१८ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
Gold Silver Price (8 chaitra 2082, Sun)
Fine Gold 1 Tola NRs. 282500
Silver 1 Tola Nrs. 4555

भारत र नेपालको स्थानीय तहवीच समन्वय

लागु औषध र मानव बेचविखन विरुद्ध एक जुट भएर लाग्ने
Logo

विराटनगर, कार्तिक ३
छिमेकी मुलुक भारत र नेपालको सिमावर्ती क्षेत्रका समस्या समाधानका लागि दुवै देशका छिमेकी स्थानीय तह वीच आज छलफल भएको छ ।
विराटनगर महानगरपालिकाको सभाहलमा भएको उक्त छलफलमा भारतको जोगवनी नगरपञ्चायतवाट मेयर अनिता देवी , फारविस गन्ज नगरपालिका उपमेयर मोती खान, भाजपा जोगवनी नगर पन्चायतका अध्यक्ष राजनन्द यादव र जोगवनी र फारविसगन्जका विभिन्न वडाका पार्षद र उपपार्षदहरुको उपस्थिती रहेको थियो ।
त्यस्तै नेपालवाट विराटनगर महानगरका मेयर भीम पराजुली ,उपमेयर इन्दिरा कार्की ,प्रमुख प्रशासकिय अधिकृत एकदेव अधिकारीको उपस्थिति थियो । त्यस्तै कार्यक्रममा भारतको सिमान्चल मैत्री संवाद समुह (सि.मै.सं.स)को पनि उपस्थिती रहेको थियो ।

भारतका (सि.मै.सं.स) का संयोजक राजेश कुमार शर्मा सम्मान ग्रहण गर्दै (दिने विराटनगरका मेयर)

भेटबार्ता तथा छलफलका क्रममा विराटनगर र जोगवनी दुवै क्षेत्रमा हुने बाढीको प्रकोप समाधान गर्न सिमाक्षेत्र नेपाल र भारतका वडाध्यक्ष सम्मिलित बैठक वसी समाधान गर्ने, लागूऔषध दुव्र्यसनी प्रयोगमा हुने नियन्त्रणका लागि समन्वय गर्ने, मानव वेचविखन नियन्त्रणका लागि समन्वय गर्ने सहमती भएको छ ।
यस्तै विराटनगर महानगरपालिका तथा जोगवनी र फारवीसगञ्ज नगर परिषदका वीचमा भगिनि सम्वन्ध कायम गर्न प्रक्रिया अगाडी वढाउने विषयमा समेत छलफल भएको छ । यस्तै नेपाल भारतको सीमाबर्ती नगरपालिकाहरुको वीचमा भाइचारा,सद्भाव र समन्वय अभिवृद्धी गर्न प्रत्येक ३ महिनामा एकपटक पदाधिकारी सम्मिलित बैठक बस्ने निर्णय समेत भएको छ ।
विराटनगरका मेयर पराजुलीले दुवै छिमेकी मुलुक त्यसमा पनि सिमावर्ती नगरसंग भएको समन्वयात्मक भेटवार्ता समय अनुकुल रहेको र सफल भएको बताउनु भयो । यस खाले कार्यक्रमले दुवैदेशका छिमेकी स्थानीयतह वीच समन्वय हुन सक्दा दुवै देशलाई फाइदा हुने मेयर पराजुलीको विश्वास छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं,१६ चैत्र। लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गरेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उनलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उनलाई प्रहरीले पक्राउ गरी लिएर गएको श्रीमान चिन्तामणिले जानकारी दिए। उनी माथि एक बालिकालाई […]

विराटनगर,१६ चैत । कोशी प्रदेशका सांसदहरूले पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेस नेता रमेश लेखकको रिहाइको माग गरेका छन् । आइतबारको प्रदेशसभा बैठकमा बोल्दै सांसदहरूले राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरेको भन्दै रिहाइको माग गरेका हुन् । नागरिकको अधिकारको आन्दोलनमा बलीदान दिएका नेताहरु माथि गरिएको अमानवीय धरपकट र कानूनविपरितका काम […]

विराटनगर,१२ चैत्र  । उद्योग संगठन मोरङको आयोजनामा विराटनगरमा बिहीबारदेखि ‘घर निर्माण प्रदर्शनी’ सुरु भएको छ । विराटनगरस्थित जैन भवनमा आयोजित एक विशेष समारोहका बीच कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदर्शनीको उद्घाटन गरे । चैत १२ गतेदेखि १६ गतेसम्म चल्ने यस प्रदर्शनीमा निर्माण क्षेत्रका विभिन्न आयामबारे छलफल र अन्तर्क्रियाका लागि ११ वटा थिमेटिक सेसन सञ्चालन गरिने […]