२७ जेठ २०८३, बुधबार
10-06-2026 , Wed
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

लकडाउनमा इन्टरनेट शुल्कवृद्धि : सरकारकाे निर्देशन विपरित

Logo

काठमाडौं, जेठ १०
लकडाउनको बेला इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिकटेकले इन्टरनेट शुल्कमा मुल्यवृद्धि गरेको छ । कम्पनीको यस कदमले सरकारको निर्देशनलाई समेत अवज्ञा गरेको छ । सरकारले चैत्र १२ गते मन्त्रिपषिदबाटै निर्णय गरि इन्टरशुल्कमा ग्राहकलाई २५ प्रतिशत छुट दिन दुरसंचारमार्फत सवै इन्टरनेट सेवा प्रदायकहरुलाई निर्देशन दिएको थियो । तर क्लासिकटेकले भने छुट दिनुको सट्टा इन्टरनेट शुल्क मुल्य वद्धि गरेर सरकारको निर्णयको खिल्ली उडाएको छ ।

भिडियाेमा हेर्नुहाेस :

यस लकडाउनको अवधिमा मात्रै क्लासिटटेकले दुईपटक इन्टरशुल्कमा मुल्य समायोजन गरेको छ । दुईपटकै समायोजनमा क्लासिकटेकले इन्टरनेट शुल्कमा चर्को मुल्यवृद्धि गरेको छ । चैत्रमा, ९ सय रुपैयाँ प्रति महिनामा दिईरहेको ईन्टर सेवा क्लासिकटेकले वैशाखको मध्यतिर बढाएर १ हजार २९ रुपैयाँ पुर्याएको थियो । फेरी जेठको शुरुवातमै (भर्खरै) कम्पनीले इन्टरनेट सेवाको पुनः मुल्यवद्धि गरी १२ सय रुपैयाँ प्रति महिना पुर्याएको छ ।
कम्पनीले वार्षिक सस्क्रिपशनमा ग्राहकलाई दिदै आएको २ महिना बोनस निःशुल्क ईन्टरनेट सेवा पनि अब नदिने भएका छ । त्यससँगै नँया ग्राहकसँग जडान खर्चबापत अब कम्पनीले २ हजार रुपैयाँ अतिरिक्त ठट्टाउने भएको छ । यसअघिसम्म जडान खर्च भने निशुल्क थियो ।
सरकारको निर्देशन मान्ने हो भने, क्लासिकटेकले लकडाउन अघि ९ सय रुपैयाँमा प्रति महिनामा दिदै आएको इन्टरनेटमा २५ प्रतिशत घटौती गरी ग्राहकलाई लकडाउनअवधिभर ईन्टर उपलब्ध गराउनु पर्ने हुन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, जेठ २५ । चीनका राष्ट्रपति सी चिनफिङ आज विषेश भेटघाटकाे लागि  उत्तर काेरिया पुगेका छन् । किन पुगे सी उत्तर काेरिया ? चीनका राष्ट्रपति सी चिनफिङका लागि उत्तर कोरिया एक यस्तो छिमेकी हो, जसलाई न नियन्त्रणमा राख्न सकिन्छ, न त गुमाउन नै सकिन्छ । दुई देशले आफ्नो सम्बन्धलाई प्रायः “रगतले जोडिएको” भनी वर्णन गर्छन् […]

२५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ । तर संसदमा प्रतिनिधित्व गर्ने कुनै पनि ठूलो दलका शीर्ष नेता बैठकमा उपस्थित नभएपछि राजनीतिक जानकारहरूले यसलाई अघोषित बहिष्कारको संज्ञा दिएका छन् । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै दलका पार्टी अध्यक्ष तथा सभापतिसहित दुई-दुई […]

विराटनगर, जेठ २२  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको आगामी जिल्ला अधिवेशनमा भरत शर्मा कडेलले जिल्ला सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। संगठन निर्माण, कार्यकर्ताको सम्मान र नयाँ पुस्ताको नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै उनले आफ्नो दाबी प्रस्तुत गरेका छन्। २०८२ सालको निर्वाचनी अभियानमा मोरङका गाउँगाउँ र टोलटोलमा पुगेर पार्टीको जग बलियो बनाउन र उम्मेदवारहरूलाई […]