२४ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
Gold Silver Price (21 Kartik 2082, FRI)
Fine Gold 1 Tola NRs. 238900
Silver 1 Tola Nrs. 3035

देउँसी भैलो राती १० बजेसम्म मात्र

Logo
प्रकाशित शनिबार, कार्तिक ०९, २०७६

कात्तिक ९, विराटनगर । जिल्ला सुरक्षा समिति मोरङ्गले तिहारमा राती १० बजेसम्म मात्र देउसी भैलो खेल्ने अनुमति दिने निर्णय गरेको छ ।

आज विराटनगरमा बसेको सुरक्षा समितिको बैठकले सो निर्णय गरेको हो । चाडपर्वको बेला जुवा, तास खेल्ने र मदिरा सेवन गरी शान्ति सुरक्षामा खलल पुर्याउने जो कोहीलाई कानुनी दायरामा ल्याउने समितिले बताएको छ । दिपावली मनाउने क्रममा पटाका र आतिशवाजी जस्ता विष्फोटक पदार्थको प्रयोगबाट स्वास्थ्य तथा सुरक्षामा पनि गम्भीर असर पर्ने, चोटपटक लाग्ने तथा आगलागी भई धनजनको क्षति हुन सक्ने भएकोले त्यस्ता विष्फोटक तथा प्रज्वलनशील पदार्थहरुको उत्पादन, आयात, निर्यात, खरिद, बिक्रि वितरण र ओसारपसारमा पुर्ण रुपमा रोक लगाउने समेत सुरक्षा समितिको बैठकले निर्णय गरेको छ ।

चाडपर्वमा हुन सक्ने महङगी, काला बजारी, म्याद सकिएका खाद्य पदार्थको भण्डारण र बिक्रि वितरणलाई प्रभावकारी रुपमा अनुगमन, नियमन र नियन्त्रण गरिने समितिले प्रष्ट पारेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, कार्तिक २३ – भारतको बिहार विधानसभा निर्वाचन २०२५ को दोस्रो चरणको मतदानका कारण विराटनगरको रानी नाका तीन दिनका लागि बन्द गरिएको छ। मोरङ प्रशासन र भारतीय समकक्षीसँगको छलफलमा सहमति भएअनुसार यो निर्णय लिइएको हो। मतदानकाे दिन भन्दा ७२ घण्टा पूर्व नेपाल-भारत सीमा सील गर्ने सहमति भएकाे छ। बन्द भएको समय: मिति २०८२।०७।२२ गते शनिबार बेलुकी […]

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]