०१ आषाढ २०८३, सोमबार
15-06-2026 , Mon
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

काेराेना रोकथामका लागी मेलम्चीका वडाध्यक्ष सक्रिय

Logo

काठमाडौं, चैत १८
सिन्धुपालचाेक,मेलम्ची नगरपालिकाको वडास्तरमा कोरोना संम्बन्धि जनचेतना विद्धि गरिएको छ । मेलम्ची नगरपालिकाका वडाअध्यक्षहरु आफै प्रत्यक्ष रुपमा जनचेतना फैलाउने काममा अहिले अहोरात्र खटिरेहका छन् ।
मेलम्चीका वडा नं ८ का अध्यक्ष ठंकराज गिरी वडाको कुनाकुनमा पुगि अहिले कोरोना सम्बन्धि जनचेतना फैलाउदै छन् । मास्क लगाउने फाईदा र हात सही तरीकाले कसरी धुने आफ्नो वडावासीलाई वडाध्यक्ष गिरीले सिकाउदै छन् । उनले चाँडैनै सम्पुर्ण वडावासीलाई निशुल्क हातधुने साबुन समेत वितरण गर्ने याेजना पनि बनाएका छन् । वडाध्यक्ष गिरी भन्छन् “म एक जनप्रतिनिधी भएकोले स्वभावैले म मा वडाबासीको भरोसा र जिम्मेवारी काँधमा छ , अन्तिम सास रहेसम्म वडावासीको लागी काम गर्ने हो”

वडामा कोही कोरोना लक्ष्यण भएका व्यक्ति देखा परे तत्काल आईसोलेशनमा राख्ने तयारी वडाअध्यक्ष गिरीले गरिसकेका छन् । ज्वारो नाप्ने थर्मोमिटर र आवश्यक अन्य औषधीको लागी नगरपालिकासँग समन्वयन गरिरहेको वडाध्यक्ष गिरीले बताएका छन् ।

यस्तो अवस्थामाा आ आफूले सकेको क्षेत्रबाट सक्दो सहयोग गर्नुपर्ने भन्दै सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालीका वडा नं. ८ का वडा अध्यक्ष ठंकराज गिरीले आफ्नो वडा बासीलाई तत्कालको लागी चाहिने  केहि अतिआवश्यक औसधि वडामा उपलब्ध भएको बताउनु भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, जेठ २५ । चीनका राष्ट्रपति सी चिनफिङ आज विषेश भेटघाटकाे लागि  उत्तर काेरिया पुगेका छन् । किन पुगे सी उत्तर काेरिया ? चीनका राष्ट्रपति सी चिनफिङका लागि उत्तर कोरिया एक यस्तो छिमेकी हो, जसलाई न नियन्त्रणमा राख्न सकिन्छ, न त गुमाउन नै सकिन्छ । दुई देशले आफ्नो सम्बन्धलाई प्रायः “रगतले जोडिएको” भनी वर्णन गर्छन् […]

२५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ । तर संसदमा प्रतिनिधित्व गर्ने कुनै पनि ठूलो दलका शीर्ष नेता बैठकमा उपस्थित नभएपछि राजनीतिक जानकारहरूले यसलाई अघोषित बहिष्कारको संज्ञा दिएका छन् । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै दलका पार्टी अध्यक्ष तथा सभापतिसहित दुई-दुई […]

२० जेठ, जनकपुर। महोत्तरीको सोनमा गाउँपालिका-३ खखनामा मंगलबार राति डाँका चोरीको घटनामा दुई जना व्यक्ति गोली लागी घाइते भएका छन्। स्थानीय राम विश्वास आदबको घरमा डाँका समूह पसेको थियो। त्यस क्रममा डाँकाहरूले गोली चलाउँदा घरधनीका ज्वाइँ ईश्वर यादव र छोरी किरण यादव घाइते भए।  घाइते दुवैजनाको हाल जनकपुरस्थित जानकी हेल्थ केयरमा उपचार भइरहेको छ। प्रहरीले […]