०३ आषाढ २०८३, बुधबार
17-06-2026 , Wed
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

मोरङमा २२ महिने शिशुलाई स्कुल बसले किच्यो

घटनास्थलमै मृत्यु
Logo

विराटनगर, मंसिर २५
बुधबार मोरङको बेलबारी नगरपालिका–५मा स्कुलको बसले किच्दा एक शिशुको मुत्यु भएको छ । कसेनी मोडल इङ्लिस बोर्डिङ स्कुलको को १ ख ३०४६ नम्बरको बसले किच्दा प्रमोद साहका २२ महिने छोरा यसराजको बिहान ९ बजे घटनास्थलमै मृत्यु भएको हो ।
यसराजलाई घरमै छाडेर आमा शिवकुमारी शाह एलकेजीमा अध्ययनरत ५ वषिय अर्को छोरो सोनु साहलाई बसमा चढाउन आएकी थिइन् । सोही बेला आमा र दाजुलाई पछ्याउँदै आएका यसराज बसको पछाडिबाट मुनी छिरेको र बस अघि बढाउने क्रममा घटना हुन पुगको बताईएको छ ।
यसराजको शव पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारे अस्पतालमा लगिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, जेठ २५ । चीनका राष्ट्रपति सी चिनफिङ आज विषेश भेटघाटकाे लागि  उत्तर काेरिया पुगेका छन् । किन पुगे सी उत्तर काेरिया ? चीनका राष्ट्रपति सी चिनफिङका लागि उत्तर कोरिया एक यस्तो छिमेकी हो, जसलाई न नियन्त्रणमा राख्न सकिन्छ, न त गुमाउन नै सकिन्छ । दुई देशले आफ्नो सम्बन्धलाई प्रायः “रगतले जोडिएको” भनी वर्णन गर्छन् […]

२५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ । तर संसदमा प्रतिनिधित्व गर्ने कुनै पनि ठूलो दलका शीर्ष नेता बैठकमा उपस्थित नभएपछि राजनीतिक जानकारहरूले यसलाई अघोषित बहिष्कारको संज्ञा दिएका छन् । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै दलका पार्टी अध्यक्ष तथा सभापतिसहित दुई-दुई […]

२० जेठ, जनकपुर। महोत्तरीको सोनमा गाउँपालिका-३ खखनामा मंगलबार राति डाँका चोरीको घटनामा दुई जना व्यक्ति गोली लागी घाइते भएका छन्। स्थानीय राम विश्वास आदबको घरमा डाँका समूह पसेको थियो। त्यस क्रममा डाँकाहरूले गोली चलाउँदा घरधनीका ज्वाइँ ईश्वर यादव र छोरी किरण यादव घाइते भए।  घाइते दुवैजनाको हाल जनकपुरस्थित जानकी हेल्थ केयरमा उपचार भइरहेको छ। प्रहरीले […]