०३ आषाढ २०८३, बुधबार
17-06-2026 , Wed
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

वृद्ध–वृद्धालाई कम्बल, बालबालिकालाई ज्याकेट : सुमनको उपहार

Logo

विराटनगर, पुष २५
तराईमा बढ्दै गएको जाडोको प्रकोपलाई मध्यनजर गर्दै मानव सहयोगी हातहरु नामक सामाजिक संस्थाले मोरगको विभिन्न स्थानहरुमा न्यानो कपडा वितरणको कार्यलाई तिब्रता दिएको छ । संस्थाका संस्थापक अध्यक्ष सुमन कालिकोटेको अग्रसरतामा संस्थाले मंसिर पुष महिना भित्र मोरङको विभिन्न स्थानीय तहमा १ हजार थान भन्दा बढी न्यानो कपडा वितरण गरेको छ ।
संस्थाले भर्खरै मात्र (पुष २१ गते) मोरङ्गको रतुवामाई नगरपालिका १ स्थित सोनापुरमा बसोबास गर्दै आएका गरिब तथा विपन्न वर्गका नागरिकहरुलाई न्यानो कम्बल र ज्याकेट वितरण गरिएको थियो । जसमा बालबालिकालाई १ सय ५० थान ज्याकेट र वृद्ध–वृद्धाहरुलाई १ सय थान कम्बल वितरण गरिएको थियो ।
यस अघि पनि उक्त संस्थाले विराटनगरको आशोक चोकमा गरिब तथा विपन्न वर्गलाई ६० थान कम्बल वितरण गरिसकेको छ । त्यस्तै हाटखोलाका सुकुम्बासीलाई १ सय थान कम्बल तथा बालबालिकालाई ८० थान ज्याकेट संस्थाले वितरण गरिसकेको छ ।
संस्थाका अध्यक्ष कालिकोटे भन्छन् “मानव सेवा नै हाम्रो संस्थाको उद्देश्य हो, हामी अझै पनि जिल्लामा जाडोबाट प्रभावित गरिब तथा विपन्न वर्गको तथ्याङ्क संकलन गरिरहेका छौं , हाम्रो न्यानो कपडा वितरण गर्ने अभियान जारी रहन्छ”
मनव सहयोगी हातहरुले यस अघि पनि विराटनगर संघिया खोला सरसफाई अभियानमा महत्व पुर्ण जिम्मेवारी निभाएको थियो । मानव सहयोगी हातहरुमा ५ सय भन्दा बढी युवाहरु सक्रिय रहेको र समाजिक कार्यमा सवै युवाहरु मिलेर अघि बढ्ने गरेको अध्यक्ष कालिकोटे बताउछन् ।
समाजिक कार्य गर्न सधैभरी उतपे्ररणा दिने नेकपाका जिल्ला सचिव गणेश उप्रेती तथा मानव सहयोगी हातहरुका ताजिम अन्सारी, वैद्यनाथ कर्ण लागएत सम्पुर्ण सदस्यहरुलाई कालिकोटीले विषेश धन्यवाद व्यक्त गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, जेठ २५ । चीनका राष्ट्रपति सी चिनफिङ आज विषेश भेटघाटकाे लागि  उत्तर काेरिया पुगेका छन् । किन पुगे सी उत्तर काेरिया ? चीनका राष्ट्रपति सी चिनफिङका लागि उत्तर कोरिया एक यस्तो छिमेकी हो, जसलाई न नियन्त्रणमा राख्न सकिन्छ, न त गुमाउन नै सकिन्छ । दुई देशले आफ्नो सम्बन्धलाई प्रायः “रगतले जोडिएको” भनी वर्णन गर्छन् […]

२५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ । तर संसदमा प्रतिनिधित्व गर्ने कुनै पनि ठूलो दलका शीर्ष नेता बैठकमा उपस्थित नभएपछि राजनीतिक जानकारहरूले यसलाई अघोषित बहिष्कारको संज्ञा दिएका छन् । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै दलका पार्टी अध्यक्ष तथा सभापतिसहित दुई-दुई […]

२० जेठ, जनकपुर। महोत्तरीको सोनमा गाउँपालिका-३ खखनामा मंगलबार राति डाँका चोरीको घटनामा दुई जना व्यक्ति गोली लागी घाइते भएका छन्। स्थानीय राम विश्वास आदबको घरमा डाँका समूह पसेको थियो। त्यस क्रममा डाँकाहरूले गोली चलाउँदा घरधनीका ज्वाइँ ईश्वर यादव र छोरी किरण यादव घाइते भए।  घाइते दुवैजनाको हाल जनकपुरस्थित जानकी हेल्थ केयरमा उपचार भइरहेको छ। प्रहरीले […]