१९ जेठ २०८२, आइतबार
01-06-2025 , Sun
Gold Silver Price (9 JESTHA 2082, FRI)
Fine Gold 1 Tola NRs. 190400
Silver 1 Tola Nrs. 2020

सहिद परिवारलाई कोशेली

Logo
प्रकाशित सोमबार, कार्तिक १८, २०७६

बारा, कार्तिक १८
बाराका एक सहिद परिवारलाई छठ पर्वको कोशेली स्वरुप मधेस जनविद्रोह समितिले बाइना प्रदान गरेका छ । मधेशी रितिरिवाज र संस्कार अनुसार एक धर्मको पर्वहरुमा अरु धर्मका इष्ट मित्र, छरछिमेकलाई आपसी मेलापात, भाइचारा, सद्भाव कायम राख्न कोशेली (बाइना) दिने चलन रहेको छ । सोही रित अनुसार सोमबार बारा जिल्लाका सहिद हिफाजत मियाको परिवारमा गएर जनविद्रोह समितिले कोशेली (बाइना) प्रदान गरेको हो । हिफाजत मिया २०७२ सालको मधेश अन्दोलनमा शहिद भएका थिए ।

राजनितीक लडाइर्मा आफन्त गुमाएको कुरा हरेक पर्वमा विशेष गरि सम्झना हुने गरेको हुन्छ सोही कुराको मध्यनजर गरि हरेक पर्वमा सहिद परिवारको घरघरमा गएर सहानुभूति स्वरुप कोशेली दिने गरेको समितिका केन्द्रीय सदस्य अजय पटेलले बताए ।
राज्यविरुद्ध विभिन्न समयमा भएको अधिकारको लडाईमा सहदत्त प्राप्त गरेका विभिन्न सहिद परिवारको घरमा गई प्रत्येक वर्ष समितिले कोशेली प्रदान गर्ने गरेको छ ।
कोशेली दिन संचारकर्मी मुना ठाकुर, अहमद हुसेन, भोजपुरी गायक भोजपुरिया लगायतका उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ १८ जेष्ठ / राजसंस्था र हिन्दुराष्ट्र स्थापनाका लागि राजसंस्थाहरू पक्षधरले आन्दोलन गर्न थालेको आज तीन दिन भएको छ। बिहीबार गणतन्त्र दिवसको अवसर पारेर आन्दोलन थालेका उनीहरूले तीन दिन तीन फरक ठाउँमा आन्दोलन गरे। बिहीबार रत्नपार्क (शान्तिबाटिका) क्षेत्रमा आन्दोलन गरेका थिए भने शुक्रबार माइतीघरदेखि नयाँ बानेश्वरसम्म आन्दोलन गरे। आज शनिबार रन्तपार्कदेखि बालुवाटारसम्म र्‍याली गर्दै आन्दोलन गरेका […]

विराटनगर,१७ जेष्ठ । एलन मस्कको दाहिने आँखामा माथी कालो धब्बा देखेपछि गरिएका विभिन्न अड्कलबाजी फेल भएका छन् । यसको खुलासा उनी आफैले गरेका छन् । पत्रकारहरुको जिज्ञासामा उनले पाँच वर्षीय छोरा एक्स एश एट्वेल्भले मुक्का प्रहार गर्दा भएको हुनसक्ने भनेर बताएका छन्। म एक्ससँग खेल्दै थिएँ। मैले उनलाई मेरो अनुहारमा मुक्का हान भनेपछि उसले मुक्का […]

विराटनगर १७ जेठ । पछिल्लो १० महिनामा कोशी प्रदेशबाट बैदेशिक रोजगारीमा जानका लागि १ लाख ६० हजारले श्रम स्वीकृति लिएका छन् । चालु आर्थिक वर्षको साउन देखि बैशाख मसान्त सम्म १ लाख ६० हजार ६७२ जनाले श्रम स्वीकृति लिएको सुरक्षित आप्रवासन (सामी) कार्यक्रम मोरङका संयोजक दीपक राउतले जानकारी दिनुभयो । नेपालबाट प्रति बर्ष करिब ५ लाख […]