०१ आश्विन २०८२, बुधबार
17-09-2025 , Wed
Gold Silver Price (22 Bhadra 2082, Sunday)
Fine Gold 1 Tola NRs. 212500
Silver 1 Tola Nrs. 2515

श्रामतीको लास बाकसभित्र, छोरीको बोराभित्र र श्रीमान् आफै झुण्डिए

Logo
प्रकाशित बुधबार, आश्विन २२, २०७६

इटहरी, असोज २२
बडा दशैको दिन सुनसरीको इटहरी १७ स्थित पकलीको एउटा परिवारमा दर्दनाक घटना घटेको छ । श्रीमती र ६ वर्षिया कलिली छोरी मारेर एक जना व्यक्तिले आत्माहत्या गरेको छन् ।
तीनै जनाको लास घरभित्र भेटिएको छ । श्रीमान् राकेश शर्मा झुण्डिएको अवस्थामा फेला परेका छन् भने उनकी श्रीमती पुनमको लास टिनको बाकसभित्र भेटिएको छ । यस्तै छोरी स्वस्तीकाको लास बोराभित्र पाइएको छ ।
नजिकै रहेको हजुरबुवाको घरमा बस्दै आएका राकेशका छोरा दशैंको टिका लगाउन घर आएका थिए । झ्यालबाट हेर्दा बुवा झुण्डिरहेको देखेको बताईएको छ ।
उक्त विषयमा अनुसन्धान भइरहेको सुनसरी प्रहरीले बताएको छ । प्रहरीका अनुसार श्रीमती पुनमको टाउकोमा धारिलो हतियारले प्रहार गरेर र छोरी स्वस्तीकाको मुन्टो बटारेर मारेको हुनसक्ने अनुमान गरिएको छ ।
लामो समयदेखि राकेश र पुनमबिच घरायसी विवाद चलिरहेको प्रारम्भिक अनुसान्धाले बताएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ३० भाद्र । सरकारले आगामी असोज १ गते शोक बिदा दिने निर्णय गरेको छ । आज बसेकाे पहिलाे मन्त्रिपरिषद बैठकले जेनजी आन्दोलनमा मारिएकाहरुप्रति शोक मनाउन बिदा दिने निर्णय गरेकाे गृह एवं कानूनमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

काठमाडौं ३१ भाद्र । यही भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा शहीद भएकाका परिवारलाई सरकारले १५ लाख रुपैयाँ क्षतिपूर्ति र राहत दिने भएको छ । यसअघि प्रत्येक मृतकका परिवारलाई १० लाख रुपैयाँ दिने घोषणा गरिएको थियो । आज बसेको पहिलो मन्त्रिपरिषद् बैठकले थप ५ लाख रुपैया दिने निर्णय गरेको हो ।

काठमाडौँ – सरकारले अचानक सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धपछि युवा पुस्ता, विशेषगरी Gen Z (१९९७–२०१२ मा जन्मिएका) ले सेप्टेम्बर ८ का दिन देशव्यापी आन्दोलन गर्ने घोषणा गरेका छन्। यस अन्दाेलनमा  युवा तथा आमजनतालाई सहभागी बन्न टिकटकमार्फत आह्ववान गरिएकाे छ । टिकटक मार्फत गाेलबद्ध बनी स्वतस्फुतरुप युवाहरुले यस्ता सन्देश फैलाईरहेका छन् र आफ्नाे ठाँउमा अन्दाेलन गर्न अह्वान […]