१२ साउन २०८३, मंगलबार
28-07-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

छोरीको पास्‌नी बृद्धा आश्रममा

"आफ्ना छोराछोरी सम्झेर होला आमाहरु भक्कानिनु भयो "
Logo

✍ खेम पौडेल
विराटनगर,कर्तिक १८
जन्म,विवाह,व्रतबन्ध,न्वारन, जस्ता धेरै उत्सवहरु मानिसको जिवनमा आउने गर्दछन् । ति उत्सव मनाउन कोही सिंगापुर पुग्छन् कोही लण्डन । कोही ठुला ठुला तारे होटल बुक गर्छन् कोही घरमै खसी ढालेर भोजभतेर गर्छन् ।
तर विराटनगर ६ निवासी बसन्त गौतमले भने उत्सव मनाउने भिन्न शैली रोजे । उनले आफ्नो ५ महिनाकी छोरी कृपाको पास्नी–उत्सव बृद्धा आश्रममा मनाउने निधो गरे ।

कार्तिक १३ गते भाईटिकाको भोली पल्ट आफ्नो पाँच महिने छोरी सहित सपरिवार बसन्त विराटनगरको पुष्पलालचौकस्थित महिला जागृति तथा बृद्धाआश्रमतर्फ हानिए । कोशेलीमा वृद्ध आमाहरुलाई ऊन्युको चोली अनी धेरै मिठाईका प्रकारहरु सहित । आश्रममा पुगेर गौतम दम्पतीले आफैले खीर\पनीर पाकाए र वृद्धा आमाहरुलाई जालपान गराए । बसन्त भन्छन् “हामीले आमाहरुका लागी कोशेलीमा चोलो लगेका थियौं, चोलो दिनसाथ आमाहरुले लगाएर आउनुभयो र कस्तो देखियो भन्दै सोध्नुभयो ? हाम्रो मन पग्लियो” उनले थपे “कति आमाहरु सायद छोराछोरी सम्झेर होला भक्कानिनु भयो, हाम्रा पनि आखाँ रसाए”
यसरी उत्सव मनाउदा भिन्नै खाल्को आनन्द प्राप्त गरेको गौतम दम्पती अनुभव सुनाउछन् । बसन्तका धर्मपत्नी बीना भन्छिन् “हामीलाई कति आनन्द महशुस भएको छ त्यो म शब्दमा बयान गर्न सक्दिन, तर दावाका साथ भन्न सक्छु होटलमा भोजभतेर गरेको भए यति आनन्द आउदैन्थ्यो”

वृद्ध आमाहरुको सेवा गरेर चरम आनन्द महसुस गरेका गौतम दम्पतीले अब जिवनका हरेक उत्सवहरु यसै गरी गरिव, दुखि र असाहयको सेवा गरेर विताउने समेत संकल्प गरेका छन् ।
पास्नी उत्सव बृद्धाआश्रममा मनाएर गौतम दम्पत्तिले समाजलाई एउटा उदारणीय पाठ सिकाएका छन् । होटल तथा घरमा मान्छेहरुको ताति लगाएर भोजभेतर गराउनु भन्दा अरुको सेवा गरेर उत्सव मनाउनु नै उचित हो । के तँपाई गौतम परिवार झैँ अरुको सेवा गरेर जिवनका उत्सवहरु मनाउन सक्नुहुन्छ ?

 

गौतम परिवार र आश्रमका वृद्ध आमाहरु

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ, साउन ६। दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका–६ रजौरामा निर्माणाधीन एउटा घरको पानी ट्याङ्कीभित्रबाट बुधबार दुई जनाको शव भेटिएको छ। मनिराम चन्दको स्वामित्वमा रहेको सो घरको खाली पानी ट्याङ्कीमा शव फेला परेको हो। प्रहरीकाे प्रारम्भिक अनुसन्धान अनुसार ट्याङ्कीभित्र अक्सिजनको अभावका कारण दुवैको मृत्यु भएको हुन सक्ने  अनुमान गरिएको छ। मृतकहरू एक मजदुर र एक ठेकेदार रहेको बुझिएको […]

विराटनगर।  लायन्स क्लब अफ विराटनगरको लायन्स वर्ष २०२६/२७ का लागि चाँद ईराकी अध्यक्ष पदमा चयन भएका छन्। नयाँ नेतृत्व चयनसँगै क्लबले सामाजिक सेवा र समुदायमुखी कार्यक्रमलाई अझ प्रभावकारी ढंगले विस्तार गर्ने अध्यक्ष ईराकीले बताउनुभयो । नवनिर्वाचित अध्यक्ष ईराकीले मानव सेवा, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, युवा सशक्तीकरण तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा परिणाममुखी र दीर्घकालीन कार्यक्रम सञ्चालन […]

विराटनगर, असार १८ । अनिल रौनियार लायन्स क्लब अफ विराटनगर ग्लोबलको सन् २०२६/२७ कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन्। नवगठित कार्यसमितिमा सचिवमा मुकेश कुमार यादव तथा कोषाध्यक्षमा चन्दा कुमारी सरकार चयन भएका छन्। रौनियारले हाल उनी आफ्नै व्यवसाय सञ्चालन गर्दै आएका छन्। अध्यक्षका रूपमा उनले शिक्षा, स्वास्थ्य सेवा, वातावरण संरक्षण तथा लागुऔषध दुव्र्यसन नियन्त्रणका क्षेत्रमा […]