१३ आश्विन २०८३, मंगलबार
29-09-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

ठग वैज्ञानिकले पत्रकार पनि छोडेनन्

Logo

विराटनगर, माघ १
नेपालका बैज्ञानिक दिलिप अधिकारी माथि ठगीको आरोप लागेको छ । वैज्ञानिक अधिकारी सुनसरीको बर्जु गाउँपालिकामा रहेको एभरेष्ट साइन्स सेनटर शान्तीबन का संचालक समेत हुन् । विराटनगरका अग्रज पत्रकार तथा नेपाल पत्रकार महासंघ मोरङका पूर्व अध्यक्ष शिवबहादुर कार्कीले बैज्ञानिक अधिकारीबाट ठगिएको आरोप लगाएका हुन् ।
घटना यस्तो….
वैज्ञानिक अधिकारीले २०६१ कार्तिकमा कार्कीसंग २७ लाख १५ हजार रुपैयाँ सापटी लिएका थिए । एभरेष्ट साइन्स सेन्टर स्थापनाका लागि अधिकारीले आफुसंग सहयोगको याचना गरेपछि राम्रै चिनजान भएकोले आफ्नै घर जग्गा बैंकमा धितो राखेर पैसा सापटी दिएको कार्कीले बताए ।
आफु अमेरिकाको नासामा काम गरेर आएको र आफ्नै ठाउँमा केहि गर्ने चाहना रहेको बताएपछि पत्रकार काकीले वैज्ञानिकलाई पत्याएका थिए ।
कार्कीले विराटनगरको तिनपैनीमा रहेको ३१ धुर जग्गामा बनेको आफ्नो १६ कोठे घर तत्कालिन सिएसआइटी हाल महालक्ष्मी विकास बैंकमा धितो राखेर दिलिपलाई कर्जा उपलब्ध गराइ दिएका थिए । तर आज, १६ वर्ष लागिसक्दा समेत अधिकारीले लिएको सापटी रकम फिर्ता गरेका छैनन् ।

यसबिचमा आफुले पटक पटक अधिकारीसंग उक्त रकम माग गर्दा दिने आश्वासन मात्रै दिएको कार्कीले गुनासो गरे । र अधिकारले दिएको चकहरु पटक पटक बाउन्स हुने गरेको कार्किले पिडा सुनाए ।
अधिकारीले ऋण नतिरेको कारण घर लिलाम हुने चरणमा पुगेपछि २०७३ सालमा आफैंले १ करोड तीन लाख रुपैयाँ तिरेर घरजग्गा उकासेको छोरा सुभाषले बताए ।
बियाज र उकासे घरको मुल्य सहित ८६ लाख रुपैयाँ वैज्ञानिक अधिकारीले कार्कीलाई दिनुपर्ने देखिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]

स्याङ्जा, १२ असोज । कालीगण्डकी नदीको बहाव घटेसँगै बेल्टारीस्थित १४४ मेगावाटको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजैदेखि उत्पादन पुनः सुरु गर्ने भएको छ । चार दिनको लगातार वर्षाले नदीमा बाढी आएपछि आयोजना बन्द गरिएको थियो । केन्द्रका प्रमुख आत्मेस पौडेलका अनुसार सुरुङभित्रको हिलो सफा गरेर र पावर हाउसको अवस्था जाँचेर उत्पादन थालिनेछ । प्राविधिक टोलीले निरीक्षण […]

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]