०६ जेठ २०८३, बुधबार
20-05-2026 , Wed
Gold Silver Price (Baishak 5, 2083, TUE)
Fine Gold 1 Tola NRs. 295800
Silver 1 Tola Nrs. 5100

२९ जना पुगे मिस्टर एण्ड मिस लिटल कोशी २०१९ को फाइनलमा

Logo

विराटनगर, ९ कार्तिक ।
तेस्रो संस्करणको मिस्टर एण्ड मिस लिटल कोशी २०१९ को फाइनलमा पुगेका प्रतियोगिहरूले प्रतिभा देखाएका छन् ।उक्त प्रतियोगिताको फाइनमा पुगेका २९ जना प्रतियोगीहरूले आफ्नो रोजाइ अनुसारको प्रतिभा ‘ट्यालेन्ट शो’ मा देखाएका हुन् । ईटहरीमा भएको ट्लयान्ट शो मा फाइनलमा पुगेका प्रतियोगीहरूले नृत्य, गीत, चित्रकला, कविता, मेकअप लगायतका प्रतिभा प्रस्तुत गरे । उनीहरू मध्ये एक जनाले बेस्ट ट्यालेन्ट एवार्ड प्राप्त गर्नेछन् । सो एवार्ड आउँदो कार्तिक १८ गते हुने फाइनलको दिन वितरण हुनेछ । ट्यालेन्ट शो को निर्णायकहरूमा जय मिडिया म्यानेजमेन्टका निर्देशक जयराज राय, मिसेस कोशी २०१९ को विजेता रेनुका लिम्बु, नृत्य निर्देशक मनोज राजवंशी र बैङकर रविन थापा रहेका थिए । जय मिडिया म्यानेजमेन्ट प्रा.लि ले आयोजना गरेको उक्त प्रतियोगिताको फाइनलमा २९ जना पुगेका छन् ।स्कुलस्तरमा अध्ययरत विद्यार्थीहरूमा भएको प्रतिभा उजागर गर्नुको साथै उनीहरूको व्यक्तित्व विकास गराउने उद्देश्यले आयोजित सो प्रतियोगितामा भने विराटनगर, इनरुवा, धरान र धनकुटाबाट प्रतियोगिहरूले भाग लिएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जेठ ५, विराटनगर — कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रम जेठ ७ गते प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ। आन्तरिक मामिला तथा कानूनमन्त्री इन्द्रमणि पराजुलीका अनुसार यस वर्षको नीति तथा कार्यक्रममा केही प्रमुख योजनाहरू समावेश छन्: मुख्य कार्यक्रमहरू: प्रदेशका दुई स्थानमा सरकारी लागुऔषध सुधार केन्द्र स्थापना गरिने। यसका लागि कोभिड–१९ का बेलाका […]

५ जेठ, काठमाडौं । बालेन शाहले म‌ंगलबार मन्त्रिपरिषद् बैठक बाेलाएका छन् । उक्त बैठक अपरान्ह ४ बजेलाई बाेलाईएकाे छ । साे बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने छ ।

विराटनगर, वैशाख १५ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा विराटनगरमा म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ। लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ सी को आयोजनामा बैशाख १८ गते ‘विराटनगर रन २.० म्याराथन’ सञ्चालन हुने भएकाे हाे । साे म्याराथनकाे मुख्य प्रायाेजक नाेबल क्यान्सर हस्पिटल रहेकाे छ । त्यसैगरी ओली एण्ड एसाेसिएट्स कन्सल्टेन्सी विराटनगर प्रवर्द्धक रहेकाे छ । आयोजकले […]