१३ आश्विन २०८३, मंगलबार
29-09-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

जिपि कोइराला फाउण्डेसन मोरङद्धरा वक्तृत्वकला आयोजना

आदर्श माविका कसिस महतो (प्रथम), नैना खातुन (द्धितीय) र गायत्री संस्कृत माविका अशोक प्रजा (तृतीय)
Logo

विराटनगर, पुष ४
जिपि कोइराला फाउण्डेसन मोरङले वक्तृत्वकला कार्यक्रम सम्पन्न गरेको छ । नेपालको प्रजातान्त्रिक आन्दोलनका नायक गिरिजाप्रसाद कोइरालाको भुमिका विषयक वक्तृत्वकला कार्यक्रममा विराटनगरका ९ विद्यालयले सहभागिता जनाएका थिए । शुक्रवार विराटनगरमा भएको कार्यक्रममा आदर्श माविका कसिस महतो प्रथम र नैना खातुन द्धितीय साथै गायत्री संस्कृत माविका अशोक प्रजा तृतीय भएका छन् । सहभागि विजयी विद्यार्थीहरुलाई प्रमाणपत्र र शैक्षिक सामाग्री प्रदान गरिएको थियो । यस्तै अन्य सहभागी सवै विद्यार्थीलाई समेत प्रमाणपत्र र शैक्षिक सामाग्री प्रदान गरिएको थियो । गिरिजाप्रसाद कोइरालाको स्मृर्तिमा छोरी सुजाता कोइरालाले स्थापना गरेको यस संस्थाले देश तथा बिदेशमा समेत विभिन्न सामाजिक कामहरु गर्दै आएको छ । कार्यक्रममा शिक्षक संघका जिल्ला अध्यक्ष शिबराज कोइरालाले जिपि कोइराला फाउण्डेसनले ल्याएको शैक्षिक जागरण अभियान प्रभावकारी भएको बताए । इतिहासको उजागर र अघिल्ला पुस्ताहरुले समाजमा दिएको योगदान स्मरण गर्ने कार्यक्रम फलदायी हुने बताए ।
जिपि कोइराला फाउण्डेसन मोरङका अध्यक्ष कौशल निरौलाको संयोजकत्वमा भएको कार्यक्रममा आदर्श माविका प्राध्यानाध्यापक तुलसी प्रसाद दुलाल,बक्तृत्वकला कार्यक्रमका निर्णायक चुडामणी नेपाल,गोग्राह माविका प्राध्यानाध्यापक टंकप्रसाद सिटौला , राधाकृष्ण भुपालमान सिंह माविका डम्बर बहादुर कार्की , जिपि फाउण्डेसन मोरङका उपाध्यक्ष बेदुकुमार खतिवडा, सचिव दुर्गा गुरागाई सह सचिव सन्तोष पोखरेल,लगायतले आ आफ्ना धारणा ब्यक्त गर्नु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]

स्याङ्जा, १२ असोज । कालीगण्डकी नदीको बहाव घटेसँगै बेल्टारीस्थित १४४ मेगावाटको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजैदेखि उत्पादन पुनः सुरु गर्ने भएको छ । चार दिनको लगातार वर्षाले नदीमा बाढी आएपछि आयोजना बन्द गरिएको थियो । केन्द्रका प्रमुख आत्मेस पौडेलका अनुसार सुरुङभित्रको हिलो सफा गरेर र पावर हाउसको अवस्था जाँचेर उत्पादन थालिनेछ । प्राविधिक टोलीले निरीक्षण […]

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]