११ कार्तिक २०८२, सोमबार
27-10-2025 , Mon
Gold Silver Price (9 Kartik 2082, SUN)
Fine Gold 1 Tola NRs. 242400
Silver 1 Tola Nrs. 3030

कस्तो थियो त नेपालको पहिलो बजेट ? पुर्णपाठ सहित   

Logo
जनचर्चा अनुसन्धान प्रकाशित मंगलबार, जेठ १४, २०७६

काठमाडौं, जेठ १४
सय वर्षभन्दा बढी शासन गरेका राणाकालमा बजेट पेश गर्ने प्रचलन थिएन । २००७ सालको क्रान्तिपछि मात्र नेपालमा औपचारिकरुपमा बजेट घोषणा सुरु भएको हो । २००८ सालमा तत्कालीन अर्थमन्त्री सूवर्ण समशेरले संसदसमक्ष ५ करोड २५ लाख २९ हजार रुपैयाँ बजेट प्रस्तुत गरेका थिए । सोही बजेटलाई नेपाको पहिलो बजेट भनेर चिनिन्छ ।
२००८ सालको बजेटमा राजस्व ३ करोड ६ लाख १९ हजार रुपैयाँ राखिएको थियो । २००८को बजेट तत्कालिन नेपाली कांग्रेसका नेता मातृकाप्रसाद कोइरालाको सरकारले ल्याएको थियो । ०८ साल अघि राणाशसानमा जनता लक्षित कार्यक्रम हुदैनथ्यो, न त बजेट नै सार्वजनिक हुन्थ्यो । जनतालाई राणाले जवाफ पनि दिनुपर्दैनथ्यो । ००७ सालमा प्रजातन्त्र आएपछि बजेट संसदसमक्ष प्रस्तुत गर्ने प्रणालीको विकास भएको हो ।
२००८ सालको बजेटमा ५१ प्रतिशत शिक्षा र ३८ प्रतिशत रकम स्वास्थ्यका लागि छुटइएको थियो ।
बजेटले देशभर निःशुल्क शिक्षा दिने घोषणा गरेको थियो ।

अरु के के थिए त २००८को बजेटमा, पुर्णपाठ हेनुहोस्

 

( बजेटको ईमेज फाईल समाजिक संजाल र अन्य अनलाईनमा सम्पादन नगरी प्रयोग गर्न जनचर्चा डट कम सबैलाई अनुमति दिदछ । )

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]

इटहरी, असाेज २८। जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ह्वाट्सएप ह्याक भएको छ। ह्याकरले एसपीको ह्वाट्सएप प्रयोग गरी उनका चिनजानका व्यक्तिहरूलाई पैसा माग्ने गरेको पाइएको छ। ह्याकरले एसपीको नाममा उनका चिनजानकालाई सन्देश पठाउँदै अतिआवश्यक परेको भन्दै रकम माग गरेको पाइएको हो। जिल्लाका एसपी केशवकुमार थेबेले यसबारे जानकारी दिँदै केहि दिनअगाडि आफ्नो ह्वाट्सएप […]