१८ आषाढ २०८२, बुधबार
02-07-2025 , Wed
Gold Silver Price (12 ASAR 2082, THUR)
Fine Gold 1 Tola NRs. 192800
Silver 1 Tola Nrs. 2190

स्वास्थकर्मीलाई पिपिई र प्रहरीलाई ज्याकेट

Logo
प्रकाशित बुधबार, बैशाख १०, २०७७

काठमाडौंं, वैशाख १०
करोना संक्रमणका नियन्त्रण एवम रोकथामका लागि नागार्जुन नगरपालिकाले आफनो मतहतका स्वास्थ्थ संस्थाहरुलाई आवश्यक पिपिई मास्क लगायतका सामाग्री हस्तान्तरण गरेको छ । साथै नगरपालीकाले महानगरीय प्रहरी प्रभाग स्वायम्भूलाई आवश्यक प्रहरी स्वयम सेवक ज्याकेट वितरण गरेको छ ।

नागार्जुन नगरपालिका वडा नं ६ स्थीत रत्नराज्य माध्यमिक विद्यालयको प्राङ्गणमा भएको उक्त सामाग्री वितरण कार्यक्रममा नागार्जुन नगरपालिकाका मेयर मोहन बहादुर बस्नेत, उपमेयर सुशीला अधिकारी वडा नं ६का अध्यक्ष राजेन्द्र बुढाथोकी , वडा न. ७ का अध्यक्ष रमेश गौतमको सहभागिता रहेको थियो । साथै बागमती प्रदेशका संसद केशव प्रसाद पोखरेलकाे समेत उपस्थिती रहेकाे थियाे ।
कार्यक्रमा वागमती प्रदेशका संसद पोखरेलले कोरोना विरुद्धको लडाइमा अग्रपक्तिमा रहेर कार्य गर्ने स्वास्थ्थकर्मी एवम सुरक्षाकर्मीलाई प्रोत्साहान स्वरुप सामाग्री हस्तान्तरण गरेको र सानो सहयोग भएतापनि यसले उच्चमनोवल प्रदान गर्ने, र आवश्यक परेको खण्डमा थप सामाग्री वागमती प्रदेशले उपलब्ध गराउने बताए ।
नागार्जुन नगरपालिकाको मेयर बस्नेतले विपद व्यवस्थापनको कार्यमा स्थानीय सरकार सदैव जगरुक रहेको बताए । उनले भने “करीव १ लाख नागरिकहरु बसोवास रहेको हाम्रो नगरपालिकामा कोरोना भाइरस नियन्त्रणका लागि यसक्षेत्रका नागरिकलाई सुरक्षीत तवरले के कस्ता कुरामा ध्यानदिनुपर्ने छ, सो षियमा हामी गम्भीर भएकार्छाै तथा हाम्रो नगरले सबै वडाहरुमा दैनिक जसो छलफल गरीरहेको र स्थानीय स्तरमा सहकार्य गरीरहेको छ”
नगरपालिकाले करोनासम्बन्धी जनचेताना फैलाउने कार्य तथा नियमित बजार अनुगमनलाई तिब्र बनाएकोे उपमेयर सुशीला अधिकारीले जनाकारी दिईन् । कृषीकलाई हाल भईरहेको नोक्सानीको लागत संकलन गरी छिटैनै राहत प्याकेज घोषणा गर्ने तयारी समेत भएको उनले बताईन् ।
यसअघि नागार्जुन नगरपालिकाले सबै वडामा श्रमजीवि विपन्न मजदू वर्गको लागि राहत वितरण समेत गरिसकेको थियो । नगरपािलकाको सहकार्यमा मनोज भारतीले नगरभित्रका स्वास्थ्थ संस्थाहरुलाई वडा नं ६ का अध्यक्ष राजेन्द्र बुढाथोकीको विशेष पहलमा सामाग्री उपलब्ध गराएका हुन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असार १८ ।  विराटनगर वार्ड नं. ५ को सिद्धकाली आधारभूत विद्यालयमा नयाँ भवन हस्तान्तरण भएको छ। रोटरी फाउन्डेसनको ग्लोबल ग्रान्ड कार्यक्रमबाट निर्मित भवनहरू विद्यालय व्यवस्थापन समितिलाई सुम्पिएको हो। आईतवार मेयर नागेश कोइरालाको उपस्थितिमा भएको कार्यक्रममा रोट्रयाक्ट क्लब विराटनगरले भवन हस्तान्तरण गरेको छ। करिब ५० लाख रुपैयाँ लागतमा चार वटा भवन निर्माण गरिएको छ।   […]

मोरङ,१७ असार । नेपाल रेडक्रस सोसाइटीले मोरङको जहदा गाउँपालिकामा बृक्षारोपण कार्यक्रम सुरु गरेको छ । रेडक्रसले सुरु गरेको रेडि कार्यक्रम अन्तरगत सोमबार जहदा वडा नं १ र २ को सीमा क्षेत्रमा रहेको खोलाको ड्याममा वृक्षारोपण गरिएको हो । खोला किनारमा बनाइएको ड्याममाथी विभिन्न जातका झण्डै १३ सय विरुवा रोपिने भएको छ । वृक्षारोपण कार्यक्रमको नेपाली कांग्रेसका […]

विराटनगर २३ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतन्जली जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको  छ । नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ विगो जरिवाना र सजाय मागदाबी सहित भ्रष्टाचार मुद्दा दायर भएको छ । अन्यको हकमा भने विगो रकम फरक फरक छ । हदबन्दीभन्दा […]