२९ साउन २०८३, शुक्रबार
14-08-2026 , Fri
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

स्वास्थकर्मीलाई पिपिई र प्रहरीलाई ज्याकेट

Logo

काठमाडौंं, वैशाख १०
करोना संक्रमणका नियन्त्रण एवम रोकथामका लागि नागार्जुन नगरपालिकाले आफनो मतहतका स्वास्थ्थ संस्थाहरुलाई आवश्यक पिपिई मास्क लगायतका सामाग्री हस्तान्तरण गरेको छ । साथै नगरपालीकाले महानगरीय प्रहरी प्रभाग स्वायम्भूलाई आवश्यक प्रहरी स्वयम सेवक ज्याकेट वितरण गरेको छ ।

नागार्जुन नगरपालिका वडा नं ६ स्थीत रत्नराज्य माध्यमिक विद्यालयको प्राङ्गणमा भएको उक्त सामाग्री वितरण कार्यक्रममा नागार्जुन नगरपालिकाका मेयर मोहन बहादुर बस्नेत, उपमेयर सुशीला अधिकारी वडा नं ६का अध्यक्ष राजेन्द्र बुढाथोकी , वडा न. ७ का अध्यक्ष रमेश गौतमको सहभागिता रहेको थियो । साथै बागमती प्रदेशका संसद केशव प्रसाद पोखरेलकाे समेत उपस्थिती रहेकाे थियाे ।
कार्यक्रमा वागमती प्रदेशका संसद पोखरेलले कोरोना विरुद्धको लडाइमा अग्रपक्तिमा रहेर कार्य गर्ने स्वास्थ्थकर्मी एवम सुरक्षाकर्मीलाई प्रोत्साहान स्वरुप सामाग्री हस्तान्तरण गरेको र सानो सहयोग भएतापनि यसले उच्चमनोवल प्रदान गर्ने, र आवश्यक परेको खण्डमा थप सामाग्री वागमती प्रदेशले उपलब्ध गराउने बताए ।
नागार्जुन नगरपालिकाको मेयर बस्नेतले विपद व्यवस्थापनको कार्यमा स्थानीय सरकार सदैव जगरुक रहेको बताए । उनले भने “करीव १ लाख नागरिकहरु बसोवास रहेको हाम्रो नगरपालिकामा कोरोना भाइरस नियन्त्रणका लागि यसक्षेत्रका नागरिकलाई सुरक्षीत तवरले के कस्ता कुरामा ध्यानदिनुपर्ने छ, सो षियमा हामी गम्भीर भएकार्छाै तथा हाम्रो नगरले सबै वडाहरुमा दैनिक जसो छलफल गरीरहेको र स्थानीय स्तरमा सहकार्य गरीरहेको छ”
नगरपालिकाले करोनासम्बन्धी जनचेताना फैलाउने कार्य तथा नियमित बजार अनुगमनलाई तिब्र बनाएकोे उपमेयर सुशीला अधिकारीले जनाकारी दिईन् । कृषीकलाई हाल भईरहेको नोक्सानीको लागत संकलन गरी छिटैनै राहत प्याकेज घोषणा गर्ने तयारी समेत भएको उनले बताईन् ।
यसअघि नागार्जुन नगरपालिकाले सबै वडामा श्रमजीवि विपन्न मजदू वर्गको लागि राहत वितरण समेत गरिसकेको थियो । नगरपािलकाको सहकार्यमा मनोज भारतीले नगरभित्रका स्वास्थ्थ संस्थाहरुलाई वडा नं ६ का अध्यक्ष राजेन्द्र बुढाथोकीको विशेष पहलमा सामाग्री उपलब्ध गराएका हुन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, साउन २९ । डा. शशांक कोइरालाकाे संयोजकत्वमा  नेपाली कांग्रेसको  राष्ट्रिय भेला आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा सुरु हुँदैछ। समूहका प्रचारप्रसार समिति संयोजक मीन विश्वकर्माका अनुसार भेलाको उद्घाटन नेता शेरबहादुर देउवाबाट बिहान साढे ११ बजे हुनेछ । साउन ३१ गतेसम्म साे भेला चेल्ने बताइएकाे छ । भेलाका मुख्य अतिथि देउवा लामो समयको उपचारपछि  साउन […]

विराटनगर, साउन २७ । लायन्स क्लब अफ विराटनगरको आयोजनामा सञ्चालन भइरहेको लायन्स सर्भिस विक अन्तर्गत  विद्यार्थीहरूको वक्तृत्वकला, आत्मविश्वास तथा नेतृत्व क्षमता विकास गर्ने उद्देश्यले एक्सटेम्पोर स्पिच प्रतियोगिता सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न १२ वटा विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्ण सहभागिता जनाएका थिए। प्रतियोगितामा विद्यार्थीहरूले तत्काल विषयवस्तु प्राप्त गरी आफ्नो विचार प्रस्तुत गर्दै वक्तृत्वकला, तार्किक क्षमता, आत्मविश्वास तथा […]

विराटनगर, साउन १५ । आधारभूत स्वास्थ्य सेवा समुदायमै उपलब्ध गराउने उद्देश्यका साथ बिहिबार लायन्स क्लब अफ विराटनगरले साप्ताहिक “लायन्स मोहल्ला क्लिनिक” शुभारम्भ गरेकाे छ। लाइफ गार्ड हस्पिटल प्रा. लि. विराटनगरको प्राविधिक सहकार्य तथा लियो क्लब अफ विराटनगरको सहयोगमा सञ्चालन हुने यस क्लिनिकमार्फत स्थानियलाई नियमित रूपमा निःशुल्क स्वास्थ्य परामर्श, रक्तचाप (BP) जाँच, रगतमा चिनी (Sugar) जाँच […]