१२ जेठ २०८३, मंगलबार
26-05-2026 , Tue
Gold Silver Price (Jestha 11, 2083, MON)
Fine Gold 1 Tola NRs. 293300
Silver 1 Tola Nrs. 5165

को हुन देउसी खेल्न पठाउने बलीराजा ?

Logo

विराटनगर, कात्तिक ११ 
देउसी भैलोको प्रचलन नेपालको मध्यकालदेखि सुरु भएको अनुमान गरिएको छ । यसको आधिकारिक प्रमाण नभएपनि किवदन्तीहरुले जुम्लाका राजा बलीसँग यो संस्कृतिलाई जोड्ने गरेको पाईन्छ ।

खासमा जुम्लामा खस राज्यको पतन भएपछि एकजना बली नाम गरेका व्यक्ति जन्मिएका थिए । उनकी आमा उत्तर भारतको काश्मीरबाट गर्भिणी अवस्थामा नेपाल प्रवेश गरेकी थिइन् । तीर्थ जान हिँडेकी उनी नेपाल आएर जुम्लाको कल्लै भन्ने ठाउँमा एक थापा क्षेत्रीको घरमा बास बसेकी थिइन् ।

एकदिन काश्मीरबाट आएका विद्वान तीर्थयात्री चन्दननाथले बलीलाई राजा हुन योग्य देखेर राजाविहीन ‘सय घर भएको खसदेश’ गाउँको राजा घोषित गरेको किंवदन्ती पाइन्छ । उनी कल्लै गाउँमा जन्मिएकोले उनले आफ्नो वंशलाई पनि कल्याल वंशको नामबाट सुरु गरेका थिए ।

त्यो समयमा पश्चिम नेपालमा दास-दासी प्रथा चलिरहेको थियो । यो प्रथा अनुसार आफ्नै छोराछोरी वा कुनै गरिबको छोराछोरी किनेर मन्दिरमा बलि दिने गरिन्थ्यो ।

लक्ष्मी पूजाको दिन बली राजाले देवदास र देवदासीको वृत्तिका लागि भिक्षा माग्न घर घरमा जाने अनुमती दिए । उनीहरुलाई लक्ष्मीपूजाको दिनदेखि माग्न पाउने अधिकार दिएको तथा देउसीलाई अपमान नगर्न र सकेको भिक्षा दिन पनि उनले सबैलाई उर्दी जारी गरेका थिए । त्यतिबेला नै औशींको दिनदेखि खेलिदै आएको देउसी भैलो हाल सम्म प्रचलनमा छ । भैलीको अर्थ तपाईको भलो होस् भन्ने हुन्छ । बिशेषगरी भैली देवदासीहरुले औंशीको दिन मात्रै खेल्ने पर्व हो । देउसी कात्तिक शुक्ल प्रतिपदाको दिनदेखि खेलिन्छ ।

तिनै बलीराजाले पठाएका देवदासहरुले आफू आएको जानकारी दिनको लागि ‘देवदासी रे’ भन्न थाले । त्यसैको अपभ्रंश रुप देउसी रे हुन थालेको संस्कृतिविदहरुको भनाई छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, जेठ ११। लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा आज पनि तातो दिन र तातो लहर चल्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। दिपायल, धनगढी र नेपालगञ्जमा तातो हावाको लहर चल्नेछ। दिपायलको अधिकतम तापक्रम ३८–४० डिग्री सेल्सियस भने धनगढी र नेपालगञ्जको ३९–४१ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ। भैरहवा, घोराही र वीरेन्द्रनगरमा पनि तातो दिन हुनेछ। भैरहवाको तापक्रम […]

काठमाडौं, जेठ ११। नेपाल बार एसोसिएसनका अध्यक्ष प्रा.डा. विजयप्रसाद मिश्रले सर्वोच्च अदालतमा लागू गोलाप्रथा हटाउने तयारीको विरोध गरेका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले गोलाप्रथाको सट्टा प्रधानन्यायाधीशले पेशी तोक्ने व्यवस्था आए न्यायपालिका राजनीतिक प्रभावमा पर्ने चेतावनी दिए । यस्तो व्यवस्था आयो भने सशक्त आन्दोलन गर्ने उनको घोषणा छ । मिश्रले प्रधानन्यायाधीश नियुक्तिमा पनि […]

विराटनगर, जेठ ४ । बिराटनगरस्थित कान्तिपुर कलेजले आइतबार सञ्चालन गरेको कक्षा ११ को प्रवेश परीक्षामा ठूलो संख्यामा विद्यार्थीहरू सहभागी भएका छन्। एसईई परीक्षाको नतिजा प्रकाशित भएलगत्तै भर्ना प्रक्रिया खुला गरिएको थियो। प्रवेश परीक्षामा बिराटनगरका साथै आसपासका जिल्ला र  विभिन्न प्रदेशबाट विद्यार्थीहरू सम्मिलित भएकाे कलेजले जनाएको छ। विद्यार्थीहरूको व्यापक सहभागिताले संस्थालाई उत्साहित बनाएको कलेजका प्रिन्सिपल भुवन […]