२५ बैशाख २०८३, शुक्रबार
08-05-2026 , Fri
Gold Silver Price (Baishak 16, 2083, WED)
Fine Gold 1 Tola NRs. 295000
Silver 1 Tola Nrs. 4930

सरकारी गाडी बाेकेर हाकिम पाेखरा घुमघाममा : लकडाउन अवज्ञा

Logo

धरान, जेठ १
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र धरान सुनसरीका केन्द्र प्रमुख अहिले सरकारको निर्देशन विपरीत पोखरा घुमघाममा रहेको कुरा थाहा भएको छ । देशमा कोभिड १९ को माहामारी भइरहेको अवस्थामा कुनै पनि कार्यालय प्रमुखलाई कार्यालय नछाड्न दिएको निर्देश अवज्ञा गर्दै धरान वितरण केन्द्र का केन्द्र प्रमुख प्रताप बराल एक हप्ता देखि पोखरा सयरमा रहेको जानकारी साही कार्यालय का कर्मचारीले जानकारी दिएका छन ।

नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र धरानले प्रयोग गर्ने बा १ ञ १६५१ नम्बरको गाडी समेत दुरुपयोग गरेर कार्यालय प्रमुख जस्तो जिम्मेवार ब्यक्ति आफै सरकारले दिएको निर्देश अवज्ञा गर्न थालेपछि अहिले प्राधिकरणको वितरण केन्द्र धरानमा वेतीथि बढेको गुनासो अन्य कर्मचारी बाट आउन थालेको छ ।

कोभिड १९ का कारण पुरै देश लकडाउनमा भएको अवस्थामा सवै कार्यालय प्रमुखलाई कार्यालय नछाड्न निर्देश भएको कुरा सोही कार्यालयका अन्य कर्मचारी को भनाइ छ । यश विषयमा विद्युत प्राधिकरणा धरानका कार्यालय प्रमुख प्रताप बरालसँग सम्पर्क गर्दा उनीसँग सम्पर्क हुन सकेन ।

सुलसुले डटकमबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, वैशाख १५ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा विराटनगरमा म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ। लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ सी को आयोजनामा बैशाख १८ गते ‘विराटनगर रन २.० म्याराथन’ सञ्चालन हुने भएकाे हाे । साे म्याराथनकाे मुख्य प्रायाेजक नाेबल क्यान्सर हस्पिटल रहेकाे छ । त्यसैगरी ओली एण्ड एसाेसिएट्स कन्सल्टेन्सी विराटनगर प्रवर्द्धक रहेकाे छ । आयोजकले […]

विराटनगर, वैशाख १४  । विराटनगर वरपरका बोतल पानी व्यवसायीले पानीको मूल्यमा कार्टेलिङ गरेका छन्। कार्टेलिङ गरेर उनीहरुले जारको मूल्य दुई सय प्रतिशतले बढाएका छन्। यसअघि सामान्यतः खुद्रामा ४० रुपैयाँमा पाइँदै आएको पानी अहिले एक्कासि प्रतिजार ८० रुपैयाँ पुर्याइएको छ। यस विषयमा उत्पादकहरूसँग कुराकानी गर्दा उनीहरूले दुईवटा मुख्य कारण देखाएका छन्। पहिलो, पेट्रोलका कारण मूल्यवृद्धि भइरहेकोले […]

पछिल्लो एक महिनामा चार पटक मूल्य बढाएर पेट्रोल २१९ र डिजेल २०७ रुपैयाँ पुगेको छ। चैत १ गतेको तुलनामा पेट्रोलमा ४०% र डिजेलमा ४५.७७% वृद्धि भएको छ। दक्षिण एसियामा सबैभन्दा महँगो इन्धन अहिले नेपालमा छ। बुधबार मात्र सरकारले डिजेल र मटितेलमा ३० रुपैयाँ बढाएकाे छ । अन्य देशले दिएको सहुलियत: भारत: आफ्ना नागरिकलाई ९० रुपैयाँमा […]