२४ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
Gold Silver Price (21 Kartik 2082, FRI)
Fine Gold 1 Tola NRs. 238900
Silver 1 Tola Nrs. 3035

छोराको निधनपछि ससुरालीबाटै बुहारीको आर्को विवाह

ससुराली परिवारको गाँउभरि प्रसंशै–प्रसंशा
Logo
प्रकाशित शुक्रबार, कार्तिक ०१, २०७६

विराटनगर,  कार्तिक  १
आफ्नो छोराको निधन भएपछि एकल जीवन बिताउदै आएकी बुहारीको ससुराल पक्षले बिहे गरिदिएका छन् । २०६७ साल असार १४ गते, मोरङ केराबारी ९ भलुवाका कुवेरप्रसादको २४ वर्षीय एक्लो छोरो पुण्यप्रसाद पोख्रेलको अल्पायुमै निधन भएको थियो ।
छोरो गुमाएपछि एकल बनेकी बुहारी सुनिता पोख्रेलको ससुराल पक्षले आफ्नै घर मोरङको केरावारीबाट विवाह गरिदिएका हुन् । बिहिबार ससुराल पक्षले गाउँको भद्रभलाद्मी र आफन्तजनको उपस्थितिमा झापा घैडाडुब्बा निवासी बलबहादुर कार्कीसँग सुनिताको बिवाह गरिदिएका थिए ।
सुनिता १३ वर्षीय छोरा सहित विराटनगरमा डेरा गरी बस्दै आएकी थिइन् । एकल जिवन विताउदै आएकी बुहारीलाई छोरी जस्तै गरी बिवाह गरिदिएका कारण पोख्रेल परिवारको अहिले केरावारीमा प्रसंशै प्रसंशा भईरहेको छ ।

फोटो :विगुल न्युज डट टिभीबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, कार्तिक २३ – भारतको बिहार विधानसभा निर्वाचन २०२५ को दोस्रो चरणको मतदानका कारण विराटनगरको रानी नाका तीन दिनका लागि बन्द गरिएको छ। मोरङ प्रशासन र भारतीय समकक्षीसँगको छलफलमा सहमति भएअनुसार यो निर्णय लिइएको हो। मतदानकाे दिन भन्दा ७२ घण्टा पूर्व नेपाल-भारत सीमा सील गर्ने सहमति भएकाे छ। बन्द भएको समय: मिति २०८२।०७।२२ गते शनिबार बेलुकी […]

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]