०६ बैशाख २०८३, आइतबार
19-04-2026 , Sun
Gold Silver Price (8 chaitra 2082, Sun)
Fine Gold 1 Tola NRs. 282500
Silver 1 Tola Nrs. 4555

समाचार प्रति विराटनगर महानगरपालिकाका प्रमुखको आपत्ति

Logo

विराटनगर, चैत २५
विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुलीले जनचर्चा डट कममा प्रकाशित भएको समाचार प्रति आपत्ती जनाएका छन् । पराजुलीलले जनचर्चामा फोन सम्पर्क गरी समाचारको विषयमा खण्डन समेत प्रकाशित गर्न अग्रह गरेका छन् ।
जनचर्चा डट कमले चैत २४ गते “विराटनगरका वडाध्यक्ष र सर्वदलको नेताहरुले राहतको खाद्यन्य घोटाला गर्ने गरेको मेयरको आशंका” शिर्षकमा समाचार संप्रेषण गरेको थियो ।
उक्त समाचार जनचर्चा डट कमले एउटा स्थानीय रेडियोमा पराजुलीले दिएको अन्तर्वार्ताको अधारमा तयार पारेको थियो । रेडियो अन्तर्वार्ताको भनाईलाई आफ्नै किसिमले व्याख्या गरेर मिडियाले भ्रम सिर्जना गर्न खोजेको भिम पाराजुलीले जनचर्चा प्रति आरोप लगाएका छन् । उक्त समाचारले अनावश्यक रुपमा जनप्रतिनिधिहरु विच सम्बन्ध चिस्यिाउने काम गरेको पराजुलीले दुखेसो पोखेका छन् । साथै कारोना जस्तो महामरी फैलिएको बेला यस्तो समाचारले जनप्रतिनिधिहरुको मनोबल गिराएको बताएका छन् ।
यदपी जनचर्चा डटकमले उपलब्ध प्रमाण (अन्तर्वार्ता अडियो) को आधारमा सही समाचार सम्प्रेषण दावी गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पछिल्लो एक महिनामा चार पटक मूल्य बढाएर पेट्रोल २१९ र डिजेल २०७ रुपैयाँ पुगेको छ। चैत १ गतेको तुलनामा पेट्रोलमा ४०% र डिजेलमा ४५.७७% वृद्धि भएको छ। दक्षिण एसियामा सबैभन्दा महँगो इन्धन अहिले नेपालमा छ। बुधबार मात्र सरकारले डिजेल र मटितेलमा ३० रुपैयाँ बढाएकाे छ । अन्य देशले दिएको सहुलियत: भारत: आफ्ना नागरिकलाई ९० रुपैयाँमा […]

काठमाडाै, वैशाख ३ । सरकारले १०३ वटा नयाँ ऐन निर्माण र संशोधन गर्ने तयारी गरेको छ। प्रधानमन्त्री कार्यालयसहित २२ मन्त्रालयले यसका लागि प्राथमिकता तय गरी काम थालेका छन्। आउँदो संसद अधिवेशनबाट ४० देखि ४५ वटा विधेयक पास गर्ने लक्ष्य रहेको छ। प्रतिनिधिसभा विघटनका कारण निष्क्रिय भएका विधेयकहरू पुनः ल्याइने भएको छ। यसका लागि पुनः तर्जुमा […]

वैशाख २, काठमाडाै, २०८३ । इरानको नियन्त्रणमा रहेका उदयपुरका अमृत झा बुधबार रिहा भएका छन्। परराष्ट्रमन्त्री शिशिर खनालले रिहाइको पुष्टि गर्दै इरानस्थित कन्सुलरसँग समन्वय भइरहेको जानकारी दिएका छन्। दुबईस्थित ‘ब्ल्याक सी मरिन एलएलसी कम्पनी’को जहाजमा क्याप्टेनको रूपमा कार्यरत झा इन्धन लिन इरान पुगेका थिए। दुबई फर्किने क्रममा इजरायल-अमेरिका र इरानबीच तनाव बढेपछि उनी नियन्त्रणमा परेका […]