०३ भाद्र २०८३, बुधबार
19-08-2026 , Wed
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

मन्त्रीलाई गुनासो : पत्रकारले दुःख दिए

Logo

काठमाडौं ,१२ साउन
क्वारेन्टाइन कार्यलयको कामकाजमा पत्रकारले दुःख दिने गरेको सरकारी अधिकारीहरुले गुनासो गरेका छन् । आइतवार कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा वनस्पति, पशु र खाद्य क्वारेन्टाइनका अधिकारीहरुले उक्त गुनासो गरेका हुन् ।
छलफलमा मन्त्री चक्रपाणि खनालले विद्यमान् समस्यावारे खुलेर भन्न अधिकारीहरुलाई अग्रह गरेपछि अधिकारीहरुले पत्रकारहरुको हर्कतको बखान गरेका थिए । व्यवसायीको क्वारेन्टाइन पास गर्न पत्रकार आउने गरेको र नहुने कामको लागी पनि दाबाब दिने गरेको अधिकारीहरुले मन्त्रीलाई गुनासो पोखेका थिए । पास नगरे बदनाम गरिदिने धम्की दिने गरेको भन्दै उनीहरुले यस समस्यावाट मुक्त गराईदिन मन्त्री खनाललाई आग्रह समेत गरेका थिए ।
क्वारेन्टाइन कार्यालयमा सञ्चारका लागि १४ हजार मात्रै बजेट भए पनि एक दर्जनभन्दा बढी पत्रकार आएर विज्ञापन माग्दै घण्टौसम्म कार्यालयमा बस्ने र आफुहरुले भयको वातावरणमा कामकाज गर्नुपर्ने गरेको एक अधिकारीको गुनासो थियो ।
पत्रकार बाहेक भन्सारका कर्मचारी, व्यवसायीे र शसस्त्र प्रहरीले पनि उतिकै दुःख दिने गरेको समेत अधिकारीहरुले मन्त्रीसमक्ष गुनासो पोखेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]

काठमाडाै, भदाै २ । सिंहदरबारमा आज बिहान ११ बजेदेखि प्रतिनिधिसभाको बैठक सुरु हुँदैछ, जसमा यसअघि सांसदहरूले सोधेका विभिन्न प्रश्नको जवाफ चार जना मन्त्रीले दिनुपर्ने भएको छ। यी प्रश्नहरू परराष्ट्र मामिला, ऊर्जा तथा सिँचाइ, पर्यटन तथा उड्डयन, र कृषि-वन क्षेत्रसँग जाेडिएका छन्। बैठकमा सरकारको तर्फबाट कानुनमन्त्री सोविता गौतमले थारू आयोगले तयार पारेको विगत आर्थिक वर्षको वार्षिक […]

काठमाडाैं, भदाै २ । मकवानपुरको भीमफेदी गाउँपालिका-६ जुरीखेतमा मंगलबार बिहान भएको स्कार्पियो दुर्घटनामा उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश गोकर्ण डाँगीलगायत ६ जना घाइते भएका छन्। काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको सवारी सडकबाट लगभग ५०–६० मिटर तल खोल्सामा खस्दा यो दुर्घटना भएको हो। घाइतेमध्ये एक महिलाको अवस्था गम्भीर रहेको छ भने बाँकी पाँच जनाको अवस्था मध्यम रहेको […]