१० कार्तिक २०८२, आइतबार
26-10-2025 , Sun
Gold Silver Price (30 Ashoj 2082, THUR)
Fine Gold 1 Tola NRs. 251400
Silver 1 Tola Nrs. 3290

समाचार प्रति विराटनगर महानगरपालिकाका प्रमुखको आपत्ति

Logo
प्रकाशित मंगलबार, चैत्र २५, २०७६

विराटनगर, चैत २५
विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुलीले जनचर्चा डट कममा प्रकाशित भएको समाचार प्रति आपत्ती जनाएका छन् । पराजुलीलले जनचर्चामा फोन सम्पर्क गरी समाचारको विषयमा खण्डन समेत प्रकाशित गर्न अग्रह गरेका छन् ।
जनचर्चा डट कमले चैत २४ गते “विराटनगरका वडाध्यक्ष र सर्वदलको नेताहरुले राहतको खाद्यन्य घोटाला गर्ने गरेको मेयरको आशंका” शिर्षकमा समाचार संप्रेषण गरेको थियो ।
उक्त समाचार जनचर्चा डट कमले एउटा स्थानीय रेडियोमा पराजुलीले दिएको अन्तर्वार्ताको अधारमा तयार पारेको थियो । रेडियो अन्तर्वार्ताको भनाईलाई आफ्नै किसिमले व्याख्या गरेर मिडियाले भ्रम सिर्जना गर्न खोजेको भिम पाराजुलीले जनचर्चा प्रति आरोप लगाएका छन् । उक्त समाचारले अनावश्यक रुपमा जनप्रतिनिधिहरु विच सम्बन्ध चिस्यिाउने काम गरेको पराजुलीले दुखेसो पोखेका छन् । साथै कारोना जस्तो महामरी फैलिएको बेला यस्तो समाचारले जनप्रतिनिधिहरुको मनोबल गिराएको बताएका छन् ।
यदपी जनचर्चा डटकमले उपलब्ध प्रमाण (अन्तर्वार्ता अडियो) को आधारमा सही समाचार सम्प्रेषण दावी गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इटहरी, असाेज २८। जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ह्वाट्सएप ह्याक भएको छ। ह्याकरले एसपीको ह्वाट्सएप प्रयोग गरी उनका चिनजानका व्यक्तिहरूलाई पैसा माग्ने गरेको पाइएको छ। ह्याकरले एसपीको नाममा उनका चिनजानकालाई सन्देश पठाउँदै अतिआवश्यक परेको भन्दै रकम माग गरेको पाइएको हो। जिल्लाका एसपी केशवकुमार थेबेले यसबारे जानकारी दिँदै केहि दिनअगाडि आफ्नो ह्वाट्सएप […]

काठमाडौँ २८ आश्विन  । नेपालबाट सरदर समयभन्दा आठ दिन ढिला गरी मनसुन बाहिरिएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जिव अधिकारीकाअनुसार मनसुन सरदर अक्टोर २ मा बाहिरिनु पर्ने भए पनि आठ दिन ढिला गरी शुक्रबार (अक्टोबर १० अर्थात असोज २४ गते)का दिन नेपालबाट बाहिरिएको हो। यस वर्ष नेपालमा १५ दिन अगावै (मे २९) मनसुन नेपाल भित्रिएको […]

विराटनगर,२४ असोज । सुदन गुरुङ नेतृत्वको जेनजीका सातै प्रदेशका संयोजकहरूले सुशिला कार्की नेतृत्वको सरकारलाई जेनजीकाे म्यान्डेटभन्दा बाहिर नजान  खबरदारी गरेका छन्। साे समूहकाे प्रदेशका संयोजकहरूले सयुक्त विज्ञप्ती जारी गरी साे कुरा बताएका हुन् । भदौ २३-२४ मा भएको भ्रष्टाचार विरुद्धको विद्रोहपछि गठित सरकारका सकारात्मक कार्यलाई समर्थन गर्ने तर विद्रोहको म्यान्डेटभन्दा बाहिर गए खबरदारी गर्ने उनीहरूले […]