०१ फाल्गुण २०८२, शुक्रबार
13-02-2026 , Fri
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

छोराको निधनपछि ससुरालीबाटै बुहारीको आर्को विवाह

ससुराली परिवारको गाँउभरि प्रसंशै–प्रसंशा
Logo

विराटनगर,  कार्तिक  १
आफ्नो छोराको निधन भएपछि एकल जीवन बिताउदै आएकी बुहारीको ससुराल पक्षले बिहे गरिदिएका छन् । २०६७ साल असार १४ गते, मोरङ केराबारी ९ भलुवाका कुवेरप्रसादको २४ वर्षीय एक्लो छोरो पुण्यप्रसाद पोख्रेलको अल्पायुमै निधन भएको थियो ।
छोरो गुमाएपछि एकल बनेकी बुहारी सुनिता पोख्रेलको ससुराल पक्षले आफ्नै घर मोरङको केरावारीबाट विवाह गरिदिएका हुन् । बिहिबार ससुराल पक्षले गाउँको भद्रभलाद्मी र आफन्तजनको उपस्थितिमा झापा घैडाडुब्बा निवासी बलबहादुर कार्कीसँग सुनिताको बिवाह गरिदिएका थिए ।
सुनिता १३ वर्षीय छोरा सहित विराटनगरमा डेरा गरी बस्दै आएकी थिइन् । एकल जिवन विताउदै आएकी बुहारीलाई छोरी जस्तै गरी बिवाह गरिदिएका कारण पोख्रेल परिवारको अहिले केरावारीमा प्रसंशै प्रसंशा भईरहेको छ ।

फोटो :विगुल न्युज डट टिभीबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं,२७ माघ। भारतको मेघालयमा रहेको अवैध कोइलाखानीमा भएको डाइनामाइट विष्फोटले चार नेपाली कामदारको ज्यान लिएको छ । रोजगारीको खोजीमा भारत गएका उनीहरू खोटाङ जिल्लाका बासिन्दा हुन् । विष्फोटमा बेपत्ता भएका हलेसी तुवाचुङ नगरपालिका–५ का ५० वर्षीय रत्न राईको पनि मृत्यु भएको पुष्टि भएपछि मृतकको संख्या चार पुगेको हो । रत्नको शव अस्पतालमा जलेको अवस्थामा फेला परेको […]

सिरहा,२७ माघ – सिरहा सदरमुकामस्थित कारागारभित्र एक थान कटुवा पेस्तोल र दुई थान गोली बरामद भएपछि नाइकेसहित १३ जनालाई नियन्त्रणमा लिइएको छ। जिल्ला सुरक्षा समितिले आज गरेको विशेष अनुगमनका क्रममा कारागारभित्र ‘नाइके’ भनिने इन्द्रजित यादवको साथबाट उक्त हतियार बरामद गरिएको हो। प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार आइतबार नाइके यादवको समूहले अन्य १० जना कैदीबन्दीलाई कुटपिट […]

काठमाडौं,२२ माघ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रविधिका माध्यमबाट हुनेसक्ने दुरुपयोग रोक्न योजनाबद्ध काम भइरहेको बताएका छन् । निर्वाचन आयोगले सामाजिक सञ्जाल टिकटकसँग आज गरेको समझदारीपत्र आदानप्रदान समारोहलाई सम्बोधन गर्दै उनले निर्वाचनका पक्षमा सङ्लिएको वातावरण धमिलिन नदिन ऐतिहासिक सम्झौता भएको बताए । टिकटकसँग सम्झौता गरेपछि यसका […]