१३ आषाढ २०८२, शुक्रबार
27-06-2025 , Fri
Gold Silver Price (12 ASAR 2082, THUR)
Fine Gold 1 Tola NRs. 192800
Silver 1 Tola Nrs. 2190

सरकारी गाडी बाेकेर हाकिम पाेखरा घुमघाममा : लकडाउन अवज्ञा

Logo
प्रकाशित बिहिबार, जेठ ०१, २०७७

धरान, जेठ १
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र धरान सुनसरीका केन्द्र प्रमुख अहिले सरकारको निर्देशन विपरीत पोखरा घुमघाममा रहेको कुरा थाहा भएको छ । देशमा कोभिड १९ को माहामारी भइरहेको अवस्थामा कुनै पनि कार्यालय प्रमुखलाई कार्यालय नछाड्न दिएको निर्देश अवज्ञा गर्दै धरान वितरण केन्द्र का केन्द्र प्रमुख प्रताप बराल एक हप्ता देखि पोखरा सयरमा रहेको जानकारी साही कार्यालय का कर्मचारीले जानकारी दिएका छन ।

नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र धरानले प्रयोग गर्ने बा १ ञ १६५१ नम्बरको गाडी समेत दुरुपयोग गरेर कार्यालय प्रमुख जस्तो जिम्मेवार ब्यक्ति आफै सरकारले दिएको निर्देश अवज्ञा गर्न थालेपछि अहिले प्राधिकरणको वितरण केन्द्र धरानमा वेतीथि बढेको गुनासो अन्य कर्मचारी बाट आउन थालेको छ ।

कोभिड १९ का कारण पुरै देश लकडाउनमा भएको अवस्थामा सवै कार्यालय प्रमुखलाई कार्यालय नछाड्न निर्देश भएको कुरा सोही कार्यालयका अन्य कर्मचारी को भनाइ छ । यश विषयमा विद्युत प्राधिकरणा धरानका कार्यालय प्रमुख प्रताप बरालसँग सम्पर्क गर्दा उनीसँग सम्पर्क हुन सकेन ।

सुलसुले डटकमबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

१२ असार, काठमाडौं । सर्वोच्च अदालतका लागि सिफारिस भएका तीन जना न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा ७ वटा उजुरी दर्ता भएको छ।  संसदीय सुनुवाइ समितिमा दर्ता भएका उजुरीहरूमध्ये ५ वटा व्यक्ति केन्द्रित छन् भने २ वटा सुनुवाइ प्रक्रियासँग सम्बन्धित रहेका छन्। सिफारिस भएका न्यायाधीशहरूको व्यक्तिगत योग्यता, व्यावसायिक आचरण र नैतिक मापदण्डका बारेमा केरकार गर्न सक्ने समितलाइ […]

विराटनगर १२ असार। विराटनगर महानगरपालिकाले मंगलबार आगामी आर्थिक वर्षका लागि ४ अर्ब ४० लाख बराबरको बजेट प्रस्तुत गरेको छ । १६ औं नगरसभामा मंगलबार उपप्रमुख शिल्पा निराला कार्कीले बजेट प्रस्तुत गरेकी हुन् । उपमेयर कार्कीले प्रस्तुत गरेको बजेटमा प्रशासनिक खर्चका लागि ६४ करोड ७५ लाख बजेट विनियोजन गरिएको छ । ऋणको सावाँ ब्याज भुक्तानीका लागि […]

विराटनगर, असार १ । उद्योग संगठन मोरङको अध्यक्ष पदमा नन्दकिशोर राठी निर्विरोध निर्वाचित भएका छन्। शनिबार सम्पन्न निर्वाचनमा राठी  निर्विरोध अध्यक्षमा चुनिएका हुन्। संगठनको ५२ औं साधारणसभा शुक्रबार सम्पन्न भएको थियो। त्यसपछि शनिबार भएको निर्वाचनमा अन्य पदाधिकारीहरू पनि निर्विरोध चुनिएका छन्। निर्वाचित पदाधिकारीहरू वरिष्ठ उपाध्यक्ष: भोलेश्वर दुलाल द्वितीय उपाध्यक्ष: सुरेन्द्र गोल्छा उपाध्यक्ष (कृषि, जलस्रोत, ऊर्जा): […]