०४ बैशाख २०८३, शुक्रबार
17-04-2026 , Fri
Gold Silver Price (8 chaitra 2082, Sun)
Fine Gold 1 Tola NRs. 282500
Silver 1 Tola Nrs. 4555

वडावासीको गुनासो एक कानले सुन्ने अर्कोले उडाउने

पाँच अघि खनेको बाटो अझै बनेन
Logo

विराटनगर, पुष २४
विराटनगर ७ का वडा अध्यक्ष हुन् मुधबाबु तिवारी । आर्दश बहुमुखी क्यापस पछाडि रहेको मात्रिका मार्ग सोहि वडामा पर्छ । व्यवस्थित सडक बनाउने भन्दै ५ वर्ष अघि भत्काईएको उक्त मार्ग अझै पनि अलपत्र छ । स्थानीय तहको निर्वाचनपछि जनप्रनिधिले सडक बनाउलान् भन्ने वडावासीमा आशाको किरण पलाएको थियो । तर स्थानीय निकायको चुनाव भएको तिन वर्ष बित्न लागी सक्दापनि उक्त सडक बन्न नसकेको पछि जनताको सबै आशाहरु र जनप्रतिनिधिप्रतिको विश्वास धमिलिन थालेको छ ।
उक्त सडकको विषयमा पटक पटक वडावासीले वडाध्यक्ष तिवारीलाई जानकारी गराईसकेका छन् । तर वडाध्यक्ष तिवारीले जनताको गुनासो एक कानले सुन्ने अर्को कानले उडाउने गरेको स्थानीयहरुको गुनासो छ । वडावासीको समस्याहरु प्रति वडाध्यक्ष तिवारी गम्भीर नभएकाले पनि हालसम्म उक्त सडक बन्न नसकेको स्थानीयहरु बताउँछन् । अर्को तर्फ वडाअध्यक्ष तिवारीले भने उक्त सडक बनाउनको लागी आफुले पहल गरिरहेको प्रतिक्रिया दिएका छन् । बाटो बनाउन लागी थुप्रै घरका पर्खालहरु भत्काउनु पर्ने भएको र पर्खाल भत्काउन घरधनीहरु सकारात्मक नभएकाले बाटो निमार्णको काम अघि बढाउन अफ्ठ्यारो भईरहेको वडाध्यक्ष तिवारी बताउछन् ।
उक्त विषयलाई लिएर वडाअध्यक्ष तिवारी र सोही वडाका वडा सदस्य जितेन्द्र अग्रवालविच पटक पटक विवाद समेत भईसकेको छ । सदस्य अग्रवाल यथासिग्र सडक बन्नुपर्छ भन्ने पक्षमा छन् ।
उक्त सडको बिच्च भागमा ढल र खानेपानीका लागी ठुला ठुला खाल्डो खनिएका छन् । यात्रुहरु बेला बेला त्यस खाल्डोमा बजारिने समेत गरेका छन् । कायाै‌ पटक मोटरसाईकल तथा गाडीहरु उक्त खाल्डोमा परिसकेको स्थानीयहरु बताउँछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पछिल्लो एक महिनामा चार पटक मूल्य बढाएर पेट्रोल २१९ र डिजेल २०७ रुपैयाँ पुगेको छ। चैत १ गतेको तुलनामा पेट्रोलमा ४०% र डिजेलमा ४५.७७% वृद्धि भएको छ। दक्षिण एसियामा सबैभन्दा महँगो इन्धन अहिले नेपालमा छ। बुधबार मात्र सरकारले डिजेल र मटितेलमा ३० रुपैयाँ बढाएकाे छ । अन्य देशले दिएको सहुलियत: भारत: आफ्ना नागरिकलाई ९० रुपैयाँमा […]

काठमाडाै, वैशाख ३ । सरकारले १०३ वटा नयाँ ऐन निर्माण र संशोधन गर्ने तयारी गरेको छ। प्रधानमन्त्री कार्यालयसहित २२ मन्त्रालयले यसका लागि प्राथमिकता तय गरी काम थालेका छन्। आउँदो संसद अधिवेशनबाट ४० देखि ४५ वटा विधेयक पास गर्ने लक्ष्य रहेको छ। प्रतिनिधिसभा विघटनका कारण निष्क्रिय भएका विधेयकहरू पुनः ल्याइने भएको छ। यसका लागि पुनः तर्जुमा […]

वैशाख २, काठमाडाै, २०८३ । इरानको नियन्त्रणमा रहेका उदयपुरका अमृत झा बुधबार रिहा भएका छन्। परराष्ट्रमन्त्री शिशिर खनालले रिहाइको पुष्टि गर्दै इरानस्थित कन्सुलरसँग समन्वय भइरहेको जानकारी दिएका छन्। दुबईस्थित ‘ब्ल्याक सी मरिन एलएलसी कम्पनी’को जहाजमा क्याप्टेनको रूपमा कार्यरत झा इन्धन लिन इरान पुगेका थिए। दुबई फर्किने क्रममा इजरायल-अमेरिका र इरानबीच तनाव बढेपछि उनी नियन्त्रणमा परेका […]