०१ साउन २०८३, शुक्रबार
17-07-2026 , Fri
Gold Silver Price (Asar 24, 2083, WED)
Fine Gold 1 Tola NRs. 287600
Silver 1 Tola Nrs. 4515

स्टक माल आउट, फ्रेस माल इन : जुत्ता–चप्पल मेला विराटनगर

Logo

विराटनगर, पुष १३
स्टकका जुत्ता चप्पल बेचबिखन गरेको आरोप खेपीरहेको विराट जुत्ता चप्पल मेलाले बिक्रि बितरण प्रणालीमा व्यापक सुधार ल्याएको छ । केही समयदेखि संचार माध्यममा आईरहेको नकारात्मक समाचारहरु प्रति मेला व्यवस्थापन समितिको गम्भिर ध्यानाकर्षण भएको भन्दै आवश्यक सुधारको लागी कदम चालिएको व्यस्थापन पक्षको भनाई छ ।
व्यवस्थापन समितिका प्रतिनिधि ओमप्रकाश घिमिरेका अनुसार स्टकको जुत्ता चप्पल बेचबिखन भईरहेको समाचार आएपछि, मेलामा सहभागी सबै ब्राण्डका जुत्ताचप्पल स्टलहरुलाई गुणस्थरीय समानहरु मात्र बेचबिखन गर्न सर्कुलर जारी गरिएको बताए । त्यस लगतै दैनिक रुपमा मेला व्यवस्थापन समितिले गुणस्थिरय मालसमान बेतबिखन भईरहेको छ/छैन बारे निरिक्षण समेत गरिरहेको घिमिरे बताउछन् ।
मेला व्यवस्थापन समितिले जुत्ताचप्पल बेचबिखनमा  सुधार ल्याएसँगै मेलामा जुत्ता–चप्पल किन्ने आउनेहरुको शंख्या पहिला भन्दा धेरै बढेको छ । मेलामा हाल मोरङ, सुनसरी लगाएत प्रदेश १ को विभिन्न जिल्लाका ग्राहकहरु जुत्ता चच्पल किनमेलका लागी आईरहेका छन् । त्यस बाहेक विराटनगरसँग सिमा जोडिएको भारतका विभिन्न क्षेत्रको मानिहरुको जुत्ता चप्पल मेलमा चहल पहल बढेको छ ।
मेलामा शिखर शु, वि.एफ डियर शु, शु लेण्ड, लैण्ड वाक, हाईलाइफ शु, रन श्ु ब्राण्डका जुत्ताचप्पलहरु विक्रिवितरणको लागी राखिएको छ । उक्त जुत्ताचच्पल मेलाको आयोजना नेपाली जुत्ता घरले गरिरहेको छ । नेपाली जुत्ता घरले नेपालको विभिन्न सहरमा यस्तो खाले मेला वर्षेनी आयोजना गर्ने गरेको छ । उक्त मेला पुष मसान्तसम्म विराटनगरको जैनभवनमा जारी रहने मेला व्यवस्थापन समितिले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, जस  । नेपालकै पहिलो उद्योग वाणिज्य संघ मोरङ उद्योग व्यापार संघले अन्तर्राष्ट्रिय व्यापारिक संस्था इन्टरनेशनल चेम्बर अफ कमर्श (आईसीसी) अन्तर्गत उपलब्ध हुने विश्वस्तरीय सेवा, सुविधा र नेटवर्कमा भर्खरै मात्र पूर्ण पहुँच पाएको छ । संघले सन् २०२५ देखि नै आईसीसीको सदस्यता प्राप्त गरे पनि सोअन्तर्गतका वास्तविक सुविधा र अवसरहरु उपयोग गर्ने बाटो भने भर्खरै […]

विराटनगर, असार २१ । कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री डा. इस्राईल मन्सुरीको पहलमा सहकारी पीडित बचतकर्तालाई राहत दिने उद्देश्यले सञ्चालन गरिएको बचत फिर्ता अभियान प्रभावकारी रूपमा अघि बढिरहेको छ। प्रदेश सरकारका अनुसार हालसम्म कोशी प्रदेशभर ३ करोड ८४ लाख ६५ हजार ३२१ रुपैयाँ ७४ पैसा (रु. ३८,४६५,३२१.७४) बचतकर्ताको बैंक खातामा सिधै जम्मा […]

विराटनगर।  लायन्स क्लब अफ विराटनगरको लायन्स वर्ष २०२६/२७ का लागि चाँद ईराकी अध्यक्ष पदमा चयन भएका छन्। नयाँ नेतृत्व चयनसँगै क्लबले सामाजिक सेवा र समुदायमुखी कार्यक्रमलाई अझ प्रभावकारी ढंगले विस्तार गर्ने अध्यक्ष ईराकीले बताउनुभयो । नवनिर्वाचित अध्यक्ष ईराकीले मानव सेवा, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, युवा सशक्तीकरण तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा परिणाममुखी र दीर्घकालीन कार्यक्रम सञ्चालन […]