसले धेरै झन्झट गर्न चाहदैनन् । डिभी भर्नैकै लागि मानिसहरु काठमाडौं गई–गई, डबल दस्तुर तिरी–तिरी पासपोर्ट बनाउन तयार छैनन् ।
उपत्यका भन्दा बाहिर बस्ने धेरै नेपालीहरुले फुर्सदमा पासपोर्ट बनाएर अर्को पटक डिभी भर्ने म्यान्डमेकअप समेत गरिसकेका छन् । जुन ठिकै पनि हो, हैई हैई गरेर पासपोर्ट बनाउनु अनि रिजल्टमा चै ट्राई एगेन भनेको कसले देख्न चाहन्छ र ?
यसटकको डिभी फर्ममा पासपोर्ट नम्बर र अन्य विवरण फर्म भर्ने बेला अनिवार्य हाल्नुपर्ने व्यवस्था मिलाइएको छ । यस अघि डिभीको फर्ममा पासपोर्ट विवरण अनिवार्य थिएन । डिभी भर्नेहरु डिभी परेपछि मात्र आनन्दले पासपोर्ट बनाउने काममा लाग्थे । अनिवार्य पासपोर्ट प्रावधानको कारण डिभी भर्नेको संख्या पछिल्लो वर्षहरुभन्दा धेरै घट्नसक्ने अनुमान गरिएको छ । फर्म भर्नेहरुको संख्यामा कमी आए स्वतः डिभी भर्नेहरुलाई डिभी पर्ने संभावना बढ्नेछ ।
२०१९ अक्टुवर २ बाट खुलेको डिभी २०१९ नोभेम्बर ५ मध्याह्न १२ बजे आवेदन बन्द हुने अधिकारी वेभसाईटमा बताईएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं,१६ चैत्र। लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गरेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उनलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उनलाई प्रहरीले पक्राउ गरी लिएर गएको श्रीमान चिन्तामणिले जानकारी दिए। उनी माथि एक बालिकालाई […]

विराटनगर,१६ चैत । कोशी प्रदेशका सांसदहरूले पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेस नेता रमेश लेखकको रिहाइको माग गरेका छन् । आइतबारको प्रदेशसभा बैठकमा बोल्दै सांसदहरूले राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरेको भन्दै रिहाइको माग गरेका हुन् । नागरिकको अधिकारको आन्दोलनमा बलीदान दिएका नेताहरु माथि गरिएको अमानवीय धरपकट र कानूनविपरितका काम […]

विराटनगर,१२ चैत्र  । उद्योग संगठन मोरङको आयोजनामा विराटनगरमा बिहीबारदेखि ‘घर निर्माण प्रदर्शनी’ सुरु भएको छ । विराटनगरस्थित जैन भवनमा आयोजित एक विशेष समारोहका बीच कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदर्शनीको उद्घाटन गरे । चैत १२ गतेदेखि १६ गतेसम्म चल्ने यस प्रदर्शनीमा निर्माण क्षेत्रका विभिन्न आयामबारे छलफल र अन्तर्क्रियाका लागि ११ वटा थिमेटिक सेसन सञ्चालन गरिने […]