१४ आश्विन २०८३, बुधबार
30-09-2026 , Wed
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

३६५ दिनमा ३६५ समाजिक काम गर्ने लक्ष्य पछ्याउदै लायन्स विराटनगर

Logo

विराटनगर,असोज २
लयान्स क्लब अफ विराटनगर सिटीको अध्यक्षमा निर्वाचित भएका घनश्याम पोखरेल अहिले सामाजिक कार्यमा सक्रिय भएर लागि परेका छन् । एक वर्षको कार्यकायलमा ३ सय ६५ वटा सामाजिक कार्य गर्ने घोषणा गरेका उनले आफ्नो कार्यतालिका अनुसार सामाजिक काममा लागि परेका हुन् ।
झापा, मोरङ र सुनसरीका ग्रामिण क्षेत्रका बस्तीलाई कार्य क्षेत्र बनाएर सामाजिक कामको सुरुवात गरेको उनले बताए । ‘अहिलेसम्म ४६ वटा समाजिक कार्य सम्पन्न भइसकेको छ,’ उनले भने, ‘मैले लयान्स क्लब मार्फत गरेको कार्यहरू आर्थिक रूपमा विपन्न सामुदायहरूका लागि छन् । उनीहरूलाई आवश्यक पर्ने सामाग्री र स्वास्थ्य जनचेताका कामहरू रहेको छ ।’ अहिलेसम्म सुनसरी र मोरङमा स्वास्थ्य शिविर, आर्थिक अवस्था नाजुक भएका परिवारका छोराछोरीहरूलाई पठनपाठनमा टेवा पु¥याउने उद्देश्यले स्टेशनरी, घाइते भइ दुःखी भएकाहरूलाई वैशाखि पनि वितरण गरिएको उनले बताए ।

अध्यक्ष पोखरेल (निलो सर्ट लगाएका ), निःशुल्क आँखा शिविर गराउदै

शुक्रबार मोरङ जहदा गाउँपालिकास्थित निःशुल्क आँखा शिविर आयोजना गरिएको थियो । उक्त शिविरमा १ सय १३ जनाले स्वास्थ्य परिक्षण गरिएका मध्ये १५ जनामा मोतिबन्धु भेटिएको थियो । मोतिबिन्धु भेटिएको १५ जनाको निःशुल्क शल्यक्रिया विराटनगरस्थित रामलाल गोल्सा आँखा अस्पतालमा हुने उनले बताए । यस अघि पनि विभिन्न ठाउँमा यस्तो स्वास्थ्य शिविर भएको उनले बताए । आफुले घोषणा गरेको सामाजिक कार्य अनुरुपको १ सय ३ वटा कार्यक्रम एकै दिनमा गरिने पनि जानकारी दिए । ‘आउँदा माघ १० गते मोरङको विभिन्न स्थानमा एकै दिन १ सय ३ वटा सामाजिक कार्यक्रम एकै दिनमा हुनेछ,’ उनले भने, ‘त्यो सामुदायमा आधरित कार्यक्रमहरू रहेको छ । त्यस दिन हुने कार्यक्रम भव्य र सभ्य हुनेछ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]

स्याङ्जा, १२ असोज । कालीगण्डकी नदीको बहाव घटेसँगै बेल्टारीस्थित १४४ मेगावाटको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजैदेखि उत्पादन पुनः सुरु गर्ने भएको छ । चार दिनको लगातार वर्षाले नदीमा बाढी आएपछि आयोजना बन्द गरिएको थियो । केन्द्रका प्रमुख आत्मेस पौडेलका अनुसार सुरुङभित्रको हिलो सफा गरेर र पावर हाउसको अवस्था जाँचेर उत्पादन थालिनेछ । प्राविधिक टोलीले निरीक्षण […]