०९ कार्तिक २०८२, शनिबार
25-10-2025 , Sat
Gold Silver Price (30 Ashoj 2082, THUR)
Fine Gold 1 Tola NRs. 251400
Silver 1 Tola Nrs. 3290

मोरङमा २२ महिने शिशुलाई स्कुल बसले किच्यो

घटनास्थलमै मृत्यु
Logo
प्रकाशित बुधबार, मंसिर २५, २०७६

विराटनगर, मंसिर २५
बुधबार मोरङको बेलबारी नगरपालिका–५मा स्कुलको बसले किच्दा एक शिशुको मुत्यु भएको छ । कसेनी मोडल इङ्लिस बोर्डिङ स्कुलको को १ ख ३०४६ नम्बरको बसले किच्दा प्रमोद साहका २२ महिने छोरा यसराजको बिहान ९ बजे घटनास्थलमै मृत्यु भएको हो ।
यसराजलाई घरमै छाडेर आमा शिवकुमारी शाह एलकेजीमा अध्ययनरत ५ वषिय अर्को छोरो सोनु साहलाई बसमा चढाउन आएकी थिइन् । सोही बेला आमा र दाजुलाई पछ्याउँदै आएका यसराज बसको पछाडिबाट मुनी छिरेको र बस अघि बढाउने क्रममा घटना हुन पुगको बताईएको छ ।
यसराजको शव पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारे अस्पतालमा लगिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इटहरी, असाेज २८। जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ह्वाट्सएप ह्याक भएको छ। ह्याकरले एसपीको ह्वाट्सएप प्रयोग गरी उनका चिनजानका व्यक्तिहरूलाई पैसा माग्ने गरेको पाइएको छ। ह्याकरले एसपीको नाममा उनका चिनजानकालाई सन्देश पठाउँदै अतिआवश्यक परेको भन्दै रकम माग गरेको पाइएको हो। जिल्लाका एसपी केशवकुमार थेबेले यसबारे जानकारी दिँदै केहि दिनअगाडि आफ्नो ह्वाट्सएप […]

काठमाडौँ २८ आश्विन  । नेपालबाट सरदर समयभन्दा आठ दिन ढिला गरी मनसुन बाहिरिएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जिव अधिकारीकाअनुसार मनसुन सरदर अक्टोर २ मा बाहिरिनु पर्ने भए पनि आठ दिन ढिला गरी शुक्रबार (अक्टोबर १० अर्थात असोज २४ गते)का दिन नेपालबाट बाहिरिएको हो। यस वर्ष नेपालमा १५ दिन अगावै (मे २९) मनसुन नेपाल भित्रिएको […]

विराटनगर,२४ असोज । सुदन गुरुङ नेतृत्वको जेनजीका सातै प्रदेशका संयोजकहरूले सुशिला कार्की नेतृत्वको सरकारलाई जेनजीकाे म्यान्डेटभन्दा बाहिर नजान  खबरदारी गरेका छन्। साे समूहकाे प्रदेशका संयोजकहरूले सयुक्त विज्ञप्ती जारी गरी साे कुरा बताएका हुन् । भदौ २३-२४ मा भएको भ्रष्टाचार विरुद्धको विद्रोहपछि गठित सरकारका सकारात्मक कार्यलाई समर्थन गर्ने तर विद्रोहको म्यान्डेटभन्दा बाहिर गए खबरदारी गर्ने उनीहरूले […]