१२ आषाढ २०८२, बिहिबार
26-06-2025 , Thu
Gold Silver Price (12 ASAR 2082, THUR)
Fine Gold 1 Tola NRs. 192800
Silver 1 Tola Nrs. 2190

मन्त्रीलाई गुनासो : पत्रकारले दुःख दिए

Logo
प्रकाशित आइतबार, साउन १२, २०७६

काठमाडौं ,१२ साउन
क्वारेन्टाइन कार्यलयको कामकाजमा पत्रकारले दुःख दिने गरेको सरकारी अधिकारीहरुले गुनासो गरेका छन् । आइतवार कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा वनस्पति, पशु र खाद्य क्वारेन्टाइनका अधिकारीहरुले उक्त गुनासो गरेका हुन् ।
छलफलमा मन्त्री चक्रपाणि खनालले विद्यमान् समस्यावारे खुलेर भन्न अधिकारीहरुलाई अग्रह गरेपछि अधिकारीहरुले पत्रकारहरुको हर्कतको बखान गरेका थिए । व्यवसायीको क्वारेन्टाइन पास गर्न पत्रकार आउने गरेको र नहुने कामको लागी पनि दाबाब दिने गरेको अधिकारीहरुले मन्त्रीलाई गुनासो पोखेका थिए । पास नगरे बदनाम गरिदिने धम्की दिने गरेको भन्दै उनीहरुले यस समस्यावाट मुक्त गराईदिन मन्त्री खनाललाई आग्रह समेत गरेका थिए ।
क्वारेन्टाइन कार्यालयमा सञ्चारका लागि १४ हजार मात्रै बजेट भए पनि एक दर्जनभन्दा बढी पत्रकार आएर विज्ञापन माग्दै घण्टौसम्म कार्यालयमा बस्ने र आफुहरुले भयको वातावरणमा कामकाज गर्नुपर्ने गरेको एक अधिकारीको गुनासो थियो ।
पत्रकार बाहेक भन्सारका कर्मचारी, व्यवसायीे र शसस्त्र प्रहरीले पनि उतिकै दुःख दिने गरेको समेत अधिकारीहरुले मन्त्रीसमक्ष गुनासो पोखेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

१२ असार, काठमाडौं । सर्वोच्च अदालतका लागि सिफारिस भएका तीन जना न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा ७ वटा उजुरी दर्ता भएको छ।  संसदीय सुनुवाइ समितिमा दर्ता भएका उजुरीहरूमध्ये ५ वटा व्यक्ति केन्द्रित छन् भने २ वटा सुनुवाइ प्रक्रियासँग सम्बन्धित रहेका छन्। सिफारिस भएका न्यायाधीशहरूको व्यक्तिगत योग्यता, व्यावसायिक आचरण र नैतिक मापदण्डका बारेमा केरकार गर्न सक्ने समितलाइ […]

विराटनगर १२ असार। विराटनगर महानगरपालिकाले मंगलबार आगामी आर्थिक वर्षका लागि ४ अर्ब ४० लाख बराबरको बजेट प्रस्तुत गरेको छ । १६ औं नगरसभामा मंगलबार उपप्रमुख शिल्पा निराला कार्कीले बजेट प्रस्तुत गरेकी हुन् । उपमेयर कार्कीले प्रस्तुत गरेको बजेटमा प्रशासनिक खर्चका लागि ६४ करोड ७५ लाख बजेट विनियोजन गरिएको छ । ऋणको सावाँ ब्याज भुक्तानीका लागि […]

विराटनगर, असार १ । उद्योग संगठन मोरङको अध्यक्ष पदमा नन्दकिशोर राठी निर्विरोध निर्वाचित भएका छन्। शनिबार सम्पन्न निर्वाचनमा राठी  निर्विरोध अध्यक्षमा चुनिएका हुन्। संगठनको ५२ औं साधारणसभा शुक्रबार सम्पन्न भएको थियो। त्यसपछि शनिबार भएको निर्वाचनमा अन्य पदाधिकारीहरू पनि निर्विरोध चुनिएका छन्। निर्वाचित पदाधिकारीहरू वरिष्ठ उपाध्यक्ष: भोलेश्वर दुलाल द्वितीय उपाध्यक्ष: सुरेन्द्र गोल्छा उपाध्यक्ष (कृषि, जलस्रोत, ऊर्जा): […]