०३ आश्विन २०८२, शुक्रबार
19-09-2025 , Fri
Gold Silver Price (22 Bhadra 2082, Sunday)
Fine Gold 1 Tola NRs. 212500
Silver 1 Tola Nrs. 2515

अवैध मदिरा ओसार्न प्रयोग भएका सावारीसाधनहरु छुटाउन मदिरा कारोवारी सक्रिय

Logo
प्रकाशित शनिबार, बैशाख २७, २०७७

विराटनगर, बैशाख २७
मोरंगमा अवैध मदिरा असार्न प्रयोग भएको चारवटा सवारी साधन छुटाउन मदिरा कारोवारीहरु सक्रिय भएका छन् । वैशाख २४ गते ग्रामथान गाँउपालिकाको झोडाहाटबाट ठुलो परिमाणमा अवैध मदिरा ओसार्दै गर्दाको अवस्थामा ति सवारीसाधनहरु प्रहरीले पक्राउ गरेको थियो । मदिरा लिएर आउँदै गरेकी वेलवारी नगरपालिका वडा नम्बर ११ वस्ने रिता राई र पवि राईलाई समेत प्रहरीले तत्काल नियन्त्रमा लिएको थियो ।
पक्राउ परेको मदिराको परिमाण १३ सय लिटर थियो भने उक्त मदिरा ओसार्न दुईवटा मारुती भ्यान, एक आटो र एक स्कुटी प्रयोग भएका थिए । हाल मदिरा कारोवारीहरु पक्राउ परेको सवारीसाधनलाई छुटउन विभिन्न शक्तिकेन्द्र धाईरहेको बुझिएको छ । उनीहरुले विभिन्न व्यक्तिको सोर्सफोर्स लागाई प्रहरी तथा राजस्व कार्यलयलाई दाबाव दिइरहेको र सकेसम्म सबै सवारी साधन छुटाउन प्रयत्न गरिरहेको स्रोत बताउँदछ ।
कानुनमा अवैध मदिरा ओसार्न पक्राउ परेको सवारीसाधनहरु जफत हुने व्यवस्था रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ३० भाद्र । सरकारले आगामी असोज १ गते शोक बिदा दिने निर्णय गरेको छ । आज बसेकाे पहिलाे मन्त्रिपरिषद बैठकले जेनजी आन्दोलनमा मारिएकाहरुप्रति शोक मनाउन बिदा दिने निर्णय गरेकाे गृह एवं कानूनमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

काठमाडौं ३१ भाद्र । यही भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा शहीद भएकाका परिवारलाई सरकारले १५ लाख रुपैयाँ क्षतिपूर्ति र राहत दिने भएको छ । यसअघि प्रत्येक मृतकका परिवारलाई १० लाख रुपैयाँ दिने घोषणा गरिएको थियो । आज बसेको पहिलो मन्त्रिपरिषद् बैठकले थप ५ लाख रुपैया दिने निर्णय गरेको हो ।

काठमाडौँ – सरकारले अचानक सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धपछि युवा पुस्ता, विशेषगरी Gen Z (१९९७–२०१२ मा जन्मिएका) ले सेप्टेम्बर ८ का दिन देशव्यापी आन्दोलन गर्ने घोषणा गरेका छन्। यस अन्दाेलनमा  युवा तथा आमजनतालाई सहभागी बन्न टिकटकमार्फत आह्ववान गरिएकाे छ । टिकटक मार्फत गाेलबद्ध बनी स्वतस्फुतरुप युवाहरुले यस्ता सन्देश फैलाईरहेका छन् र आफ्नाे ठाँउमा अन्दाेलन गर्न अह्वान […]