१३ आश्विन २०८३, मंगलबार
29-09-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

मोरङका चार उद्योगी व्यापारी माथि छानविन : घिमिरेको शंकास्पद मृत्यु प्रकरण

Logo

विराटनगर, माघ १०
विराटनगरका अडिटर प्रवल घिमिरेको शंकास्पद मृत्यु प्रकरणमा प्रहरीले मोरङका चार प्रतिष्ठित उद्योगी तथा व्यापारी माथि छानविन शुरु गरेको छ । विराटनगर शनिहाटका नन्दकिशोर राठी, विराटनगरकै सुनचाँदी व्यवसायी अरुण राठी, त्यस्तै विराटनगकै अशोक अटल र उर्लाबारीका नामुद ब्यापारी अनिल महेश्वरी चाण्डक माथि मोरङ प्रहरीले अनुसन्धान शुरु गरेको हो । चाण्डक पूर्व मिस नेपाल निकिता चाण्डकका पिता हुन् ।

यस्तो थियो घटना……
विराटनगर २ निवासी अडिटर प्रवल घिमिरेको शव गत मंगलबार बिहान सिंघीया खोलामा मृत अवस्थामा भेटिएको थियो ।
आठ वर्षयता लेखा परीक्षकको काम गदै आएका घिमिरे सोमबार साँझ उद्योगी नन्दकिशोर राठीले बोलाएपछि उनकै उद्योगमा पुगेका थिए । राति अबेरसम्म घर नआएपछि परिवारले घिमिरेको खोजी गरेको थियो । तर, मंगलबार बिहान उनको शव खोलामा भेटिएको थियो ।
सोमबार साँझ घिमिरेसँग होटलमा बसेर खानपान गरेका चार जना उद्योगी तथा व्यपारीहरु (नन्दकिशोर राठी,अरुण राठी, अशोक अटल र अनिल चाण्डक) माथि प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रवलसँग भेट भएका चारैजनालाई तारेखमा राखेर बयान लिइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाको भनाई छ । घिमिरेको मोबाइल पनि हराएका कारण घटना शंकास्पद रहेको थापाले बताएका छन् ।
ती उद्योगी व्यापारीहरुलाई प्रहरीले निगरानीमा राखी अनुसन्धान गरिहेको छ साथै उनीको मोबाइलको कल डिटेल समेत अनुसन्धानको लागी मगाइएको छ । सडकमा रहेका सीसी क्यामेरा फुटेज पनि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

घटना विवरण ……
विराटनगरका ठूला ५० हाराहारी कम्पनीको अडिट गर्दै आएका घिमिरे सोमबार साँझ अडिटकै शिलशिलामा नन्दकिसोर राठीले बोलाएपछि उनको उद्योगमा पुगेका थिए । मोटरसाइकल राठीको उद्योगमै राखेर आमाज बेकरी पुगेका थिए ।
त्यहाँबाट नन्दकिशोरले उर्लाबारीका अनिल चाण्डकलाई होटल मुनमा भेट गर्न बोलाएपछि उनीहरू भाटभटेनी सुपरमार्केट हुँदै मुन होटल पुगेका थिए । होटलमा अरुण राठी, अशोक अटलसँग भेटभएपछि एउटै टेबुलमा केही समय बसेर खानपान गरेका थिए ।
त्यसपछि उनीहरू लोटस बार पुगेका थिए । लोटसबाट अनिलको गाडीमा लिफ्ट मागेर आएका प्रवलको मोबाइल एक्कासी अफ भएको थियो । मोबाइल अफ भएपछि उनका आफन्तले रातभर खोजी गरेका थिए । अस्पताल, होटल र सडकमा खोजी गर्दा नभेटिएपछि चिन्तित भएको घिमिरे परिवारले घर आउने बाटो हेरिरहेका थिए । तर मंगलबार बिहान उनको शव खोलामा भेटिएको थियो । अहिले मृतकको भिसेरा जाँचका लागि काठमाण्डौ पठाइएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]

स्याङ्जा, १२ असोज । कालीगण्डकी नदीको बहाव घटेसँगै बेल्टारीस्थित १४४ मेगावाटको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजैदेखि उत्पादन पुनः सुरु गर्ने भएको छ । चार दिनको लगातार वर्षाले नदीमा बाढी आएपछि आयोजना बन्द गरिएको थियो । केन्द्रका प्रमुख आत्मेस पौडेलका अनुसार सुरुङभित्रको हिलो सफा गरेर र पावर हाउसको अवस्था जाँचेर उत्पादन थालिनेछ । प्राविधिक टोलीले निरीक्षण […]

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]