०८ कार्तिक २०८२, शुक्रबार
24-10-2025 , Fri
Gold Silver Price (30 Ashoj 2082, THUR)
Fine Gold 1 Tola NRs. 251400
Silver 1 Tola Nrs. 3290

झी पुचः विराटनगरले पायो नयाँ नेतृत्व

Logo
प्रकाशित बिहिबार, आश्विन ३०, २०७६

विराटनगर, असोज ३०
झी पुचः विराटनगरले नयाँ नेतृत्व पाएको छ । विराटनगरमा बुधवार भएको झी पुचःको २६ औं वार्षिक साधारण सभाबाट सर्वसम्मत रूपमा जयन्त्त प्रधान अध्यक्षमा निर्वाचित भएका छन् ।
समितिको बरिष्ठ उपाध्यक्षमा हरिबहादुर श्रेष्ठ, उपाध्यक्षमा भविषकुमार श्रेष्ठ, महासचिबमा शरद श्रेष्ठ कोषाध्यक्षमा सागरराज जोशी, सह–कोषाध्यक्षमा सुभाष अमात्य र सचिवमा सुरेशलाल श्रेष्ठ चयन भएका छन् ।
समितिको अन्य सदस्यहरूमा रामकुमार श्रेष्ठ, रन्जना अमात्य, संजय श्रेष्ठ, उदय ढंगोल, हरिमोहन श्रेष्ठ, सुरज श्रेष्ठ, युनेशराज श्रेष्ठ, सम्झना प्रधान, सन्जु शाक्य र मिराकुमारी श्रेष्ठ चुनिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इटहरी, असाेज २८। जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ह्वाट्सएप ह्याक भएको छ। ह्याकरले एसपीको ह्वाट्सएप प्रयोग गरी उनका चिनजानका व्यक्तिहरूलाई पैसा माग्ने गरेको पाइएको छ। ह्याकरले एसपीको नाममा उनका चिनजानकालाई सन्देश पठाउँदै अतिआवश्यक परेको भन्दै रकम माग गरेको पाइएको हो। जिल्लाका एसपी केशवकुमार थेबेले यसबारे जानकारी दिँदै केहि दिनअगाडि आफ्नो ह्वाट्सएप […]

काठमाडौँ २८ आश्विन  । नेपालबाट सरदर समयभन्दा आठ दिन ढिला गरी मनसुन बाहिरिएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जिव अधिकारीकाअनुसार मनसुन सरदर अक्टोर २ मा बाहिरिनु पर्ने भए पनि आठ दिन ढिला गरी शुक्रबार (अक्टोबर १० अर्थात असोज २४ गते)का दिन नेपालबाट बाहिरिएको हो। यस वर्ष नेपालमा १५ दिन अगावै (मे २९) मनसुन नेपाल भित्रिएको […]

विराटनगर,२४ असोज । सुदन गुरुङ नेतृत्वको जेनजीका सातै प्रदेशका संयोजकहरूले सुशिला कार्की नेतृत्वको सरकारलाई जेनजीकाे म्यान्डेटभन्दा बाहिर नजान  खबरदारी गरेका छन्। साे समूहकाे प्रदेशका संयोजकहरूले सयुक्त विज्ञप्ती जारी गरी साे कुरा बताएका हुन् । भदौ २३-२४ मा भएको भ्रष्टाचार विरुद्धको विद्रोहपछि गठित सरकारका सकारात्मक कार्यलाई समर्थन गर्ने तर विद्रोहको म्यान्डेटभन्दा बाहिर गए खबरदारी गर्ने उनीहरूले […]