०३ पुष २०८२, बिहिबार
18-12-2025 , Thu
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

एक हजामले पुरा विश्‍वलाई पाठ सिकायो

किताब पढ्ने ग्राहकलाई ३० प्रतिशत छुट
Logo
प्रकाशित बिहिबार, पुष १०, २०७६

काठमाडौं, पुष १०
भारतका तामिलनाडु राज्यका पोन मरियापन नामका एक हजाम अहिले समाजिक संजालमा भाईल बनेका छन् । भाइरल हुनु कारण उनले गरेको उदारणीय काम हो । मरियापनले तामिललाड्मा पुस्ताकलय सहितको एक सैलुन संचालन गरेका छन् । जसमा किताब पढ्ने ग्राहकलाई ३० प्रतिशत छुट दिने उनले व्यवस्थापन गरेका छन् ।
पुस्तकालय सहितको सैलुन खोल्नुको उद्देश्य भारतिय नागरिकलाई शिक्षित बनाउनु रहेको उनी बताउछन् । ग्राहकलाई पढ्नको लागी अभिप्ररित गर्न ३० प्रतिशत छुटको व्यवस्था गरिएको उनको भनाई छ ।
मरियापन आफैले पनि ८ कक्षासम्म मात्र अध्ययन गरेका छन् । झरझर आर्थिक अवस्थाको कारण उनले थप उच्च शिक्षा हासिल गर्न नसकेका उनी बताउछन् । कमजोर आर्थिक अवस्थाकै कराण उनले सानै उमेरदेखि एक वकिलको फर्ममा कार्यलय सहयोगीको काम गर्न थालेका थिए । उनले वकिल फर्ममा मात्र करिब ९ वर्षसम्म काम गरेको अनुभव सुनाउछन् । त्यस समयदेखिनै कानुन र अन्य विषयको किताब पढ्ने अभिरुचि उनमा बढेको बताउछन् ।
उनको सेलुन पुस्ताकलयमा ५ सय भन्दा बढी पुस्तकहरु राखिएका छन् । पुस्तकालयमा बच्चा, युवा तथा बृद्ध सबै उमेरका ग्राहकले पढ्ने खालको किताबहरु राखिएको छ । उनको पुस्ताकलयमा विषेशगरी मुलुकको आर्थिक विकाससँग संबन्धित र प्ररणादायी पाठ सिकाउने किताबहरु राखीएको छ ।
मुलुकलाई शिक्षित र संवृद्ध बनाउन सबैले आफ्नो तहबाट भुमिका खेल्नुपर्ने र सधैभरी सरकारको मुख ताक्ने प्रवृधि ठिक नभएको उनको तर्क छ ।

स्रोत : https://www.behindwoods.com/news-shots/tamil-news/tn-barber-sets-library-for-customer-to-read-in-his-shop-goes-viral.html

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,२६ मंसिर  । कोशी प्रदेशमा खेलकुदको आधुनिक पूर्वाधार विकास गर्ने लक्ष्यसहित विराटनगरमा ५ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको ‘विराट स्पोर्ट्स जोन’ सञ्चालनमा आउने भएको छ । विराटनगरमा करिब ३० कट्ठा क्षेत्रफलमा फैलिएको यो अत्याधुनिक खेलकुद ग्राम यही मंसिर २७ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको हो । सञ्चालक समितिले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै स्पोर्ट्स जोनको […]

विराटनगर, मंसिर २३ ।   पुस ९ गतेदेखि १९ गतेसम्म विराटनगरमा ‘विराट ट्रेड एक्स्पो’ आयोजना हुने भएको छ। मोरङ उद्योग व्यापार संघले साेमबार पत्रकार सम्मेलनकाे आयाेजना गरी साे एक्स्पाे बारे विस्तृत जानकारी दिएकाे छ । विराटनगर–२ शान्तिचोकस्थित जिल्ला प्रहरी कार्यालय नजिकैको खुला स्थानमा सञ्चालन हुने यस मेलामा जर्मन प्रविधिको ‘ह्याङ्गर’ र अक्टानम सिस्टमसहित करिब २३० […]

विराटनगर, मंसिर २१  ।  विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पतालले भारतको फरिदावादस्थित अमृता अस्पतालसँग सहकार्यकाे साझेदारी गरेको छ। अस्पताल स्थापनाको २५ वर्ष पूरा भएको सेराेफेराेमा यो ऐतिहासिक सम्झौता गरीएकाे हो। भारतको एक ठूलो निजी क्षेत्रको स्वास्थ्य संस्था मानिने २६०० शय्या क्षमताको अमृता अस्पतालसँगको यो सहकार्यले स्थानीय बिरामीहरूलाई विश्वस्तरीय उपचार सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ। […]