१६ फाल्गुण २०८२, शनिबार
28-02-2026 , Sat
Gold Silver Price (14 falgun 2082, Thrus)
Fine Gold 1 Tola NRs. 315900
Silver 1 Tola Nrs. 5740

एक ढिक्का भएर करोना विरुद्ध लड्न सबै राजनितिक दललाई सचेत नागरिकको अग्रह

Logo

काठमाडौं, वैशाख २०
कारोना विरुद्ध एक ढिक्का भएर लड्न प्रदेश १ का सचेत वर्गले सम्पुर्ण राजनितिक दललाई आग्रह गरेका छन् । उनीहरुले एक अनुरोध–पत्र जारी गरी मुलुकमा मरामारी फैलिएको बेला सबै राजनितिक दल र संगसंगठनहरु एक जुट हुनुपर्ने सुझाव दिएका छन् ।
सारा विश्वभरलाई कारोनाले आक्रान्त बनाईरहेको बेला त्यसविरुद्ध लड्नुको सट्टा नेपालका राजनितिक दलहरु सत्ता र कुर्सी ताना–तानको खेलमा लाग्नु दुखद कुरा भएको पत्रमा उल्लेख छ ।

पत्रमा भनिएको छ “कोभिड–१९ को विश्वव्यापी महामारीले देश आक्रान्त छ । देशको यो बिषम र अकल्पनिय परिस्थिती सामना सवै भएर गर्नु पर्छ । कोरोनाको प्रकोप, जोखिम र क्षतिलाई अहिले नै पूर्वानुमान गर्न सकिने अवस्था छैन । कोरोनासंग सघर्ष गर्नु पर्ने बर्तमान आवश्यकतामा अचानक देशको बदलिदो घटनाक्रमले हामीलाई चिन्तित र मर्माहत बनाएको छ”
प्राध्यापक डा.शुसिल साह, नागरिक अगुवा काशीनाथ चुडाल, कृषक विष्णु बुढाथोकी, लेखक सुजन दाहल, अधिवक्ता दीपक खतिवडा, चिकित्सकद्धय डा. ज्वाला कँडेल र डा.विश्वराज काफ्ले, इन्जिनियर सन्देश लुइटेल, व्यवसायी तेजु प्रसाई, उद्योगी बिपिन बस्नेत, व्यसायी अनिष खनालले संयुक्त रुपमा उक्त अनुरोध पत्र जारी गरेका हुन् ।

 

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, फागुन १५। होली पर्व र निर्वाचनको मिति नजिकिँदै गर्दा जिल्ला प्रशासन कार्यालय काठमाडौंले यस वर्षको रंगोत्सवमा कठोर नियम लागू गरेको छ । यो कदमसँगै देशका अन्य जिल्लामा पनि प्रशासनिक तयारी तीव्र हुन थालेको छ । काठमाडौं जिल्ला प्रशासनले होलीको अवसरमा खुला सडक तथा सार्वजनिक स्थानमा मञ्च बनाई सांगीतिक कार्यक्रम गर्न, मेला महोत्सव आयोजना गर्न […]

१४ फागुन, काठमाडौं । आगामी निर्वाचनमा मतदाता नामावलीमा नाम दर्ता भएका नागरिकले मतदाता परिचयपत्र नभए पनि अन्य सरकारी परिचयका कागजातका आधारमा मत खसाल्न पाउने भएका छन् । निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन (मतदान) निर्देशिका २०८२ ले मतदाता परिचयपत्र अनिवार्य रूपमा साथमा राख्नुपर्ने व्यवस्था गरे पनि सो उपलब्ध नभएको अवस्थामा नागरिकता प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, […]

काठमाडाैं, फागुन १४ । आगामी फागुन २१ गते हुने मतदानलाई स्वच्छ र सुरक्षित बनाउन उच्चस्तरीय निर्वाचन सुरक्षा समितिले थुप्रै महत्त्वपूर्ण निर्णयहरू गरेको छ। मतदान मितिभन्दा सात दिन अगाडिदेखि नै मादक पदार्थको किनबेच र सेवनमा पूर्ण प्रतिबन्ध लागू भएको छ, जुन अन्तिम निर्वाचन परिणाम आउँदासम्म कायम रहनेछ। त्यसैगरी फागुन १८ गते (माैनअवधी) मध्यरातदेखि चुनावी प्रचारप्रसारमा रोक […]